यहाँको रविन्द्र श्रमिक कल्यांड केन्द्र भवनमा मङपू – लाब्दा समष्टि गोर्खा जनमुक्ति मोर्चा समष्टिका एक्काइसवटा शाखा प्रतिनिधिवर्ग तथा समष्टिका कार्यकारिणी सदस्यवर्गको उपस्थितिमा एउटा महत्वपूर्ण सभा सम्पन्न भयो | समष्टि सभापति उर्गेन शेर्पाको सभापतित्व रहेको सभालाई सचिव रतन लामाले संचालन गरेका थिए | सभामा बर्तमान स्थगित रहेका सिन्कोना बगान श्रमिकहरुको मूलभुत समस्याहरु, पर्जापट्टा, फरेस्ट बस्ति, हाइवे क्षेत्रका मानिसहरुले भोगिरहेको समस्याहरु बारे गहिरो चर्चा गरियो | सिन्कोना बगानका श्रमिकहरुको समस्यालाई सुझाउन अब उसो युनियन मात्र अघि नसरेर पार्टीसित तालमेल राखेर एउटै धारा प्रवाहमा काम गर्ने निधो गरियो भने जम्मा ६८ जना बिशेष अस्थायी श्रमिकवर्गलाई झट्टै स्थायी बनाउने दिशामा जोड दिंदै व्यवस्थापन अनि निर्देशकसंग पार्टी अनि दार्जीलिंग तराई डुवर्स प्लान्टेशन लेबर युनियनका प्रतिनिधिहरुले डेपुटेशन बस्ने पनि सभामा निर्णय लिइएको छ | सभामा हाइवे क्षेत्रको टांगे, सुन्तले, रियाँङ, रम्बी बजार अनि बिरिकका पंचायतको समस्या विषयमा पनि लामो चर्चा गरियो | सभालाई हाइवे क्षेत्रका प्रतिनिधिवर्ग डीबी गुरुङ, राजेन गुरुङ, नर्बु लामा, सुरेन राई दातडुप्लालेयु मङपू जोन सभापति, जनमुक्ति कर्मचारी संगठनका शेखरचन्द्र छेत्री, रङबी शाखा सचिव सुजित तामांग साथै समष्टि कानुनी सल्लाहकार राम पोख्रेल आदिले पनि सम्बोधन गरे | सम्बोधनको क्रममा सभाको प्रमुख अतिथि सभासद रतन कुमार थापाले संगठन दह्रिलो बनाउन सम्पूर्ण शाखा – प्रशाखाहरु निष्ठावान भएर सक्रिय रहनु जरुरी रहेको बताए | सम्पूर्ण श्रमिकहरुको समस्या समाधान गर्न आफू संधै चिन्तित रहेको जनाउंदै अठाह्र जना स्पेसियल लेबरको बारेमा पनि चाडै समाधानको निम्ति पहल गर्ने बताए भने सिन्कोना बगानको कस्तो – कस्तो असम्भव कार्यहरुलाई पार्टी र युनियनले समाधान गर्न सक्षम भएको पनि सभासद थापाले सबैलाई जनाए | सभामा हाइवे क्षेत्रबाट नर्बु लामा अनि मन बहादुर छेत्रीलाई समष्टि समितिमा सामेल गरियो | संगठनमा एकता अनिवार्य रहेको जनाउंदै विभिन्न समस्याहरुलाई लिएर अध्यक्ष बिमल गुरुङसित पनि चाँडै भेट गर्न जाने सभामा जानकारी गराइयो | अन्तमा सभापति उर्गेन शेर्पाले पार्टी अनि युनियनका हरेक प्रतिनिधिहरुले आ – आफ्नो स्तर अनुसारको जिम्मेवारी निष्ठापुर्वक बहन गर्ने सबैलाई जनाएको जानकारी प्रचार प्रसार सचिव बुद्ध कुमार थापाले दिएको छ ||

Post a Comment
We love to hear from you! What's on your mind?