हिल त्रृणामूल कांग्रेस पार्टी मङपुले आज आफ्नो पार्टी मजबुतीकरणकै शिलसिलामा यहाँको सबै पंचायत विभागहरुलाई लिएर पुन: युथ कमिटि गठन गर्यो | टीएमसी रोङचोङ ग्राम पंचायत सभापति बीएस राईको बिशेष पहलमा आज यहाँको मङपु विभाग प्राथमिक पाठशालामा बसेको सभाले मङपको विभिन्न जीपीहरुलाई लिएर युथ कमिटि गठन गरेको छ जसमा हरेक पंचायतबाट प्रतिनिधिहरु यस प्रकारले चुनियो जसमा रेसेप ग्राम पंचायतबाट टंक बहादुर भुजेल, लाब्दा ग्राम पंचायतबाट रोशन राई, कैलाश राई, रोङचोङ ग्राम पंचायतबाट पावल प्रधान अनि बिक्की तामांगलाई चयन गरिएको छ | टीएमसी पार्टी सिन्कोना अनि जिल्ला कमिटिका युनियन प्रतिनिधि किरण ब्लोनको सभापतित्वमा बसेको सभामा टीएमसी मङपुका शिर्षस्थ नेतृत्वहरु क्रमैले बीएस राई, संजय थापा, युथ ब्लक सभापति गोबिन तामांग, मानेडाँडा युथ सभापति कृष्ण छेत्री आदि प्रमुख रुपले उपस्थित रहेका थिए | सभालाई बीएस राई, संजय थापा, किरण ब्लोन आदिले सम्बोधन गर्दै बर्तमान पहाडको स्थिति अनि युवा दाजु भाईहरुको बेरोजगारीपन माथि चर्चा गर्दै केवल टीएमसी पार्टीले मात्र युवाहरुलाई सही दिशा निर्देश गर्दै बर्तमान महंगाईको जमानामा युवाहरुलाई केही रोजगार प्रदान गर्दै दिग्भ्रमित हुनदेखि रोकिरहेको छ भन्दै युवाहरु नै समाज, देश अनि राष्ट्रकै शक्ति रहेकोले अब युवाहरुले नै अघि आएर आफ्नो गाउँ समाजको उत्थानको दिशा पक्रन पर्ने कुराहरु जनाएका थिए ||
मङपुमा टीएमसीको पंचायत स्तर युथ कमिटि गठन
15Dec2018
Post a Comment