गीताको सार अनुसार कर्म गर फलको आशा नगर भन्ने उक्तिलाई आत्मसाथ गर्दै प्रधान अध्यापक बीके गुरुङले सन् १९८८ सालदेखि आफु एक कर्मनिष्ठ भएर कर्म नै पुजा हो भन्ने उक्तिलाई ध्यानमा राख्दै भविष्यका कर्णधारहरुलाई शैक्षिक व्यवस्थामा कुशल मार्ग दर्शन गराउंदै रङबी विभागको शैक्षिक स्तरलाई अझ शिखरमा पुराएर विधार्थीहरुको भविष्य राम्रो बनाउन तिनले थुप्रै यस्ता कार्यहरु गरे जो हाम्रो आँखा अघि छ | तिनकै प्रयासले १९८८ सालमा जुनियर हाइ स्कूल, २००० सालमा माध्यमिक तह तथा २०१२ मा उच्चतर माध्यमिक विधालय निर्माण गर्न सफल भयो | त्यसैको माध्यमबाट गाउँका शिक्षित युवा पिडिले सेवा पुराउने मौका पनि प्राप्त गरे | यसरी नै नानीहरुले पाउने एसटी, एससी, ओबीसी, माइनोरिटी, शिक्षाश्री, कन्याश्री आदि प्रावधानहरु पनि विधार्थीहरुले पाउन सफल भइरहेका छन् | यसै अनुरुप शैक्षिक क्षेत्रमा पनि तिनको अथक प्रयासले विधालयबाट दुईजना छात्र, छात्रा अब्बल परिणाम ल्याएर सम्मानित भएको पनि विधित नै छ | यसरी तिनको दक्ष अनि निस्वार्थ सेवालाई कदर गर्दै गत २८ जुलाईमा जीडीएनएस हलमा सम्पूर्ण शिक्षक शिक्षिकाहरुको साथमा डा० एपीजे अब्दुल कलाम आउटस्ट्याण्डिङ प्रिन्सिपल एवार्ड एघारौँ अन्तराष्ट्रीय कन्फरेन्स हिमाक्षारा साथै प्रधान अध्यापक संगठनको तत्वधानमा तिनलाई सम्मान जनाइयो | जसमा विधालयका सम्पूर्ण शिक्षक, शिक्षिकावर्ग, कर्मचारीवर्गले तिनलाई बधाई तथा शुभकामना दिएका छन् ||
Post a Comment
We love to hear from you! What's on your mind?