गोर्खाल्याण्ड जागरूक्ता जगाउँदै दार्जीलिङ लोकसभा समष्टिभरी जापको पैदल यात्रा हुने

JAP president harka Bahadur Chhetri
लोकसभा चुनाव घोषणा हुन ठिक अघाडी जन आन्दोलन पार्टीले चौथो स्थापना दिवसको अवसरमा पैदल यात्राको घोषणा गरेको छ। जाप अध्यक्ष डा. हर्कबहादुर छेत्रीले छुट्टै राज्य गोर्खाल्याण्डको निम्ति जनतामा जागरूक्ता जगाउँदै दार्जीलिङ लोकसभा समष्टि क्षेत्रभरी पैदल यात्रा गर्ने घोषणा गरेका छन्। पार्टीको स्थापना दिवसमा राजनैतिक कार्यक्रम गर्न राज्यको पुलिस प्रशासनबाट अनुमति नपाएको भन्दै जाप अध्यक्ष डा. हर्कबहादुर छेत्री, महासचिव नयन प्रधान लगायत अन्य कार्यकर्ताहरू आज डेलो नजिक सिंहबाहिनी मन्दिर अनि हनुमान मन्दिर पुगेका थिए। उनीहरूले पार्टीको चौथो स्थापना दिवस उक्त मन्दिरमा सामान्य रूपले पूजा अर्चना गरेर पालन गरेपछि गोर्खाल्याण्डको नाउँमा पदयात्रा गर्ने घोषणा गरेका हुन्।
‘जन आन्दोलन पार्टीले छुट्टै राज्य प्राप्त नगरेसम्म दृढ संकल्प लिएर अघि बडीरहनेछ’ डा. हर्कबहादुर छेत्रीले चौथो स्थापना दिवसको अवसरमा ईश्वरको चरण छोएर भने। यसैक्रममा उनले आज देखि नै आफुहरूको पैदल यात्रा सुरुआत भएको घोषणा गरे। उनले धार्मिक स्थलको भ्रमण गरेर पैदल यात्राको घोषणा गर्नको मुख्य कारण यात्रा शान्तिमय प्रकारले सुरुआत गर्न चाहेको पनि बताए। उनले आज पैदल यात्राको थालानी गरेको बताउँदै यो यात्रा सम्पूर्ण दार्जीलिङ पहाडको लोकसभा समष्टि क्षेत्रभरी नै गरिने पनि स्पष्ट पारेका छन्।
‘हाम्रो पैदल यात्रा आजदेखि नै सुरु भयो। आज हामी डेलोदेखि दुर्पिनसम्म पैदल हिँड्नेछौँ। त्यस अवधी बाटोमा मानिसहरूँग भेटघाट गरेर कुराकानी पनि गर्नेछौँ। त्यसरीनै हामी दार्जीलिङ लोकसभा समष्टिको सम्पूर्ण ठाउँहरूमा पैदल यात्रा गर्नेछौँ’ डा. हर्कबहादुर छेत्रीले भने।
उनले पैदल यात्राको घोषणा गर्दै महात्मा गान्धीको दाण्डी यात्रा देखि लिएर माउतेत्सुङको पैदल यात्राको पनि सम्झना गरे। उक्त दुवैवटा पैदल यात्राहरूले जनतामा जागरूकता फैलाउने कार्य गरेको भन्दै आफुहरूको पैदल यात्रा पनि जनतामा जागरूकता ल्याउनकै निम्ति हो भने।
उनले पत्रकारहरूसँगको कुराकानीमा पदयात्रा गर्दा जनतामा राजनैतिक चेतना जगाउने अनि जनताको दुखेको बुझ्ने पनि बताएका छन्। यसैक्रममा उनलाई आगामी लोकसभा चुनावबारे प्रश्न गर्दा उनले जनताले जे चाहन्छन् त्यहीँ हुने बताएका छन्। अर्कोतर्फ हालमा दार्जीलिण्ब्ग लोकसभा समष्टिबाट भूमीपूत्र प्रार्थी हुनपर्छ भन्ने चर्चा चलिरहेको सन्दर्भमा प्रज़्श्न गर्दा डा. छेत्रीले ‘दिल्ली र कोलकोतामा हाइकमाण्ड भएको राजनैतिक दलको भूमी पुत्र काम लाग्दैन’ भने। ‘अघि दावा नर्बुला, आनन्द पाठक, एसपी लेप्चाहरूल्र भोट जितेर गएका हुन्। उनीहरू सबै भूमिपूत्र नै भए पनि जनताको आकाङ्क्षा पुरा गर्न सकेनन्। किन भने उनीहरूको पार्टीको हाइकमाण्ड दिल्ली र कोलकोतामा थियो। अहिले शान्ता छेत्री राज्यसभा सांसद छन्। उनले पनि राज्यसभामा गोर्खाल्याण्डको कुरा उठाउन सक्दैनन्। किनभने उनको पनि हाइकमाण्ड कोलकोतामा छ। सोहिकारण अब हुने भूमीपूत्रको हाइकमाण्ड दिल्ली र कोलकोता होइन तर पहाडमा नै हुनपर्छ’ डा. हर्कबाहादुर छेत्रीले भने।
यसैक्रममा जन आन्दोलन पार्टीका युवा एकाई सचिव नरेश राईले ‘हर्कसँग हिँडौँ संसदको यात्रा गरौँ’ भन्ने नारासँगै पदयात्राको थालनी गरेको बताएका छन्। उनले आगामी लोकसभा चुनाव नजिक आएको बताउँदै जनमा राजनैतिक चेतना जगाउन अनि गोर्खाल्याण्डबारे बुझाउन नै जापले पदयात्रा सुरु गरेको पनि स्पष्ट पारेका छन्।

http://pratibymba.com

लोकसभा चुनाव घोषणा हुन ठिक अघाडी जन आन्दोलन पार्टीले चौथो स्थापना दिवसको अवसरमा पैदल यात्राको घोषणा गरेको छ। जाप अध्यक्ष डा. हर्कबहादुर छेत्रीले छुट्टै राज्य गोर्खाल्याण्डको निम्ति जनतामा

Read latest post filed under political news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.