मानव उत्थान सेवा समितिद्वारा रम्बी हस्पिटलमा सफाई अभियान

Cleanliness drive at Rambi Hospital by Manav uthan Sewa Samity
मानव उत्थान सेवा समिति, मङ्पु  तहसीलको तत्वावधानमा आज भारत स्वच्छता अभियान कार्यक्रम अन्तर्गत रम्बी ब्लक हस्पिटल सर सफाई गरियो |  राष्ट्रपिता महात्मा गांधीको जन्म जयन्तीको अवसर पारेर गांधीजीको देशसेवालाई स्मरण गर्दै समितिका विभिन्न शाखा प्रशाखाबाट आएका प्रेमी भक्तजनले खुबै जोश र जाँगरसित हस्पिटलको भित्र र बाहिर सर सफाई गरे | यस अवसरमा म. चाँद बाईजी अनि म. अलकनन्दा बाईजीको बाहुलीबाट रोगीहरूलाई फलफूल, साबुन, टूथपेस्ट, ब्रसका साथै आध्यात्मिक पत्रिका वितरण भयो | रम्बी अस्पतालकी बी. एम. ओ. एच.  डा0 सीके छेत्रीको उक्त कार्यक्रममा विशेष उपस्थिति रहेको थियो |  यसपछि स्थानीय रम्बी बजारमा अवस्थित शिव मन्दिरमा सत्संग कार्यक्रम सम्पन्न भयो |

कार्यक्रममा भक्ति संगीतका कलाकारहरूले श्रुतिमधुर वैराग्यपूर्ण भजन प्रस्तुत गरे |  विशेष अतिथि कालिम्पोंगका गणेश खतिवडा, मंगपू तहसील मा उ से सका प्रभारी सन्त महात्मा अलकनन्दा बाईजीले सारगर्भित आध्यात्मिक विचारका साथै महात्मा गांधीको देश निर्माणमा योगदान माथि प्रकाश पारे |  गर्मीको प्रकोपमा मन्दिर संचालन समितिका सदस्यवर्गले पेय जल वितरण गरेर सहायता गरे ||

मानव उत्थान सेवा समिति, मङ्पु तहसीलको तत्वावधानमा आज भारत स्वच्छता अभियान कार्यक्रम अन्तर्गत रम्बी ब्लक हस्पिटल सर सफाई गरियो | राष्ट्रपिता महात्मा गांधीको जन्म जयन्तीको अवसर पारेर

Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.