Talk on Gandhiyan Innovation at kalimpong science centre

कालेबुङ साइन्स सेन्टरमा सम्पन्न भयो "टक अन गान्धीयन इनोभेसन"

खडगपुर आइ.आइ.टीबाट फुड टेक्नोलजीमा इन्जिनिरिङ गरेर आइ.टी. सेकटरमा पनि धेरै वर्ष कार्य गरी विज्ञान एवं तकनिकीको क्षेत्रमा धेरै अनुभव बटुलेका वर्तमान कालेबुङ पुलिस अधीक्षक पदमा कार्यरत ध्रुवज्योति डेलाई निम्त्याएर कालेबुङ साइन्स सेनटरले गान्धीयन इनोभेसनमाथि एकदिवसीय वार्ताको आयोजना गरेको छ। 

उनले वार्तामा गान्धीको विज्ञानप्रतिको सोच एवं गान्धीयन इनोभेसन वर्तमान सबैमा आवश्यक रहेको बताए। इनोभेसन घरदेखि लिएर विशेष पुलिस विभागको क्राइम क्षेत्रमा पनि अधिक रहेको बताए। इनोभेसनले जीवनलाई सहज बनाउँछ अनि यसले वर्तमान विश्वको बिग्रदो पर्यावरणलाई बचाउनमा पनि ठुलो टेवा दिन्छ भन्ने बताएका छन्।
कार्यक्रमको अर्को चरणमा, दार्जिलिङ कृषि विज्ञान केन्द्र, कालेबुङका कम्पुयटर प्रोग्रामर डा. सुब्रत मन्नाले युथ एन्ड डिजिटल इन्डियामाथि आफ्नो वार्ता पावर प्वाइन्ट मार्फत् प्रस्तुत गरे। डा. मन्नाले वार्तामा भने, युवाहरूले डिजिटल मिडियाको मार्फत धेरै क्षेत्रमा फाइदा उठाउन सक्छ। चाहे त्यो व्यवसायिक क्षेत्रमा होस कि चाहे व्यक्तिगत स्तरमा होस सकरात्मक ढङ्गमा यसले वर्तमान युगमा ठुलो योगदान दिनेछ।
कार्यक्रममा इनोभेसन हबका सदस्य नानीहरू लगायत एक्पोजर भिजिटमा नागाल्यान्डबाट  आएका होलिक्रस हायर सेकन्डरी स्कुलका विद्यार्थीहरू उपस्थित थिए। 
कार्यक्रमको सुरूमा ध्रुवज्योति डे अनि डा. सुब्रत मन्नालाई केन्द्रको पक्षबाट खदा एवं स्मारिका प्रदान गरेर कार्यक्रम आरम्भ गरिएको थियो। कार्यक्रममा केन्द्र प्रभारी बी.बी. गुरूङको विशेष उपस्थिति रहेको थियो।    
 
http://www.gafsaff.com

खडगपुर आइ.आइ.टीबाट फुड टेक्नोलजीमा इन्जिनिरिङ गरेर आइ.टी. सेकटरमा पनि धेरै वर्ष कार्य गरी विज्ञान एवं तकनिकीको क्षेत्रमा धेरै अनुभव बटुलेका वर्तमान कालेबुङ पुलिस अधीक्षक पदमा कार्यरत ध्रुवज्योति डेलाई निम्त्याएर कालेबुङ साइन्स सेनटरले गान्धीयन

Read latest post filed under technology

Post a Comment

Post a Comment

We love to hear from you! What's on your mind?

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

Contact Form

Name

Email *

Message *

Powered by Blogger.