लाब्दा विभाग अन्तर्गत पाख्रीन टोल क्षेत्रमा पर्ने कच्चा सडक जुन ग्राम सेवक प्राथमिक पाठशालादेखि शान्ति धुरा लाब्दासंग जोडिन्छ त्यसलाई वर्खायामको भेल अनि झार जंगलबाट हुने असुविधालाई ध्यानमा राखी नाली व्यवस्थित गर्दै सर सफाई गरिने कार्य लाब्दा ट्राइबल वेलफेयर एशोसिएशनको ब्यानरमा सम्पन्न गरियो | स्वच्छतानै सुन्दरता हो अनि आफ्नो गाउँ अझै सफा राखौं, भारत स्वच्छता अभियान सफल पारौं भन्ने नारालाई अघि राखी विगत २ वर्ष पहिला सरकारी मान्यता प्राप्त यस संस्थाले विभिन्न सामाजिक कार्यहरु गर्दै आफ्नो गाउँ ठाउँको सामुहिक विकाश कार्ययोजना हातमा लिएको छ | जसमा स्वास्थ्य, शिक्षा, पर्यावरण संरक्षण, कहल, संस्कृति विकाश आदि छन् | यस संस्थाका मूल सचिव कैलाश पाख्रीनले जानकारी दिए अनुसार संधै सिन्कोना बगानले बर्खायाम अवधि प्रत्येक गाउँ घरको बाटो नाली सफाई गर्ने कार्य विगतमा गरेता पनि हाल बदलिँदो कार्य संस्कृतिले विभागबाट ती सब हुनबाट गाउँ बन्चित छन् | यसैले आ आफ्नो गाउँको समाज, संस्थाले नै उक्त सामाजिक कार्य गर्न सके आफ्नो गाउँ ठाउँ आफै आफ सफा अनि सुन्दर भएर जाने मन्तब्य पोखे | यस सफाई अभियानमा संस्था सभापति तेज पाख्रीन, बरिष्ठ नागरिक श्याम प्रसाद लामा अनि सम्पूर्ण २५ सदस्यहरुको उपस्थिति रहेको संस्था प्राशारक सचिव सुरेन पाख्रीनले एक विज्ञप्ति मार्फत जानकारी गराएका छन् ||
Post a Comment
We love to hear from you! What's on your mind?