Adarsh pariwar 74 dhura 15th foundation day

आदर्श परिवार ७४ धुराको १५ औं स्थापना दिवस पालन

गत शनिबार आदर्श परिवार ७४ धुराको १५ औं स्थापना दिवसको उपलक्ष्यमा साथै नयाँ वर्ष २०१९ लाई स्वागत स्वरूप परिवारकै भवन प्रांगणमा पासाङ तामांगको अध्यक्षतामा एउटा सांस्कृतिक कार्यक्रम सम्पन्न भयो |
कार्यक्रममा परिवार भित्रका माध्यमिक एवम उच्च माध्यमिक परिक्षामा उतीर्ण विधार्थीवर्गलाई परिवारका सभापति किरण प्रधान एवम सचिव प्रभात मोक्तानको बाहुलीबाट सम्बर्धना जनाइयो | संस्कृतक कार्यक्रम अवधि मुकेश तामांग, सरु तामांग लगायत गाउँका उम्दा कलाकारहरुले रोचक गीतहरु प्रस्तुत गरे भने   बाल कलाकारहरुले सुन्दर नृत्यहरु पनि प्रस्तुत गरे | सांगीतिक कर्यक्रममा अतिथि कलाकार पुरण पाख्रीन, प्रसन्न पाख्रीनले वाध्य वादनमा सहयोग पुराएका थिए भने किरण मोक्तानद्वारा कयारिकेचर अनि गीत प्रस्तुत गरे | यसरी नै कार्यक्रममा फुर्वा मोक्तान, भीम खरेल अनि बसन्त थापाले मादले गीत प्रस्तुत गरे | यसै कार्यक्रमको मुख्य आकर्षण आनन्द मोक्तानद्वारा लिखित मोबाइल फोन र हाम्रो समाज शीर्षक रोचक नाटक पनि मन्चन गरियो भने उपस्थित सम्पूर्णलाई रोशन राईले धन्यबाद प्रकट गरेका थिए |
कार्यक्रममा प्रमुख अतिथि लाब्दा सिन्कोना बगान लाब्दा विभागीय गयाङमेन एमबी रसाइली अनि विशिष्ट अतिथि मुन्सी बीबी मोहोरा रहेका थिए | अन्य अथितिहरुमा केपी शर्मा, भीम खरेल, फुर्वा मोक्तान, हरिप्रसाद शर्मा, देवीराम मोहरा, प्रेम घिसिङ, विष्णु खरेल, लतिफ पाख्रीन लगायत गाउँका अन्य व्यक्तित्वहरु रहेका थिए |
मुनाल घिसिङ, आनन्द मोक्तान अनि ज्ञानचन्द्र पाख्रीन द्वारा संचालित कार्यक्रममा नोर्देन लामाले स्वागत भाषण राखेका थिए ||

गत शनिबार आदर्श परिवार ७४ धुराको १५ औं स्थापना दिवसको उपलक्ष्यमा साथै नयाँ वर्ष २०१९ लाई स्वागत स्वरूप परिवारकै भवन प्रांगणमा पासाङ तामांगको अध्यक्षतामा एउटा सांस्कृतिक कार्यक्रम सम्पन्न भयो |

Read latest post filed under mungpoo news

Post a Comment

Post a Comment

We love to hear from you! What's on your mind?

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

Contact Form

Name

Email *

Message *

Powered by Blogger.