Gorkha Janmukti Morcha President Binay Tamang

पहाडमा बन्दको असर नपर्नु भाजपा, अह्लुवालिया र बिमलहरुलाई मुहतोड जवाब पनि हो - बिनय तामांग

पश्चिम बङ्गाल नर्थ दिनाजपुरको इस्लामपुरमा शिक्षक नियुक्ति मुद्दाको प्रदर्शनी अवधि दुई विधार्थीहरुको मृत्युको विरोध जनाउँदै भारतीय जनता पार्टीले आज १२ घण्टा बङ्गाल बन्द डाकेको थियो | बङ्गालको विभिन्न क्षेत्रहरुमा बन्दलेठुलैअसर परेको बताइएको छ भने भाजपा राज्य अध्यक्ष दिलिप घोषले बन्द पूर्ण सफल भएको पनि पत्रकारहरुलाई बताइसकेको छ | तर दार्जीलिंग जिल्ला भाजपा नेता मनोज देवानले भने दार्जीलिंग पहाड बन्ददेखि छुट रहेको हिजनै घोषणा गरेका थिए | यही बन्दको लहरमा पहाडका शासक दल तथा जीटीए अध्यक्ष बिनय तामांगले पहाडमा बन्दको असर नपर्नु, बन्ददेखि छुट राख्नु भनेको दार्जीलिंग पहाडमा भाजपा, भाजपा सांसद एसएस अह्लुवालिया साथै बिनय पन्थीको वर्चस्व नभएको ठोकुवा गरेका छन् | तिनले बन्दको १२ घण्टे अवधि नबित्दै एउटा विज्ञप्ति जारी गर्दै  बन्द असरविहिन पहाडमा आगमी २०१९ को चुनाव लिएर भाजपाले अहिलेनै हात धुनु रहेको बताएको छ | तिनले आफ्नो विज्ञप्ति पनि यसको भने -


 भारतीय जनता पार्टीले आज २६ सेप्टेम्बरमा  बङाल बन्द डाकिएको तर यसको कुनै असर दार्जीलिङ पहाडमा परेन । हिज २५ तारिख सांझ श्री मनोज देवान दार्जिलिङ जिल्ला भाजपा  नेताले दार्जीलिङ बन्ददेखि छुट भन्नु नै दार्जीलिङमा भाजपाको कुनै अस्तित्व छैन भनेर स्वीकार गर्नु हो । भाजपाको बरिष्ठ सांसद एवं वर्तमान केन्द्रीय मन्त्रीको ससदीय क्षेत्रमा बन्दको कुनै असर नपर्नु श्री एस एस आहलुवालिया र भाजपालाई पहाडको जनताबाट मुहतोड जवाब पनि हो ।

एस एस आहलुवालिया, भाजपा र विमल गुरूङ रोशन गिरी अनि विमलपन्थीहरूलाई पनि अब दार्जीलिङ पहाडमा भाजपा , एस एस आहलुवालिया, विमल गुरुङ र रोशन गिरीको कुनै वर्चस्व छैन भन्ने  सही सन्देश हो  । २०१९  चुनावमा  भाजपाले दार्जीलिङ ससदीय क्षेत्रबाट हात धुनु पर्ने अग्रिम सुचना पनि हो ।

एस एस आहलुवालिया र भाजपाले खुल्ला रूपमा विमल गुरुङलाई  समर्थन दिँदापनि यसपल्ट किन विमल गुरुङले बन्दको निमित्त जनतालाई अपिल गरेनन्  ? किनकि विमल गुरुङ  र रोशन गिरीलाई थाहा छ कि उनीहरूको पक्षमा जनता छैन भनेर ।
केही दिन अघिमात्र विमल गुरुङले आफनो अडियो किल्पमा उसको समर्थनमा दार्जीलिङ पहाडको जनता ७० प्रतिशत छ भनेर ठोकुवा गरेका थिए - ७० प्रतिशत जनता उसको समर्थनमा छन् भने विमल गुरुङले आज भाजपाको समर्थनमा जनतालाई अपिल गरेर दार्जीलिङ पहाड बन्द राख्न सक्न पर्थ्यो ।

म सम्पूर्ण पहाडको जनता जनार्दनप्रति मेरो हार्दिक कृतज्ञता प्रकट गर्न चाहान्छु । हामी सधैँ दार्जीलिङ पहाडलाई शान्ति राखौँ, स्वच्छ राखौँ  , समवृद वनाऊ  ।

पश्चिम बङ्गाल नर्थ दिनाजपुरको इस्लामपुरमा शिक्षक नियुक्ति मुद्दाको प्रदर्शनी अवधि दुई विधार्थीहरुको मृत्युको विरोध जनाउँदै भारतीय जनता पार्टीले आज १२ घण्टा बङ्गाल बन्द डाकेको थियो |

Read latest post filed under political news

Post a Comment

Post a Comment

We love to hear from you! What's on your mind?

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

Contact Form

Name

Email *

Message *

Powered by Blogger.