युनियन क्याबिनेटले अरुआचल प्रदेशको एसटी (अनुसूचीत जनजाति) संशोधन बील पेश
गर्ने स्वीकृती दिएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा बसेको
क्याबिनेटको वैठकले उक्त स्वीकृती दिएको हो। तर यता गोर्खा समुदायका 11
जातगोष्ठीलाई जनजाति बनाउने सन्दर्भमा भने कहीँ उल्लेख समेत छैन।
प्रस्तावित बीलमा एसटी (अनुसूचीत जनजाति) सूचीबाट अबोर ट्राइबलाई हटाउने प्रस्ताव
ग्रहण गरिएको छ। किन भने यो ‘आदी’ जनजाति
कै समान हुन्। जस्तो कि ‘खाप्ती’ नामक कुनै जनजाति नभएको कारण बीलले ‘ताई खाप्ती’ सूचीलाई
हटाउनेछ।
‘प्रधानमन्त्री नरेन्द्र मोदीले अध्यक्षता गरेको क्याबिनेट वैठकले संविधान (अनुसूचीत
जनजाति) आदेश, 1950 को केही संशोधनको निम्ति संसदमा संविधान (संशोधन) बील, 2018 लाई
पेश गर्ने स्वीकृती दिएको छ। जसले अरूणाचल प्रदेशको अनुसूचित जनजातिहरूको सूची
संशोधन गर्न सकियोस्’ आधिकारिक बयानमा भनिएको छ।
उक्त बीलमा मिश्मी-कमन (मिजु मिश्मी) इदु
(मिश्मी) अनि तारोन (दिगारु मिश्मी) लाई सूचीमा समावेश गर्ने भनिएको छ।
यसले ‘मोम्पा, मेम्बा, सर्ताङ, साजोलोङलाई मोम्बाको बदलीमा समावेश गर्ने
प्रस्ताव गरिएको छ। बयान अनुसार नोक्टे, ताङ्सा, तुत्सा अनि बाँचो जनजाति राज्यको
एसटी सूचीमा कुनै पनि नागा जनजाति शब्दको स्थान लिनेछ।
http://www.gafsaff.com

Post a Comment
We love to hear from you! What's on your mind?