ट्रक दुर्घटनामा ३ को मृत्यु ४ घाइते

Truck accident kills three takling
तक्दाह खण्ड रङली रङलीयट तकलिङ क्षेत्रमा हिज बुधबार एउटा ट्रक दुर्घटनाग्रस्त हुँदा ३ जनाको ज्यान गएको अनि चार जना घायल बनेको जानकारी प्राप्त भएको छ | पुलिस सुत्रबाट प्राप्त जानकारी अनुसार हिज राति करिब ८ बजेतिर तकलिङ स्थित गुम्बामा बालुवा अनलोड गरेर सोरेङदेखि टीस्टा आइरहेको समय अचानक गोलाई नकाटिएकोले ट्रक निक्कै तलसम्म पल्टिएर गएको थियो | उक्त ट्रकभित्र चालक लगायत जम्मा ८ जना सवार थिए जसमा तीनजनाको मृत्यु भए पनि चार जना भने घायल अवस्थामा फेला परेको छ | मर्नेहरुमा तीनै जना चोपडा उत्तर दिनाजपुर निवासी मिस्त्री काम गर्ने थिए भने तिनीहरुमा अरिफल इस्लाम २४ वर्ष, हाफिज रहमान २० वर्ष अनि ओस्मान गानी १८ वर्ष रहेका छन् | गाडीको चालक रम्बीको रहेको थाहा लागेको छ भने मृत शवलाई आज कालेबुङ जिल्ला अस्पताल पठाइएको छ ||

तक्दाह खण्ड रङली रङलीयट तकलिङ क्षेत्रमा हिज बुधबार एउटा ट्रक दुर्घटनाग्रस्त हुँदा ३ जनाको ज्यान गएको अनि चार जना घायल बनेको जानकारी प्राप्त भएको छ | पुलिस सुत्रबाट प्राप्त जानकारी अनुसार हिज राति

Read latest post filed under regional news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.