कर्मचारी सांस्कृतिक सम्मिलन अन्तर्गत भानु जयन्ती एवम अभ्यर्थना समारोह

Karmachari Sanskritik Sammilan Mungpoo Ko Maya
सरकारी सिन्कोना बगान मङपुमा विगत २०१५ देखि शुरु गरिएको कर्मचारी सांस्कृतिक सम्मिलन “मङपुको माया” कार्यक्रम अन्तर्गत आज आयोजक समितिले २०४ औं आदिकवि भानुभक्तको जन्म जयन्ति एवम अभ्यर्थना समारोह सम्पन्न गर्यो | बिशेष गरेर सिन्कोना बगानमा दैनिक रुपमा पसिना बगाएर आफ्नो जीवन निर्वाह गर्ने मजदुर तथा कर्मचारीहरुलाई वर्षमा एकपल्ट मनोरन्जन गराउन साथै मजदुर, कर्मचारीहरुमा रहिआएको अनि उम्दा कला कृतिहरुलाई निरन्तरता दिन पूर्व व्यवस्थापक स्वर्गीय नरेश कुमार बराइलीको पहलमा शुरु गरिएको यस प्रकारको कार्यक्रम तिनी रहुन्जेल निक्कै प्रभावकारी रुपमा सम्पन्न गर्दै आइरहेको भएपनि तिनको निधनपछिको यो पहिलो कार्यक्रम हो | यहाँको सरस्वती उच्चतर माध्यमिक बिधालयको नव निर्मित भवनमा आयोजित आजको कार्यक्रममा नेपाली भाषाका आदि कवि भानुभक्त आचार्यलाई समर्पित बगानका कलाकारहरु बेनु बोम्जन, अम्बर दर्जी, पदम बराइली, बुद्ध शेर्पा, प्रणय राई, हेमन्त रावत बिष्णु खरेल आदिबाट मिठा मिठा गीत, कविहरु क्रमश शानु भट्टराईबाट रामायण शिलोक, आशिषदीप राई, दीप थापा आदि द्वारा कविता वाचन साथै नृत्य कलाकारहरुबाट रोमान्चक नृत्यहरु प्रस्तुत गरिएको थियो भने मङपुका प्रतिष्ठित साहित्यकार, गीतकार सुरेन्द्र थीङद्वारा आदिकवि भानुभक्त आचार्य माथि ज्ञानवर्द्धक वार्ता प्रस्तुत गरिएको थियो |
यसरी रंगारंगी कार्यक्रमको साथमा आयोजक समितिले मङपु सिन्कोना बगानभित्रबाट यस वर्षको माध्यमिक अनि उच्च माध्यमिक परिक्षामा अब्बल अंक प्राप्त गर्ने विभिन्न बिधालयका विधार्थीहरुलाई अभ्यर्थना जनाउँदै स्मरणपत्रको साथ उपहारहरु दिएर बिधार्थीहरुलाई हौसला दिएका थिए जसमा सरस्वती बिधालयका साइमन प्रधान, सृजना मुखिया, ज्ञानपीठ बिधालयका प्रकृति खत्री, रीतिका थापा अनि सारदा बिधालयका एलुका गुरुङ छनौट भएका थिए |
सिन्कोना व्यवस्थापक जेसव सादाको सभापतित्वमा सम्पन्न कार्यक्रममा लाब्दा, मङपु अनि रङबी विभाग संयुक्त  सहव्यवस्थापक बर्नाली बिश्वास साथै रन्जु भेल्ली, सिटोङ अनि लाठपन्चरका संयुक्त सहव्यवस्थापक उज्ज्वल कुमार पति प्रमुख अतिथिको रुप उपस्थित रहेका थिए भने निर्देशक कार्यलय बडाबाबु एआर रावत, व्यवस्थापक कार्यलय बडाबाबु मधुसुधन छेत्री, बरिष्ठ नागरिक डीएस लोहार, ज्ञानपीठ विधालय प्रधान अध्यापक बीके गुरुङ, सारदा विधालय प्रधान अध्यापक प्रकाश चन्द्र राई, एनसी शेर्पा, समल कार्की, बीबी मिश्र आदि पनि अतिथिका रुपमा उपस्थित थिए | हेमन्त रावत अनि अर्पणा वाइबाद्वारा संचालित कार्यकममा दीप थापाले स्वागत सम्भाषण राखे ||

सरकारी सिन्कोना बगान मङपुमा विगत २०१५ देखि शुरु गरिएको कर्मचारी सांस्कृतिक सम्मिलन “मङपुको माया” कार्यक्रम अन्तर्गत आज आयोजक समितिले २०४ औं आदिकवि भानुभक्तको जन्म जयन्ति एवम अभ्यर्थना समारोह सम्पन्न गर्यो |

Read latest post filed under cinchona, mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.