सरकारी सिन्कोना बगान, मङ्पु विभागको कार्यालय रूग्न अवस्थामा भएकोले २ नोभेम्बर २०१६ मा भत्काइएको थियो । जसलाई सरकारपक्षबाट विभागका चौकिदार, सहायक चौकीदार, कर्मचारी, सहायक कर्मचारी, समाजसेवी लगायत र विभागका संघहरू कञ्चनजंघा इन्टरप्राइजेस, साई मण्डलीले छुट्टीको समयमा काम गरेर यो निर्माण पूरा गर्नमा सहयोग पुराएका थिए । कार्यक्रमको शुरूमा सभापति, मुख्य अतिथि एवं विशिष्ट अतिथिगणमा खदा अर्पण गरियो । व्यवस्थापक श्रीमान जेसव सादाको सभापतित्वमा सम्पन्न यस कार्यक्रममा प्रमुख अतिथि सिन्कोना एव अन्य औषधीय पौधाहरूका निर्देशक डा सामुएल राई उपस्थित थिए साथै तिनकै बाहुलीबाट नवनिर्मित मङ्पु विभागीय कार्यालयको उदघाटन गरियो ।
सम्भाषणको क्रममा स्वागत सम्भाषण कनिष्ट किरानी राजु मुखियाले राखेका थिए भने कार्यक्रम बारे क्रमशः रूपमा चप्रासी गोपाल राई, मुख्य अतिथि निर्देशक, डा सामुएल राई, सभापति जेसव सादाले सारगर्वित, प्रभावशाली, सकरात्मक सम्भाषणहरू राखेपछि कार्यालय कर्मचारी हिर्देन खड्काले उपस्थितिवर्गमा धन्यवाद दिएका थिए । विशिष्ट अतिथिहरूमा सह-व्यवस्थापक मिस बर्नाली विश्वास, मन्सी बीबी मोहरा उपस्थित रहेका थिए । कार्यालयमा सेवारत चन्द्रकला थापा लगायत कार्यालय र बगानका कर्मचारी एवं सहयोगीवर्गको सहयोगमा आजको यो कार्यक्रम सुचारू रूपले सञ्चालन भएको थियो । यस कार्यक्रमलाई सञ्चालन कनिष्ट किरानी राजु मुखियाले गरेका थिए ।

Post a Comment
We love to hear from you! What's on your mind?