सिन्कोना प्लान्टेशन लेबर युनियन जोनल कमिटिले यहाँको इमिटाइन कारखाना, उत्पादन रसायनविद एम करीम खानसित कारखाना सम्बन्धि विभिन्न प्रस्ताव संगै मागहरु लिएर भेट गर्यो | युनियन टोलीमा जोनल कमिटि सभापति किशन बुडाथोकी, सचिव राजेश घिसिंग, प्रवक्ता रिनेश शेर्पा आदि मुख्य रुपले उपस्थित थिए | इमिटाइन कारखानामा यथाशिघ्र अस्तित्वमा रहेको श्रमिक २२ जनाको कोटामा पुन: ल्याई कारखाना सम्बन्धित कार्य संचालनमा ल्याउनपार्ने माग युनियन पक्षबाट राख्दै २०१२ मा निर्मित जोगीघाट अवस्थित भ्याटलाई अविलम्ब एसेन्सियल ओयल उत्पादन गरी बिक्री गर्ने सल्लाह सुझाव पेश गर्यो | हालसम्म बनस्पति पौधाहरुको खानी मङपुमा रहेतापनि यहाँको सिन्कोना प्रशासनिक नीति निर्धारणमा कतिपय निस्कृयताले भने बजार व्यवस्थापनमा आएको ह्रासले बनस्पति पौधाहरु स्टोरमा कुहुने गरेकोमा युनियनले आपत्ति जनाए |
अब उसो हाम्रो बगानमा उत्पादन भएको औषधीय पौधाहरु अधिकारीवर्गले सरकारी एवम पंजीकृत एजेन्सीहरु निर्देशालयमा ल्याएर, बजारमा लगेर औषधीय पौधाहरु बेच बिखन गरेर राजस्व संकलनमा हात बटाउन सक्दो युनियनले साथ पुराउने पनि बाचा गर्यो | जसरी पतंजली योग पीठका राम देवको उत्पादन बस्तुहरु घर घरमा पसिरहेको छ उसरी नै औषधीय पौधाहरु बारे व्यापक विज्ञापन आदि आधुनिकरणका नयाँ सोंचहरु अघि ल्याउन साथै औषधीय पौधाहरुको गुणलाई प्रचारमा ल्याई बेच बिखन गरि यो उद्योगलाई अघाडि बडाउन पर्ने चाप पनि दिइयो | १९८२ सालतिर स्थापना गरिएको उक्त कारखाना हाल जीर्ण अवस्थामामा रहेको, अधिकारी एवम किरानीवर्गको बस्ने चौकी समेत भाँचिएको अवस्थामा रहेको दृश्य अवलोकन गर्दा सिन्कोना बगानआसी अबपनि सचेत नभए यो बगानको अस्तित्व नेपालको धरहरा ढलेको झैं हुने समय आएको आजको भेटवार्तामा चर्चा भयो | उक्त भेटवार्ता अवधि उत्पादन रसायनविद एम करीम खानले आफु अब प्राय: अवकाश ग्रहण गर्न आठ महिना जति मात्र रहेकोले यो उद्योग धन्दा बगानबासी एवम यहाँको क्षेत्रीय प्रशासक सिन्कोना बगानलाई माया गर्ने बौद्धिक जमात, राजनैतिक इच्छाशक्ति माथि भर पर्ने अनि उचित कदमको पहल सबै जना मिलेर गरे बगानको आय अझ बढेर जाने बताएको जानकारी युनियन प्रवक्ता रिनेश शेर्पाले दिएका छन् ||

Post a Comment
We love to hear from you! What's on your mind?