वैकल्पिक मार्ग हुने सम्भावनामा कटवाल गोलाईसम्मको सडक

Manager office to Katwal Golai Road Mungpoo
बढ्दो जनघनत्वसंगै भौतिक सुविधा साधनको वृद्धिले साँघुरो बन्दै गइरहेको मङपु रेसेप बजार रोडको वैकल्पिक मार्ग हुनसक्ने सम्भावना लिएर यहाँको सिन्कोना व्यवस्थापक कार्यलयदेखि कटवाल गोलाईसम्मको अलकत्रे सडक निर्माण कार्य केही दिनभित्रमै पूर्ण हुन गइरहेको छ | बर्तमान यान वहानको वृद्धिले नालीडाँडादेखि रेसेप बजारभित्र दिनहुँ जाम लागेर बस्ने झमेला भविष्यमा यस नव निर्मित सडकले निर्मुल गर्न सक्ने थुप्रै सम्भावना मङपुबासीले गरिरहेको छ | रेसेप विभागका स्थानीय मानिसहरुले धेरै पहिलेदेखिनै यस सडकलाई झोडाहरु बनाएर पक्की सडक निर्माण गरिदिने विभिन्न राजनैतिक दलहरुअघि निवेदन राखे पनि पूर्ण हुनसकेको थिएन | वस्तुत: यो सडक एउटा ऐतिहासिक अंग्रेजकालीन सडक हो जसलाई त्यस्ताक डाक रोड भनेर चिनिने गरिन्थ्यो भने कालान्तरमा यो सडकले आफ्नो अस्तित्वसमेत स्थिर राख्न नसकिरहेको अवस्थामा थियो जसलाई विगत वर्षको मई महिनादेखि जम्मा ९ वटा झोडा, कल्वार्टहरु निर्माण गर्दै गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको पक्षबाट स्टेट हेड बजेटबाट निर्माण गरिएको जानकारी प्राप्त भएको छ | जम्मा ७० लाख रुपियाँको लागत साथै प्राय: १ किमी दुरात्वमा निर्माण भइरहेको यस सडक स्थानीय कदम्बरी कन्स्ट्रक्सनको देखरेखमा चलिरहेको छ |
बिशेष गरेर रेसेप बजार नजिकै भएपनि बजारसंग जोडिने सडकले गाउँ छुन नसकेकोले हालसम्म यहाँका मानिसहरुले विरामी अवस्था साथै अन्य धेरै सर समानहरु घर ल्याउन पर्ने अवस्थामा धेरै नै दु:ख झेलिरहेका थिए भने कतिले पक्की सडकको सपना देख्दा देख्दै प्राण त्याग गरिसकेको बताइएको छ |
यस्तो ऐतिहासिक सडकलाई पुन: निर्माण गर्दै क्षेत्रबासीको असुविधालाई समाप्त गर्न हालसम्म पहाडमा विभिन्न सत्ताधारी राजनैतिक दलहरु आए, विभिन्न दलहरुलाई सडक सम्बन्धि निवेदन चडाइयो तर अन्तमा गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन बीओएको गठन साथै यसका उपाध्यक्ष अनित थापाको निस्वार्थ जनभावनाले मात्र सो निर्माण कार्य पूर्ण हुने सकेको छ जसले यहाँका हजारौं जनता लाभान्वित हुनेछ भन्दै गाउँलेको पक्षमा एवम गोजमुमो रेशेप शाखाको पक्षमा रिनेश शेर्पाले जीटीए अध्यक्ष अनि उपाध्यक्षद्वय बिनय तामांग र अनित थापाप्रति कृतज्ञता प्रकट गरेका छन् ||   

बढ्दो जनघनत्वसंगै भौतिक सुविधा साधनको वृद्धिले साँघुरो बन्दै गइरहेको मङपु रेसेप बजार रोडको वैकल्पिक मार्ग हुनसक्ने सम्भावना लिएर यहाँको सिन्कोना व्यवस्थापक कार्यलयदेखि कटवाल गोलाईसम्मको अलकत्रे सडक निर्माण कार्य केही दिनभित्रमै पूर्ण हुन गइरहेको छ |

Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.