गोर्खा जनमुक्ति मोर्चा (विमल गुरुङ गुट) ले पुन: 11 गोर्खा
समुदायका जात गोष्ठीलाई जनजातिको मान्यता प्रदान गर्दै चलिरहेको संसदको शीतकालिन
सत्रमा बील पेशको माग गर्दै जनजाति मन्त्री जोएल उराउँलाई भेट गरेको छ। दार्जीलिङ
लोकसभा समष्टि सांसद एस.एस आहलुवालीयाको नेतृत्वमा उक्त टोलिले जनजाति मन्त्रीलाई
भेट गरेको हो।
जीटीए अध्यक्ष विनय तामाङले चलिरहेको संसदको शीलकालिन
सत्रमा जनजातिको बील केन्द्र सरकारले संसदमा पेश गर्ने बीलहरूको सूचीमा रहेको
खुलासा गर्न साथै यता विमल गुटका प्रतिनिधी टोलिले पुन: जनजाति मन्त्रीलाई भेट
गरेको हो।
यसबारे भूमिगत नेता रोशन गिरीले प्रेस बिज्ञप्ती जारी गरेर
जानकारी गराएको छ। केन्द्रीय मन्त्री जोएल उराउँलाई प्रतिनिधी टोलिले भेट गरेर
संसदको चलिरहेको सत्रमा बील पेश गर्नुपर्ने दबाउ बनाएको छ। यसक्रममा एघार जातका
प्रतिनिधी टोलिले बील पेश नभएसम्म दिल्ली नछोड्ने चेतावनी पनि दिएको छ।
उक्त भेटघाटको क्रममा जनजाति मन्त्रीले प्रतिनिधी टोलिलाई
यसै संसदको शीतकालिन सत्रमा बील पेश गर्ने आश्वासन दिएको बताइएको छ।
http://www.gafsaff.com
Post a Comment