निर्देशक सिन्कोना एवम अन्य औषधीय विभाग मङपुको कार्यलयमा तृणामूल कंग्रेस सिन्कोना बगान कर्मी युनियन केन्द्रीय समितिको पहलमा रोंगो गैरीबास, मङपु, मनसोङ, लाठपन्चर, सिटोङ, रन्जुभेल्ली, कास्यम, लगायत, सबै विभागका युनियन प्रतिनिधिहरु लिएर मजदुरवर्गको विभिन्न जटिल समस्याहरु माथि एक सामुहिक मांगपत्र पेश गर्दै महत्वपूर्ण भेटवार्ता सम्पन्न भयो | उक्त भेटवार्तामा बिशेष सिन्कोना मजदुरवर्गको थाँतीमा रहेको पदोन्नति सम्बन्धि निर्देशालय मार्फत पहल गरिएको कागजपत्र, जीटीए सचिवको सरकारी टिप्पणीमाथि गहिरो बहस भए पश्चात अन्तमा गएर सिन्कोनाको सम्बन्धित विभाग, मन्त्री साथै ऐनमन्त्री एवम मुख्यमन्त्री समक्ष चुडान्त निर्णयको निम्ति पहल गर्न आगमी २० अगस्तभित्रमा डोलासेन सांसद एवम राज्य अध्यक्ष आइएनटीटीयुसी कोलकाता साथै राज्यसभा सांसद शान्ता छेत्री लगायत एलबी राई अध्यक्ष हिल टीएमसी एव मिङमा भोटिया टीएमसी पार्टी प्रभारी खरसाङ महकुमाको संयुक्त मङपु भ्रमण अवधि पदोन्नति लगायत अन्यान्य समस्याहरु जस्तै अचल अवस्थामा रहेको कुइलैन कारखाना, इमिटाईन कारखाना, डायोजिन कारखाना पुन: संचालन गर्नहेतु सम्बन्धित कारखानामा खाली रहेका अधिकारी पदहरु (जसको अन्तर्वार्ता भइसकेका छन् ) को नियुक्त गरिने मजदुरबाट पदोन्नति गरिंदा सरकारको नियम बमोजिम ३३% महिला मजदुरहरुलाई आरक्षणको प्राथमिकता दिइनपर्ने, मजदुरहरुको दैनिक रोजवृद्धि सम्बन्धि पहल गरिनपर्ने, कार्यरत दैनिक महिलामजदुरवर्गको सुत्केरी विदा, अन्य कार्यरत कर्मचारी महिला मजदुरहरुको तुलनामा बढोत्तरी गर्न पर्ने साथै बर्तमान सिन्कोना निर्देशालय अन्तर्गत सबै बगानहरुमा भइरहेको विभिन्न लगानीको अधारमा अतिरिक्त नियमित मजदुर भर्ना सम्बन्धी सम्बन्धित विभाग समक्ष पहल गर्नपर्ने, सिन्कोनाका खाली प्रयोग नभएको भुमिहरु निरीक्षण गरि सुपारी खेती, चियापति, कफी साथै सही आयश्रोत भएको अन्यान्य खेतीहरु गर्नपर्ने निर्णय एवम प्रस्ताव पारित भयो |
यस बाहेक सिन्कोना बगानका सबै अस्पतालहरुमा खाली रहेका पदहरु डाक्टर, कम्पाउण्डर, नर्स झट्टै भर्ना गरिने साथै सबै अस्पतालहरुको जिर्नोधार गरिने सम्बन्धमा सम्बन्धित विभाग एवम मन्त्री समक्ष पहल गरिने सहमत जनाइयो |
यसरी नै सिन्कोना बगानका सम्पूर्ण बेकारीहरुको समस्याहरुलाई मध्यनजर राखी राज्यसरकारका विभिन्न विभाग एवम मन्त्रालय समक्ष विभिन्न विकासका योजनाहरु तयार गरी यथाशिघ्र पत्रचार गरिने निर्णय गरियो | भेटवार्ताका बिशेष प्रतिनिधिहरुमा टीएमसी युनियन अध्यक्ष सन्तोस खवास रोंगो र उनका जोनल एवम शाखा प्रतिनिधिहरु, महासचिव किरण ब्लोन, संजय थापा, रतन लामा, जोनल सभापति एवम सचिव कमल घिसिङ, विजय तामांग, जोनल प्रतिनिधि मनसोङ एवम रम्फू विभागका शाखा प्रतिनिधिहरु, लाठपन्चर अनि सिटोङ शाखा युनियन प्रतिनिधिहरु उपस्थित थिए भने पर्यवेक्षकको रुपमा संजय सुब्बा टीएमसी आरआरब्लक सभापति, पुष्कर सन्यासी सचिव आरआर ब्लक, रेजिना गुरुङ नारी एकाइ जिल्ला सचिव लगायत पश्चिम बङ्गाल सरकारी कर्मचारी फेडरेशनका मङपु जोनल संयोजकद्वय सुरज राई, कारखाना कर्मचारी मङपु, सागर मुखिया रङबी विभाग आदि उपस्थित थिए |
अन्तमा उपरोक्त समस्याहरु सुल्झाउन हेतु मङपु भ्रमणमा आउने सांसदहरु लगायत टीएमसी जिल्ला अध्यक्ष एलबी राई, पार्टी प्रभारी मिङमा भोटिया सहित युनियनका एक बिशेष प्रतिनिधि टोली कलकता प्रस्थान गर्ने निर्णय पनि लिएको छ ||

Post a Comment
We love to hear from you! What's on your mind?