अखिल भारतीय तामाङ बौद्ध संघको ३२वा महाअधिवेशन आगमी बर्ष २१ जनवरीदेखि २४ जनवरी २०१७ सम्म मङपुमा सम्पन्न हुने जानकारी आयोजक समितिले दिएको छ | उक्त अधिवेशनलाई सफलीभूत पार्न अखिल भारतीय तामाङ बौद्ध संघ मङपु समष्टि गठन गरियो | संघका संस्थापक सदश्य केबी ग्याबकको अध्यक्षतामा सम्पन्न भएको सभामा केन्द्रीय सदश्य जोनी तामाङ लगायत मङपु क्षेत्र अन्तर्गत पर्ने सातवटा शाखाका प्रतिनिधिवर्ग उपस्थित थिए | सभा राख्नुको औचित्य बारे प्रकाश पार्दै जोनी तामाङले वर्तमान नँया संविधान भित्रको सुविदा अनुसार समष्टि समिति(अंचल समिति)हरु निर्माण गर्न सक्ने बिषय उल्लेख गरेको हुदाँ मङपु समष्टी स्तरीय एउटा समिति गठन गर्न हेतु नै आजको सभा बोलाएको जनाउदै निम्न प्रकारले समष्टि कमिटि गठन गरियो | मङपु समष्टि कमिटिका सभापति किरण पाख्रीन, उपसभापति सीके वाईबा सचिव पासाङ तामाङ, सहसचिव उर्गेन लामा, कोषाध्यक्ष मनोज मोक्तान, लेखापरिक्षक सुरेन्द्र थीङ, सुदर्शन तामाङ अनि बिवीशन तामाङ, प्रमुख सल्हाकारवर्ग केबी ग्याबक सुबास घिसिङ लगायत अन्य १० जनालाई कार्यकारिणी सदश्यको रुपमा चयन गरियो | उक्त नवगठित समष्टि कमिटिलाई अखिल भारतीय तामाङ बौद्ध संघ केन्द्रिय समितिद्वारा अनुमोदन प्राप्त भईसकेको जानकारी सचिव पासाङ तामाङले एक बिज्ञप्ती मार्फत दिएका छन् |
Post a Comment
We love to hear from you! What's on your mind?