मङपू लाब्दा समष्टि टीएमसी पार्टी सभापति केएस छेत्रीको सभापतित्वमा टीएमसी पार्टी रेशेप शाखा साथै टीएमसी पार्टीको ट्रेड युनियन दार्जीलिंग सिन्कोना प्लान्टेशन वकर्स युनियन रेशेप् शाखा गठन गरियो | रेशेप शाखा टीएमसी पार्टीमा सचिव उज्ज्वल खवास, सह सचिव बसन छेत्री, अजय सन्यासी, सभापति देवगन छेत्री, उपसभापति टंक भुजेल रहेका छन् भने कोषाध्यक्ष बिक्रम राई छन् | यसरी नै पार्टी एकाईलाई वैधानिक रुपले सक्रिय पार्न ट्रेड युनियन गठन गरिएको छ जसमा सचिव सुशन सुब्बा, सभापति अजय सन्यासी रहेका छन् | पार्टी व्यवस्थापनको आधारले पुरानो पार्टी शाखा र युनियन दुवैलाई विघटन गरी नयाँ पार्टी शाखा र युनियन गठन सभामा दार्जीलिंग सिन्कोना प्लान्टेशन वकर्स युनियन जिल्ला कमिटि वार्किंग प्रेसिडेन्ट किरण ब्लोन, मङपू लाब्दा समष्टि सभापति केएस छेत्री, दार्जीलिंग सिन्कोना प्लान्टेशन वकर्स युनियन मङपू समष्टि सभापति संजय थापा, कार्यकारी सभापति बुद्ध लामा, सचिव आशिषदिप राई, तक्दाह ब्लक कमिटि सभापति बीएस राई, टीएमसी महिला संगठनका जिल्ला सचिव रेजिना गुरुङ आदि उपस्थित थिए ||

Post a Comment
We love to hear from you! What's on your mind?