बर्खा शुरु भइसक्दा पनि मङपु क्षेत्रका सडकहरुको अवस्था बेहाल छ

Bad road condition
हालमा मङपु क्षेत्रभित्र पर्ने कुनै पनि सडकको अवस्था ठीक छैन | धेरै वर्ष पहिले अलकत्र गरिएको सडक अहिलेघरि अलकत्र देख्न धरि मुस्किल पर्ने सडकको अवस्था छ | सालको वर्षायाम शुरु भइसकेको छ तर जताततै बेहाल सडकको अवस्थाले जनसाधारण तथा बहान चालकहरुलाई बडो मुस्किल परिरहेको छ | यहाँको नालीडाँडादेखि लाब्दा विभाग जाने सडक, नालीडाँडादेखि रेसेप बजार जाने सडक, बजारदेखि रङबी बिचकमान जाने सडक, लगायत विभिन्न गाउँहरु पस्ने पीएमजीवाईएस अनि अन्य परियोजना अन्तर्गत निर्मित सडकहरुको अवस्थाले जनसाधारण हैरान बनिसकेको छ | समयहरु बित्दै जाँदा अहिलेघरि यस्ता सडकहरुको अवस्था अनि गाउँ बस्तितिर जाने सडकहरुको निर्माण कार्य भनेको राजनैतिक मुद्दा जस्तै भइसकेको छ | हरेक देशबासीले पाउनै पर्ने यस्ता आधारभूत सुविधाहरु अचेल कुनै पनि राजनैतिक दललाई समर्थन गर्नुपर्ने या त कुनै चुनावको अघि भोट बटुल्ने मुद्दाको विषय बन्दै गइरहेको छ | अघिल्लो महिनातिर यहाँको विभिन्न सडक अनि गाउँ बस्तितिर राजनैतिक पार्टीका कार्यकर्ताहरु साथै सम्बन्धित विभागका अभियन्तहरुले बाटो नाप्दै गरेको सबैले देखेको भएपनि हालसम्म कुनै बाटोको पनि निर्माण कार्य साथै मर्मति कार्य भइरहेको जानकारी प्राप्त भएको छैन | राजनैतिक कार्यकर्ताहरुले विभिन्न बाटोहरु पास भइसकेको अपुष्ट खबरहरु सुनाउँदै गाउँ बस्तितिरकाहरुलाई आश्वासन दिने साथै बजार, रेस्तुरा,चोक र दोबाटोहरुमा गफ गरिने मजाको विषय बाहेक व्यवहारिकतामा आजपर्यान्त कुनै पनि कार्य भएको छैन |
चिन्ताको विषय के छ भने अहिले बर्खाको शुरुतिर नै बगर जस्तो बनेका सडकहरुले मध्य बर्खाको हात्ती सुड़े पानीलाई कहाँ सम्म थेग्ला त ? सडकका ड्रेनहरु सही तरिकाले निर्माण नगरिएको कारण, कति स्थानतिर ड्रेनमा मैला कुचेला जमेको कारण पानी परेको समय जम्मै कुलो जस्तो बनेर सडकमा आउने गरेकोले नै कति स्थानहरुतिर सडकको अवस्था बेहाल भएको देखिएको छ | कुनै पनि परियोजना अन्तर्गत निर्मित सडकहरुतिर सडकको देखरेख गर्नलाई खलासीहरु पनि राखिने गरिन्छ तर आजसम्म खलासीले सडक नाला सफा गरेको कहीं कतै देखिएको छैन | अझ अर्को महत्वपूर्ण कुरो के छ भने विभिन्न गाउँ बस्ति अनि क्षेत्रतिरका बसिन्धाहरु सडक बेहाल भएकै कारण विभिन्न समस्या भोग्न परिरहेको बेला यता चानचुने ठेकेदार र स्थापित ठेकेदारहरुको हानाथाप र सिंग जोडाइले पनि निर्माण अनि मर्मति कार्यमा बाधा पुगिरहेको थाहा लागेको छ | यही सन्दर्भमा एउटा ठेकेदारपछि अझ मुनि पेटीमा काम गरिने प्रथाले ती पेटी ठेकेदारहरुले आफ्नो फाइदा राख्नलाई सडक निर्माण कार्यको गुणस्तर एकदमै घटेको कारण सडक निर्माण गरिएको तीन चार महिना नबित्दै अलकत्र उप्केर खाल्डो पर्न थाल्ने गरेकोले सम्बन्धित विभागले कुनै पनि ठेकेदारलाई काम दिएपछि कामको निरीक्षण पनि सही तरिकाले गरिदिए बाटोको अवस्था चाडै बिग्रने थिएन भन्ने विभिन्न क्षेत्रका मानिसहरुको गुनासो सुनिएको छ | यता शासक दल संगै सम्बन्धित विभागले हरेक जनसाधारणको समस्यालाई ध्यानमा राखेर बेहाल सडक विषय चाडै उचित पदक्षेप लिन आवश्यक देखिएको छ ||

हालमा मङपु क्षेत्रभित्र पर्ने कुनै पनि सडकको अवस्था ठीक छैन | धेरै वर्ष पहिले अलकत्र गरिएको सडक अहिलेघरि अलकत्र देख्न धरि मुस्किल पर्ने सडकको अवस्था छ | सालको वर्षायाम शुरु भइसकेको छ

Read latest post filed under mungpoo news
[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.