गोर्खा जनमुक्ति मोर्चाको पूर्व नेता विमल
दर्जी जेलबाट रिहा भएका छन्। उनी गत 8 दिसम्बर 2018 को दिन तीनधारेस्थित
आफ्नै घरबाटै पक्राऊ परेका थिए। त्यस दिनदेखि जेलमा रही बुधबार साँझ जेलबाट
अन्तरिम जमानतमा रिहा भएका छन्। उनले जानकारी दिए अनुसार मंगलबार खरसाङको
कोर्टबाट अन्तरिम जमानतमा बेल पाएपछि बुधबार साँझ 4-4.30 तिर खरसाङको
जेलबाट रिहा भएका हुन्। जेलबाट रिहापछि उनी तीनधारेस्थित आफ्नै घरमा रहेका
छन्। बिमल दर्जी गोर्खा जनमुक्ति मोर्चाको केन्द्रीय सदस्य एंव
डीटीडीपीएलयुको खरसाङ महकुमाको संयोजक पनि रहिसकेका थिए।
http://pratibymba.com

Post a Comment
We love to hear from you! What's on your mind?