लाब्दा सीपी एमएसकेको आयोजनामा आज डा० सर्वपल्ली राधा कृष्णनको १२८ वां जन्म जयन्ती अर्थात शिक्षक दिवस विधालयकै प्रधान शिक्षक रतन कुमार छेत्रीको सभापतित्वमा सम्पन्न गरियो | भुतपुर्व प्रधान शिक्षक डीएस प्रधानको बाहुलीबाट दीप प्रज्वलन गर्दै शुरु भएको कार्यक्रममा लाब्दा सीपी प्राथमिक पाठशाला, ग्राम सेवक प्राथमिक पाठशालाका नानीहरु द्वारा प्रारम्भिक सरस्वती वन्दनापछि विभिन्न मनोरन्जक नृत्य, गीत, कविता वाचन आदि संग संगै इन्टर हाउस नृत्य प्रतियोगिता पनि सम्पन्न गरियो | कार्यक्रमलाई प्रमुख रुपमा डा० राधा कृष्णन माथि आफ्नो गहन बक्तव्य प्रस्तुत गर्दै भुतपुर्व शिक्षक डीएस प्रधानले शिक्षक दिवस कसरी मनाउन थालियो भन्ने विषयमा जानकारी गराए साथै सामाजमा हामीले पनि आफ्नो परिवार संगसंगै वरपरका असहाय नानीहरुलाई पनि अंगालेर शिक्षा प्रदान गर्नमा सहयोग गर्नु पर्ने मन्तव्य पोखे | कार्यक्रमको आर्को आकर्षण कुइज प्रतियोगितामा विधालयका इन्टर हाउसका नानीहरुले राम्रो प्रदर्शनी दिएको थियो |
कार्यक्रममा लाब्दा विभागीय ग्याङमेन इन्चार्ज मदन राई, सामाजिक व्यक्ति सिठू मोक्तान, ग्राम सेवक प्राथमिक पाठशाला प्रधान अध्यापिका विन्ध्या गोतामे, निता राई, डलफिन नर्सरी एकाडेमी सहायक शिक्षिका रचना राई, लाब्दा सीपी प्राथमिक पाठशाला सहायक शिक्षक पवन राई साथै अभिभावकहरुको बिशेष उपस्थिति रहेको थियो |
कार्यक्रमलाई विधालय सहायक शिक्षक बीबी प्रधान अनि किरण पाख्रीनले संचालन गरेका थिए भने शिक्षक शुरेन पाख्रीन अनि बीबी प्रधानले गीत पनि प्रस्तुत गरेका थिए | अन्तमा बिजयी बिधार्थीहरुलाई पारितोषिक वितरण गरेपछि प्रधान अध्यापक रतन कुमार छेत्रीले सबैलाई धन्यबाद ज्ञापन गरे | यसरी नै लाब्दा विभागको प्राइवेट शिक्षा केन्द्र सेन्ट एन्थोनी स्कूलले पनि आफ्नो बिधार्थीहरुलाई लिएर मङपु जनमैदानको पेवीलेनमा शिक्षक दिवस पालन गरेको छ | विधालयका ससाना नानीहरुले कार्यक्रममा नृत्य, कविता वाचन साथै रयाम्सहरु सुनाएर मनोरंजन दिएका थिए | कार्यक्रममा पाठशालाका प्रधान शिक्षक सन्तोष विश्व साथै शिक्षक शिक्षिका लगायत अभिभावकहरुको बिशेष उपस्थिति रहेको थियो |
यसरी नै कान्दुङ प्राथमिक पाठशालामा पनि विधार्थी, शिक्षक अनि गाउँका भुतपुर्व विधार्थीहरुको सहभागितामा शिक्षक दिवस पालन गरेको छ | प्रधान शिक्षक आइपी शर्माको अध्यक्षतामा सम्पन्न यस कार्यक्रममा विधार्थी नानीहरु द्वारा गुरुबा अनि गुरुमाहरुलाई सम्मान जनाइयो भने नानीहरु माझ सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरियो | प्रधान अध्यापकले शिक्षक दिवसको औचित्य बारे प्रकाश पारेको कार्यक्रममा मङपु सर्कल अन्तर्गत शिक्षा ज्योति प्रा० पाठशालाका पुर्व प्रधान अध्यापक सुरेन थिङललाई शिक्षा क्षेत्रमा दिएको योगदानको कदर गर्दै शिक्षा विभाग द्वारा लाइफ टाइम एचिवमेन्ट अवार्डले सम्मानित गरेकोमा उनलाई विधालय पक्षबाट धेरै बधाई टक्राएको छ | कार्यक्रमलाई स्वयसेविका शिक्षिका रजिना सुनुवारले संचालन गरेका थिए | |
Post a Comment