Morcha union deputation with Cinchona director Dr Samuel Rai |
मङपु, २५
मई, निस: सिन्कोना बगानमा कार्यरत
मजदुर कर्मचारीहरुका दीर्घ
दिनदेखि थाँतीमा रहेर बसेका
विविध समस्याहरुको झट्ट समाधान
गरिदिनु पर्छ भन्दै सिन्कोना
प्लान्टेशन वकर्स युनियन केन्द्रीय
समितिले आज बिराट र्याली गर्दै
मङपु स्थित निर्देशालयको कार्यलयसम्म
पुगी निर्देशक डा० सामुयल राईसित
प्रतिनियुक्ति वार्ता बसेको
छ | यहाँको निर्मला चौकदेखि
निस्केको बिराट आक्रोसित र्यालीले
विभिन्न नारा बाजी गर्दै निर्देशकको
कार्यलयसम्म नै नाराबाजी गरेको
थियो | पछिबाट मोर्चा युनियन
प्रतिनिधि अनि केही पार्टी
प्रतिनिधिहरुले निर्देशकसित
वार्तामा बस्ने योजना मिलाएपछि
रर्यालीले शान्त रुप लिएको
थियो | वार्ता अवधि प्रतिनिधि
टोली अनि निर्देशक माझ खुबै
तातो वार्ता चले पनि समाधानको
कार्यप्रणालीलाई सठीक दिशा
दिन विभिन्न उपायहरुलाई अपनाउने
भएको छ | प्रतिनिधि टोलीको माग
अनुसार इपीएफ रुल २७ बमोजिम
श्रमिक – मजदुरहरुलाई जसरी
पहिले पूर्ण रुपले नियुक्त
गरेर पाउन पर्ने अधिकार पाउने
गर्थ्यो त्यसरी नै आजपनि इपीएफ
रुल २७ जीवित रहेकोले यसकै
आधारमा श्रमिक मजदुरहरुलाई
पदोन्नति गर्दै पूर्ण अवशोषण
(एब्जर्बसन) गरेको हुनपर्छ
|
Morcha trade union rally in front of Cinchona director bunglow |
प्रतिनिधि
टोलीको पक्षमा बोल्दै मोर्चा
केन्द्रीय समिति सदस्य मिरेन
लामाले निर्देशकले एब्जर्बसन
रुललाई मानिलिएको अनि यस अन्तर्गत
मजदुरहरुलाई दिइने छुट छ त्यसलाई
अहिले पनि निर्देशकले लागु
गरिरहेको थाहा लागेको बताए
| जसको अर्थ बगानमा केवल दुई
वर्ष मात्र काम गर्ने मजदुरहरुले
पनि इपीएफ रुल २७ अनुसार पेन्सन
पाइरहेको प्रष्ट भएको छ | यसरी
अनि अब अन्य मजदुरहरुलाई पनि
यसकै आधारमा पूर्ण नियुक्ति
दिएर सहुलियत दिनलाई निर्देशकले
जीटीए सिन्कोना सचिवसित बसेर
प्रक्रिया शुरु गर्नेमा सहमति
दिएको लामाले जनाए |
एउटा प्रश्नको
उतर बोल्दै लामाले भने
“यो अब्जर्बसन प्रकियामा ढिलाई हुनको कारण व्यवस्थापनले अब्जर्बसन रुल हुँदा हुँदै रिक्रुटमेन्ट रुल बनाउनतिर गएकोले हो र हामीले धेरै पल्ट सौहार्दपूर्ण वार्ता बसेर जनाउदा पनि नमानेको कारण आज समग्र मजदुर, श्रमिकहरुलाई उठाएर रिक्रुटमेन्ट रुल के हो र यसले हामीलाई कति नोक्सान गर्छ बारे बताउन परेको हो र आज सबैको सामु निर्देशकलाई पनि बुझाउने काम गरेका छौँ |
वार्तामा
टोलीले निर्देशकलाई १० दिनको
अल्टिमेटम पनि दिएको छ जस अवधि
निर्देशकले मजदुर श्रमिकवर्गको
माग अनुरुप प्रक्रिया चालु
गरेको हुन पर्नेछ नत्र युनियनले
आगमी दिनहरुमा धारावाहिक आन्दोलन
गर्नेछ जुन अन्तर्गत बगान अनि
कार्यलयहरुमा “सिज वर्क” पनि
हुनेछ | पछिबाट लामाले जनाए
अनुसार हर्टिकल्चर एवम फुड
प्रोसेस मन्त्री रज्जाक मोहल्ल
२ जुनमा पहाड आएर ८ जुनमा फर्किने
जानकारी प्राप्त भएकोले यो
सिन्कोनाको निम्ति धेरै नै
खुशीको कुरो हो र प्रतिनिधि
टोलीले तिनको मङपु भ्रमण कालमा
भेट गर्दै यही मागहरु पेश गर्दै
जानकारी दिने भएको छ | यदि तिनी
आउने निश्चित भए १० दिनको अल्तिमेटम
केही दिनलाई रोक्न पर्ने पनि
हुनसक्छ तर हाम्रो माग पुरा
नभएसम्म धारावाहिक आन्दोलनले
कुनै बिराम नलिने लामाले बताएका
छन् |
Protester Outside cinchona director bunglow |
आजको भेटवार्ता
अनि र्यालीमा खरसाङ विधायक
डा० रोहित शर्माको प्रतिनिधि
किशोर थापा गोजमुमो सभापति
खरसाङ महकुमा, दया देवान सांगाठानिक
सचिव खरसाङ महकुमा, ४५ नम्बर
समष्टि रोंगो दलगाउँ सभापति
शशी गुरुङ, लाठपन्चर सिटोङ
समष्टि संयोजक प्रमोद राई,
सिन्कोना प्लान्टेशन वकर्स
युनियन केन्द्रीय समिति सभापति
एनएस गुरुङ, सचिव अमृत खड्का,
वर्किङ प्रेसिडेन्ट गगन राई,
मोर्चा मङपु लाब्दा समष्टि
सभापति एडवर्ड लेप्चा लगायत
सिन्कोना बगानमा कार्यरत मजदुर
कर्मचारीहरुको व्यापक उपस्थिति
रहेको थियो ||
Post a Comment
We love to hear from you! What's on your mind?