८ वटा माग राखेको दाबी गर्दै तेस्रो मोर्चामा सामेल भएको विनयले गरे घोषणा

GJM to support Mamata Third front said Binay Tamang
गोर्खा जनमुक्ति मोर्चा अध्यक्ष विनय तामाङले आज एक प्रेस विज्ञप्ति जारी गरेर एनडीएसँगको सम्बन्ध तोडेको घोषणा गर्दै तेस्रो मोर्चाको घटक दलको समर्थनको घोषणा गरेका छन्। भाजपा विरोधी शक्तिहरूलाई एकजुट गर्दै आगामी लोकसभा चुनाव अघि कोलकोताको ब्रिगेट मैदानमा सम्पन्न तेस्रो मोर्चाको सम्भवत: पहिलो शक्ति प्रदर्शनमा सामेल बनेका विनय तामाङले कोलकोताबाटै प्रेस विज्ञप्ति जारी गरेर भाजपा नेतृत्वधिन एनडीएको घटक दलबाट गोजमुमो पार्टीले फिर्ता लिएको आधिकारिक घोषणा गरेका छन्।
स्मरण रहोस, वितेको वर्ष 2017 को गोर्खाल्याण्ड आन्दोलनपछि गोर्खा जनमुक्ति मोर्चा दुई समुहमा विभाजन बनिसकेको छ। एउटा समुहको नेतृत्व विनय तामाङले गरिरहेका छन भने अर्को समुहको नेतृत्व भूमिगत नेता विमल गुरुङले नै गरिरहेका छन्। यसका साथै पार्टी विभाजनसँगै विमल गुरुङ नेतृत्वधिन गोजमुमो पार्टीले विनय तामाङलाई पार्टीबाट निस्कासितको घोषणा गरिसकेको छ भने विनय तामाङ नेतृत्वधिन गोजमुमोले विमल गुरुङलाई पार्टीबाट निस्कासित गरिसकेको छ। यस्तो अवस्थामा गोजमुमो विनय तामाङ समुहले भाजपाद्वरा नेतृत्व गरिएको एनडीएबाट समर्थन फिर्ताको घोषणा गरेको हो।
‘गोर्खा जनमुक्ति मोर्चा विगत 10 वर्षदेखि एनडीएको घटक संगठन रहेर इमान्दारिता पेश गरेतापनि एनडीए सरकारले गोर्खाहरूलाई झूटो आश्वासन अनि विश्वासघातमात्रै गरेकोले नै यसपल्ट दार्जीलिङ पहाड़वासी गोर्खाहरूको हितार्थ 2019 को लोकसभा चुनाउमा एनडीएसितको नातालाई तोड़ेर तेस्रो मोर्चा गठबन्धनमा सामेल हुने निर्णय लिएको हो’ विनय तामाङले घोषणा गर्दै भनेका छन्।
तामाङले तेस्रो एनडीएसँग सम्बन्ध तोडेर तेस्रो मोर्चामा सामेल बन्न अघि 8 वटा महत्वपूर्ण मागहरू पनि पेश गरेको पनि तामाङले बतएका छन्। तेस्रो मोर्चाको संयोजक मुख्यमन्त्री ममता ब्यानर्जी मार्फत तामङले 8 वटा मागहरू लिखितरूपमा पेश गरेका छन्।
गोजमुमोको तर्फबाट तेस्रो मोर्चा गठबन्धनलाई राखिएको 8 वटा मागहरू निम्नलिखित रहेका छन्-
1. गोर्खाहरूको राष्ट्रिय चिह्नारी एवं राजनैतिक सुरक्षा सुनिश्चित गरिनुपर्नेछ।
2. गोर्खा समुदायका 11 वटा जातगोष्ठीलाई जनजातिको मान्यता प्रदान गरिनुपर्नेछ।
3. सिन्कोना अनि चियाबारीका वासिन्दाहरूलाई उनीहरूको जमीनको अधिकार (पर्जा-पट्टा) प्रदान गरिनुपर्नेछ।
4. राष्ट्रीयस्तरमा नै नेपालीभाषी भारतीयहरूलाई भाषिक अल्पसंख्यक समुदायको मान्यता प्रदान गरिनुपर्नेछ।
5. जीटीएलाई  डेभलोभमेन्ट अफ नर्थ इस्टर्न रिजन (DoNER). मा अन्तर्भुक्त गरिनुपर्नेछ।
6. चिया कमानहरूमा यथाशीघ्र मिनिमम् वेजेस एक्ट लागु गरिनुपर्नेछ।
7. कालेबुङ जिल्ला अधिनस्थ रहेका डीआई फण्डको जमीन जीटीएको सम्झौतामा उल्लेक गरिएअनुरूप जीटीएलाई हस्तान्तरण गरिनुपर्नेछ।
8. दार्जीलिङ पहाडको सर्वाङ्गीण विकासको निम्ति भारतको केन्द्र।सरकारले प्रति बर्ष 400 करोड रूपियाँ आवन्टन गरिनुपर्नेछ।
तामाङले राखेका उक्त मागहरूबारे मुख्यमन्त्री ममता ब्यानर्जीबाट सकारात्मक आश्वासन प्राप्त भएको पनि तामाङले दाबी गरेका छन्। ‘तेस्रो मोर्चा गठबन्धनले केन्द्रमा सरकार बनाउन सक्षम भएको खण्डमा उक्त 8 वटै मागहरूमाथि अविलम्ब कार्यान्वयन गरिने उनले वचन दिएका छन्’ तामाङले भनेका छन्। 
22 वटा विभिन्न राष्ट्रीय दलका शीर्ष नेतृत्त्वहरू मञ्चस्थ रहेको आजको तेस्रो मोर्चा गठबन्धनको र्‍यालीले भाजपाको कालो शासन केन्द्रबाट हटेर जाने सङ्केत दिइसकेको भन्दै केन्द्रमा भाजपाको अन्तसितै पहाड़बाट पनि झूट अनि आश्वासनको राजनीति समाप्त भएर जाने उनले बताएका छन्।
‘लोकसभा चुनाउ 2019 पछि दार्जीलिङ पहाड़को राजनीतिले पनि नयाँ दिशा लिनेछ। झूट, आश्वासन, हत्या-हिँसाको तानाशाही शासनतन्त्रलाई जरैबाट उखेलेर दार्जीलिङ पहाड़ले व्यवस्थित, विकसित, स्वनिर्भर अनि शान्तिमय सुशासनको स्थापना गर्नेछ। सम्पूर्ण गोर्खाहरूको हक-हित अनि राजनैतिक सुरक्षा अनि चिह्नारी सुनिश्चित गर्न दार्जीलिङ पहाड़ले अब भिजन अनि मिशनको साथमा नयाँ राजनैतिक आयाम शुरू गर्नेछ’ विनय तामाङले भनेका छन्।
 http://www.gafsaff.com

गोर्खा जनमुक्ति मोर्चा अध्यक्ष विनय तामाङले आज एक प्रेस विज्ञप्ति जारी गरेर एनडीएसँगको सम्बन्ध तोडेको घोषणा गर्दै तेस्रो मोर्चाको घटक दलको समर्थनको घोषणा गरेका छन्।

Read latest post filed under political news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.