गोजमुमो भूमिगत नेता विमल गुरुङ गुटका
समर्थक मानिने सुरज बागदासलाई कालेबुङ पुलिसले पक्राउ गरेको छ। गतवर्ष
चलेको छुट्टै राज्य गोर्खाल्याण्ड आन्दोलनको क्रममा तृणमूल कङ्ग्रेस पार्टी
कार्यालयमा आगो लगाएको आरोपमा उनलाई पुलिसले पक्राउ गरेको हो। यहाँको डा.
ग्राह्म होम्स निवासी सुरज बागदासलाई कालेबुङ पुलिसले मङ्गलबार राती पक्राउ
गरेको हो।
पक्रा परेका बागदास विरुद्ध पुलिसले
भारतीय दण्ड संहिताको धारा 147, 148, 149, 342, 353, 436, 324, 326, 307,
427 अनि आर.डब्ल्यु 15 (ए), 15 (बी) लगायत संशोधित पश्चिम बङ्गाल
मेन्टेनेन्स अफ् पब्लिक अडर कानुन अनुसार मुद्दा दर्ता गरेको छ। पक्रा
परेका बागदासलाई आज यहाँको न्यायालयमा पेश गरिएको थियो भने न्यायालयले 7
दिनको पुलिस रिमाण्डमा पठाएको छ।
http://pratibymba.com

Post a Comment
We love to hear from you! What's on your mind?