नाममा के छ र काम ठीक हुनपर्छ | यही उक्तिलाई सार्थक पार्दै मङपु क्षेत्रमा देखा परेको छ एउटा बेनाम समुह | जुन समुहमा केही भूतपुर्व सैनिक साथै भूतपुर्व फूटबल खेलाडीहरु अनि केही युवा खेलाडीहरु मिलेर क्षेत्रका युवा तथा विधार्थीहरुलाई फूटबल प्रशिक्षण दिइरहेका छन् | बिशेष गरेर सबै विधालयहरुमा हाल शीतकालिन विधा चलिरहेको कारण विधार्थीहरु गाउँ समाजका कतिपय कुलत अनि कुसंगतिहरुतिर नलागोस साथै स्वास्थ्य नै धन मानिने हुनाले आफ्नो शाररिक स्फूर्तिलाई पनि बढाएर लैजाओस भनेर पनि हो यो जमर्को | मङपु क्षेत्रका विभिन्न विभागहरुबाट वर्षेनी राम्रा खेलाडीहरु जन्मे पनि ती खेलाडीहरुले भनेजस्तो तालिम नपाएको कारण आकर्षक प्रदर्शनी दिन नसकेको सबैलाई नै विधित छ | यसैले यस समुहभित्र भएका पुर्व खेलाडीहरुले आफुले यत्तिका वर्षहरुमा बटुलेका अनुभव साथै खेल तकनिकीहरु आउँदो चिचिला खेलाडीहरुलाई सिकाएर भविष्यमा राम्रो खेलाडी बनाउन केही सहयोग गर्न चाहेको जानकारी प्राप्त भएको छ | समुहभित्रकै एक प्रशिक्षक तथा पुर्व परिचित खेलाडी गगन थापाले भन्छ, “हामी नानीहरुलाई बटुलेर स्वार्थ लुट्न र पैसा कमाउन चाहेका होइनौ | प्रशिक्षण लिन आएका खेलाडीहरुलाई तालिम दिएर हामी भोलि ठूलो कल्ब खोल्छौं भन्ने पनि होइन तर हामी मङपुकै नाम रोशन गर्न सक्ने क्षमतावान खेलाडी बनाउन चाहन्छौं |” गत २० जनवरीदेखि शुरु भएको यस फूटबल तालिम शिविरमा शुरुमा ७ देखि १५ वर्षसम्मका नानीहरु १४ जना थिए भने हाल २५ जना पुगेको छ, यसरी नै १६ वर्ष मुनिका खेलाडीहरु १७ जनादेखि २५ जना पुगिसकेका छन् भने १५ वर्ष मुनिकाहरुलाई बिहान ७:३० बजेदेखि ९:३० सम्म तालिम दिइने गरिन्छ | यसरी नै १६ वर्षमुनिकाहरुलाई ७:३०देखि १०:३० बजेसम्म तालिम दिइरहेका छन् | नि:स्वार्थ भावमा तालिम दिइरहेका समुहले आफ्नै खर्चमा तालिमका सर समानहरु जुटाइरहेका छन् भने यदि कसैले पनि समुहलाई सहयोग गर्न चाहे पैसा रुपियाँ दिएर होइन तर नानीहरुको निम्ति तालिमका सामग्रीहरु अनि प्रशिक्षणको समय नानीहरुलाई फलफूल तथा हल्का खानाको व्यवस्था मिलाएर सहयोग गर्नसक्ने पनि समुहको पक्षमा गगन थापाले जानकारी दिएका छन् | हाल चलिरहेको प्रशिक्षण शिविरमा खेल प्रशिक्षकहरुमा बिसेष रुपले गगन थापा (भूतपुर्व सैनिक साथै भूतपुर्व खेलाडी), राजा गुरुङ, रोहित गुरुङ(भूतपुर्व सैनिक), अनुप राई (भूतपुर्व सैनिक) रहेका छन् भने समुहलाई हालसम्म विभिन्न तालिमका सामग्रीहरु उपलब्ध गराएर सहयोग गर्नेहरुमा शुक्र राई (शिक्षक आरकेएसपी दार्जीलिंग), दिलिप गुरुङ (प्रधान अध्यापक पानी घट्टा), एलबी राई (भूतपुर्व सैनिक), सुरेन पाख्रीन (हाइवे), गुन्जु लामा (बङ्गाल पुलिस तथा भूतपुर्व प्रसिद्ध खेलाडी), जोनसन कार्थक (बङ्गाल पुलिस), शिद्धार्थ मोक्तान, देवीभात्र घोष (म्याराथन मेन सिलिगुडी), रुपेश सिंग्दन (तक्दाह बीएचपीसी), शिव पाख्रीन, सुदर्शन तामांग आदि रहेका छन् ||

Post a Comment
We love to hear from you! What's on your mind?