सिन्कोना बगानमा हालसम्म थाँतीमा रहेको विविध समस्याहरुलाई सुल्झ्याउन मोर्चाको सिन्कोना प्लान्टेशन वकर्स युनियन टोली जसलाई कोअर्डिनेटर तथा खरसाङ विधायक डा० रोहित शर्मा एवम मिरेन लामाले नेतृत्व गर्दै मन्त्री रज्जाक मोहल्ला, फुड प्रोसेस एण्ड हर्टिकल्चर डिपार्टमेन्ट पश्चिम बङ्गाल सरकार अनि हिल एफियर्स सेक्रेटरी अत्री भट्टचार्यसित मयुक भवन तथा नवान्नामा भेट गर्यो | टोलीले यस भेटलाई खुबै सार्थक एवम शिष्टचार भेट मात्रै रहेको बताएका छन् किन भने प्रतिनिधि टोलीले आफ्नो एक सुत्रीय माग श्रमिक पदोन्नति बारे विगत २८ जून २०१८ कै दिन बोर्ड अफ एडमिनिस्ट्रेशन जीटीएमा सर्वसम्मतिमा पास गरि १ अगस्त को दिन प्रयर अप्रोभलको निम्ति फुड प्रोसेस एण्ड हर्टिकल्चर डिपार्टमेन्ट सचिव पश्चिम बङ्गाल सरकार समक्ष पठाइसकेको बताएका छन् | तर केही महिना अघि यसै सम्बन्धमा अन्य युनियन टोलीहरुले पनि कलकता पुगी जानकारी लिन खोजे पनि श्रमिक पदोन्नतिको एकसुत्रीय माग कहाँसम्म पुगेको छ फेद – टुप्पो केही नभेटेको प्रमाणित भएको सिन्कोनामा प्लान्टेशन वकर्स युनियनको टोलीले जानकारी दिएका छन् | युनियनको एक सुत्रीय माग विगत ९ सेप्टेम्बरकै दिन फुड प्रोसेस एण्ड हर्टिकल्चर डिपार्टमेन्टबाट हिल अफेयर्स कहाँ पठाइसकेको अनि यही सम्बन्धमा एउटा संयुक्त सभा जीटीएको प्रतिनिधि तथा सिन्कोना निर्देशकलाई पनि लिएर चाडैं गर्ने निर्देशित भएको छ भने यी सत्य कुराहरुको जानकारी नभई अन्य टोलीले कलकत्ता आएर नौं सुत्रीय मागको मेमोरन्डम छोडेर गएको अनि उक्त मेमोरन्डम पनि डिपार्टमेन्टको क्लर्कको टेबलमा लवारिस लडिरहेको पाएको प्रतिनिधि टोलीले बताए | तैपनि ती युनियनहरुले फर्केर आइ श्रमिकहरुलाई अलमल्ल पार्दै उल्टा हाम्रो युनियन प्रतिनिधिहरुलाई गाँडा तन्नेरी सम्म भनेको अनि मन्त्रीकोमा ग्रेडेसन लिस्ट पुगेको छैन, अहिलेसम्म केही काम भएको छैन भनेर गन्ति घरमा प्रचार प्रसार गरेको बताउंदै खेद प्रकट गरे भने ग्रेडेसन लिस्ट केवल म्यानेजरको कार्यलयदेखि निर्देशालयसम्म मात्रै पुग्छ कोलकाता पठाउनु पर्दैन, यती ज्ञान धरी नराख्नेले युनियन कसरी चलाउँछ भन्दै प्रश्न गरेका छन् | हिल अफेयर्स डिपार्टमेन्टमा आइपुग्यो हाम्रो वान पोइन्ट एजेन्डा! हिल अफेयर्स डिपार्टमेन्टबाट नै जीटीएको प्लान/ नन् प्लान बजेट आउने हुनाले उक्त मांग अन्त मा फुड प्रोसेस् एण्ड हर्डीकल्चर डिपार्टमेन्टले चाँडै संयुक्त सभा राखेर यसलाई अन्तिम कार्यरूप दिन हिल अफेयर्स डिपार्टमेन्टमा पठाको हो । हिल अफेयर्स तथा होम सेक्रेटेरी अत्री भट्चार्य कहाँ उक्त पत्र मेमो नंम्बर 1037/FPI&H-11014/37/2018-SECTION (FPIH)DATED12/92018 अनुसार फुड प्रोसेस् एण्ड हर्डीकल्चर डिपार्टमेन्ट मन्त्री महोदयले पठाई सकेको उक्त पत्रको जेरक्स कपी लिएर नवान्नास्थित होम तथा हिल अफेयर्स सेक्रेटेरी अत्री भट्चार्यसंग पनि यो टोलीले भेट गर्यो । भेटवार्तामा यो दशरा पूजा सक्ने बितिक्कै उक्त सभा डाक्ने तय गर्यो अनि त्यो भन्दा अघी ए एलए रोहित शर्मासंग यही बिषयमा एउटा बैठक गर्ने पनि तय भएको प्रतिनिधि टोलीले एक विज्ञप्ति मार्फत जनाएको छ ||

Post a Comment
We love to hear from you! What's on your mind?