नो क्यास लेखिएको एटीएम बुथले मङपुबासी हैरान

State bank ATM in Mungpoo Reshep Bazar
दिनोदिन जनघनत्व बढ्दै गइरहेको मङपु क्षेत्रमा स्थित एकमात्र स्टेट ब्यांकको एटीएमले उपभोक्ताहरुको आवश्यकतालाई पुरा गर्न सकिरहेको छैन | प्राय: जसो नो क्यास लेखिएको बोर्डले स्थानीय उपभोक्ताहरु हैरान बन्दै गइरहेको छ | एटीएममा हालिएको पैसाले प्राय: एक दिन थेग्न नसकिरहेको सबैलाई विधित भएको कुरो हो | त्यसै पनि मङपु सरकारी सिन्कोना बगान अन्तर्गत पाँचवटा विभागहरुका मजदुर, कर्मचारी साथै सिन्कोनाका अन्य विभागका कर्मचारीहरु सबैको वेतन, अवकाशप्राप्त कर्मचारीहरुको पेन्सन, भारतीय सैनिक अनि अन्य पारा मिलिटेरी फोर्समा कार्यरत जवानहरुको वेतन, विभिन्न सरकारी अनि गैरसरकारी विधालयहरुका शिक्षक शिक्षिकाहरुका वेतन, सरकारद्वारा लागु गरिएका विभिन्न योजनाहरु, सय दिने रोजगार योजना, कन्याश्री योजना साथै मङपुदेखि बाहिर कार्यरत मानिसहरुको वेतन सबै नै ब्यांक एकाउन्टमा हालिने गरेकोले सबैले नै ती वेतनहरु निकाल्न नजिकको एटीएम बुथमा गएर निकाल्न चहन्छन् | यसको साथै यहाँका स्थानीय ब्यापारीहरु अनि अन्य ठेकेदारहरुले पनि बैंककै मध्यमद्वारा आफ्नो ब्यापार व्यवसाय चलाउने गरेकोले यति धेरै ट्रान्जेक्सन हुने स्थानमा ब्यांकसंग सम्बन्धित कम्पनीले लगाउने २ – ४ लाख रुपियाँले स्थानीय उपभोक्ताहरुलाई सुविधा हुनको साटो झनै समस्या बढ्दै गइरहेको देखिएको छ | अपद्कालिन स्थितिमा यस एटीएम बुथबाट पैसा निकाल्न सक्नु भनेको भाग्य परिक्षा जस्तै बन्दै गइरहेको छ | यसरी हरेक दिन आफ्नो पैसा निकाल्न समस्या परेकोले मानिसहरु टिस्टा, मल्ली, सालुगडा, दार्जीलिंग अनि अन्य स्थानहरुमा जान बाध्य परिरहेको छ | यति मात्र नभएर आवश्यक परेको खण्डमा एटीएममा पैसा नभएपछि निराश बनेका स्थानीयबासीले एटीएम बुथ वरिपरिकाहरुले आफ्नो चिनाजाना मानिसहरुको ५ – १० वटा एटीएम राखेर पैसा हाल्नसाथ एकैसाथ भकाभक पैसा निकाल्ने गरेकोले पनि पैसा छिट्टै सकिएको हो भन्ने जस्ता दोषारोपणहरु गर्न थालेको थाहा लागेको छ | मङपुमा स्थापित यस एटीएममा यहाँका स्थानीय जनता मात्र नभएर दैनिक रुपमा मङपु बजार आउने सेल्पू, सिटोङ अनि अन्य स्थानहरुका मानिसहरुले पनि आफ्नो पैसा निकाल्ने गर्छन् | स्टेट ब्यांकको यस एटीएममा दैनिक लाखौँ रुपियाँको ट्रान्जेकसन हुँदा हुँदै पनि सम्बन्धित बैंकले उपभोक्ताको समस्यालाई लिएर आजसम्म किन उचित पद्क्षेप लिएको छैन त्यो आश्चर्यजनक कुरो बन्दै गइरहेको छ | अर्कोतिर यहाँका साधारण जनताको यस्तो समस्यालाई लिएर कसले कसलाई के भनेर हल हुनसक्छ त्यस दिशातर्फ पनि मङपुबासी जागरुक हुन अत्यावश्यक देखिएको छ भने एटीएमद्वारा आफ्नो सुविधा उपलब्ध गराउन सक्ने अन्य कुनै पनि ब्यांकले मङपुमा आफ्नो एटीएम जडान गरे निश्चय नै उपभोक्ताहरुको समस्या हल मात्र होइन तर सम्बन्धित ब्यांकको पनि राम्रो ट्रान्जेकसन हुन सक्ने प्रसस्त सम्भावनाहरु देखिएको छ ||

दिनोदिन जनघनत्व बढ्दै गइरहेको मङपु क्षेत्रमा स्थित एकमात्र स्टेट ब्यांकको एटीएमले उपभोक्ताहरुको आवश्यकतालाई पुरा गर्न सकिरहेको छैन | प्राय: जसो नो क्यास लेखिएको बोर्डले स्थानीय उपभोक्ताहरु हैरान बन्दै गइरहेको छ |

Read latest post filed under mungpoo news
[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.