विनय तामाङलाई 2017 मै पार्टीबाट निस्कासित गरेको हो, गोजमुमोको पक्षबाट बोल्ने कुनै अधिकार छैन

GJM Bimal Gurung And General Secretary Roshan Giri
विनय तामाङलाई 1 सितम्बर 2017 क दिन पार्टीको केन्द्रिय कमिटिले निस्कासित गरेको हो। यसकारण उनलाई गोजमुमो पार्टीको पक्षबाट बोल्ने कुनै अधिकार छैन साथै पार्टीको लेटर प्याड अनि नाम समेत प्रयोग गर्ने पाउनेछैन’ उक्त कुरा भूमिगत नेता रोशन गिरीले एक प्रेस विज्ञप्ती जारी गरेर भनेका हुन्।

गत 19 जनवरीका दिन गोजमुमो पार्टी अध्यक्षको पक्षबाट विनय तामाङले भाजपा नेतृत्वधीन एनडीसँग दसवर्षे सम्बन्ध तोड्दै तेस्रो मोर्चामा सामेल भएको घोषणा गरेपछि भूमिगत नेता रोशन गिरीले प्रेस विज्ञप्ति जारी गरेर तामाङलाई अघिबाटै पार्टीबाट निस्कासित गरेको स्मरण दिएलाएका छन्।
‘गोर्खा जनमुक्ति मोर्चाले तेस्रो मोर्चालाई समर्थन गर्ने विनय तामाङको घोषणा हाँस्यस्पद हो। 20 सितम्बर 2017 का दिन उनलाई पश्चिम बङ्गाल सरकारले जीटीए बोर्डको अध्यक्ष पदमा नियुक्ति गरिएको हो। जसपछि उनी ममयता ब्यानर्जीको नेतृत्व अनि निर्देशनमा  कार्य गर्ने सरकारी कर्मचारी भएका छन्। यसकारण उनको घोषणाले यक्ष क्षेत्रका जनताको चाहनालाई परिपुर्ती गर्दैन। यसैकारण म प्रजातन्त्रको चौथो स्तम्भ मिडियालाई सरकारी कर्मचारीले गरेको दावीको वैद्यतालाई जाँच्ने अनिरोध गर्दछु’ भूमिगत नेता रोशन गिरीले विज्ञप्तीमा भनेका छन्।
यसक्रममा गिरीले गोजमुमो पार्टी एनडीको घटक दल रहेको अनि भविष्यमा पनि एनडीएको साथमा रहने घोषणा गरेका छन्। ‘हामीले एनडीए अनि भाजपासँगको सम्बन्धलाई तोडेका छैनौँ’ रोशन गिरीले विज्ञप्तीमा अझ भनेका छन् –‘हाम्रो विश्वास पूर्णरूपले नरेन्द्र मोदी, अमित शाहसँग़ रहेको छ। हामीलाई प्रधानमन्त्री नरेन्द्र मोदीले वाचा गरेको ‘गोर्खाको सपना मेरो पुरा गर्नेछ भन्ने विश्वास छ अनि आगामी बजेट सत्रमा 11 जात गोष्ठिलाई जनजातिको मान्यता दिने सम्बन्धमा बील पेश गरेर न्याय दिनेछ भन्ने भरोसा रहेको छ।’
रोशन गिरीले पहिला पार्टीको सविधान हेरेको असल - विनय तामाङ

भूमिगत नेता रोशन गिरीले विनय तामाङलाई गोजमुमो पार्टीबाट 1 सितम्बर 2017 का दिन निस्काशित गरेको वाट्सअप-मार्फत् प्रेस विज्ञप्ती जारी गर्नसाथ विनय तामाङले गिरीलाई पार्टीको संविधान हेर्ने सुझाव दिएका छन्। दुवै नेताहरू एकैठाउँ आवद्ध रहेको वाट्सअप ग्रुपमा गिरीले प्रेस विज्ञप्ती जारी गरेपछि यता तामाङले आफ्नो प्रतिक्रिया दिएका हुन्।

‘विनय तामाङ र अनित थापालाई पार्टीबाट निष्कासित गर्ने विमल गुरुङ र रोशन गिरी अहिले दार्जीलिङमा नै छ? उनीहरू बस्ने पार्टी आफिस दार्जीलिङ नै छ कि कता छ? उनीहरूको केन्द्रीय समितिमा अहिले कतिजना छ  जतिबेला यी दुईलाई निष्कासित गरियो त्यति बेला कतिजनाको उपस्थितिमा निकालियो अनि पार्टीको रेजिस्टर्ड आफिस दार्जीलिङ हो भने यो निर्णय किन सिक्किममा बसेर लियो?’ विनय तामाङले गिरीलाई प्रश्न गर्दै अझ भनेका छन्- ‘रोशन गिरीले पहिला पार्टीको सविधान हेरेको असल।’

http://www.gafsaff.com/

‘विनय तामाङलाई 1 सितम्बर 2017 क दिन पार्टीको केन्द्रिय कमिटिले निस्कासित गरेको हो। यसकारण उनलाई गोजमुमो पार्टीको पक्षबाट बोल्ने कुनै अधिकार छैन साथै पार्टीको लेटर प्याड अनि नाम समेत प्रयोग गर्ने पाउनेछैन’ उक्त कुरा भूमिगत नेता रोशन गिरीले एक प्रेस विज्ञप्ती जारी

Read latest post filed under political news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.