टिस्टा नदीमा रिभर राफ्टिङ गर्दा एक पर्याटकको मृत्यु

One death on Teesta River Rafting
टिस्टा नदीमा रिभर राफ्टिङ गर्दा एक पर्याटकको मृत्यु भएको छ। उक्त घट्ना आज दिउँसो भएको हो। महाराष्ट्रबाट आएकी पर्याटक कल्पना अशोक राँठी (56) को टिस्टा नदीमा राफ्टिङबाट झरेर मृत्यु भएको हो। उनको मृत्यु पछि अन्य पर्याटकहरूले रिभर राफ्टिङको समय राफ्टिङ गराउनेहरू कुनै प्रकारका सुरक्षा उपकरणहरू नअप्नाएको आरोप लगाएका छन्।
महाराष्ट्रको अमरावतीबाट सिक्किम राज्यको पेलिङ घुमेर दार्जीलिङ घुम्न हिँडेका एक हुल पर्याटकहरू आज टिस्टामा रिभर राफ्टिङको आनन्द उठाउन झरेका थिए। उनीहरूले पेलिङ घुमेर दार्जीलिङ घुम्न जाँदा टिस्टा नदीमा राफ्टिङ गर्ने अघिबाटै योजना बनाएका थिए। त्यहीँ योजाअ अनुसार आज दिउँसो उनीहरू टिस्टा नदीमा रिभर राफ्टिङको आनन्द उठाउन झरेका थि।
मोठ 18 जनाको टोलि रहेको पर्याटकहरूलाई रिभर राफ्टिङ गर्न 3 वटा बोट तयार गरिएको थियो। उक्त तीनवटा बोर्डमा 6-6 जना बसेर रिभर राफ्टिङ गरेका थिए। उनीहरूको रिभर राफ्टिङ 7 माइलबाट सुरु भएको थियो भने लाबर बोटेमा समापन हुने भएको थियो। टिस्टा नदीको द्रुत बहाउमा लगभग तीन किलोमिटर तल आइपुगेपछि नदीको छालमा परेपछि राफ्टिङबाट पर्याटक कल्पना अशोक राँठी नदीमा झर्न पुगिन्।
नदीको छालमा परेर नदीसँगै बगेकी पर्याटक राँठीलाई तत्कालै राफ्टिङ दलका टोलिले बचाउने कार्य गर्दै केहिबेर नदीमा बहेपछि पानीबाट बाहिर निकाल्न सक्षम भएको थियो। त्यसपछि उनलाई तत्कालै मल्ली स्वास्थ्य केन्द्रमा पुर्‍याइएको थियो। उनलाई मल्ली स्वास्थ्य केन्द्रले तत्कालै कालेबुङ अस्पताल रेफर गरिदिएको थियो भने कालेबुङ अस्पतालमा ल्याइपुर्‍याएपछि चिकिस्तकले उनलाई मृत घोषित गरिदिएको थियो।
उक्त घट्नापछि टिस्टा नदीमा रिभर राफ्टिङ गर्नेहरूले कुनै सुरक्षाको उपकरण राफ्टिङ गराउनेहरूले नअप्नाएको आरोप लगाएका छन्। पर्याटकहरूका निम्ति गरिनुपर्ने पर्याप्त सुरक्षा व्यवस्था नभएकै कारण आज यसरी मृत्यु भएको राफ्टि गर्ने पर्याटक राजेन्द्र बिहानीले आरोप लगाएका छन्।
‘राफ्टिङ गराउने जो पाइलट हुन्छन् उनीहरू प्रसिक्षित छैनन्। यसैकारण यसरी दुर्घाट्नामा पर्याटकले ज्यान गुमाउनु परिरहेको छ’ पर्याटक राजेन्द्र बिहानीले अझ भने –‘उनीहरूसँग सुरक्षाको निम्ति कुनै ब्याकअप संसाधन समेत थिएन। न त एम्बुलेन्सको सुविधा थियो, न त दुर्घाट्नामा परेकाहरूलाई बचाउनका निम्ति प्रसिक्षित दल नै थिए।’ यसक्रममा उनले रिभर राफ्टिङ गराउनेहरू प्रशिक्षित नभएकै कारण यसरी दुर्घट्ना भएको भन्दै दुर्घट्नामा परेपछि घाइते भएका व्यक्तिहरूलाई कसरी बाहिर निकाल्न पर्ने जानकारी समेत राफ्टिङ गराउनेहरूसँग नभएको उनले आरोप लगाएका छन्।
‘पर्याटकहरूको जीवन रक्षालाई लिएर उनीहरूसँग़ कुनै संसाधन नै छैन। यतिसम्म कि उनीहरूले हेलमेट समेत लगाइदिएनन्। यसका साथै दुर्घट्ना परेकालाई बोक्न स्टेचर समेत उनीहरूसँग थिएन’ पर्याट राजेन्द्र बिहानीले भने। उनले पर्याटकहरूको सुरक्षा सम्बन्धिलाई लिएर सरकारले समेत उचित पहल गर्नुपर्ने अपिल गरेका छन्।
अर्कोतर्फ टिस्टा नदिमा रिभर राफ्टिङको क्रममा पर्याटकको मृत्यु भएपछि पुन: सुरक्षा विषयलाई लिएर प्रश्न चिन्ह खडा भएको छ। यसभन्दा अघि गत 9 मई 2018 का दिन रिभर राफ्टिङको क्रममा नै दुर्घटना भएपछि एक पर्याटकले ज्यान गुमाएका थिए। जसको कारण प्रशासनले पर्याटकहरूको सुरक्षालाई लिएर रिभर राफ्टिङ बन्द गरेको थियो भने 11 दिनको बन्दपछि जिल्ला प्रशासन, पुलिस प्रशासन अनि जीटीए प्रशासन लगायत राफ्टिङ सञ्चालकको धारबाहिक वैठकपछि सम्पूर्ण सुरक्षा व्यवस्थाको जाँच पछि 21 मई 2018 का दिनदेखि सञ्चालन सुरु भएको थियो। जुन जाँचको क्रममा 21 वटा राफ्टिङ बोर्डहरू सुरक्षाको दृष्टिले खत्रा रहेको भन्दै बन्द समेत गरेको थियो। तर, पुन: आज एक पर्याटकको मृत्युले रिभर राफ्टिङमा पर्याटकहरूको सुरक्षा विषयलाई लिएर प्रश्न चिन्ह खडा भएको छ।

http://pratibymba.com/

टिस्टा नदीमा रिभर राफ्टिङको गर्दा एक पर्याटकको मृत्यु भएको छ। उक्त घट्ना आज दिउँसो भएको हो। महाराष्ट्रबाट आएकी पर्याटक कल्पना अशोक राँठी (56) को टिस्टा नदीमा राफ्टिङबाट झरेर मृत्यु भएको हो।

Read latest post filed under regional news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.