सिन्कोना पदोन्नतिको निम्ति हर्करामको आमरण अनशन बन्यो स्थगित

United forum president LM Sharma, Harkaram Rai, Darjeeling DSP in Cinchona Director Office
विगत केही दिनअघि देखि सिन्कोना बगानमा ग्रुपडी पदोन्नति झट्ट हुनपर्छ नत्र आमरण अनशन बस्छु भन्दै विभिन्न पत्र पत्रिका लगायत अल इन्डिया रेडियो खरसाङ समाचार समेतमा आफ्नो वक्तब्य दिएर चर्चामा आएका सिटोङ सिन्कोना बगानबासी हर्करामले सिन्कोना हेड क्वाटर मङपुको पनि केही विभागहरुको मस्टरमा गएर पदोन्नति विषय जानकारी गराउंदै आज बिहान ठीक १० बजे उसो सिन्कोना निर्देशक डा० सामुयल राईको कार्यलय अघि अनशन बस्ने घोषणा गरेका थिए | यही विषयलाई लिएर आज निर्देशकको कार्यलयमा बिहानैदेखि चर्चा र उथुल पुथुल चलेको थियो भने स्थानीय पुलिस आउटपोस्टका अधिकारी, अन्य सुरक्षाकर्मी लगायत दार्जीलिंगबाट डीएसपी समेत निर्देशक कार्यलय अघि भेला भएका थिए | सिन्कोना बगानमा अन्ययाय भइरहेको अनि ग्रुप डी पदोन्नति ठप्प रहेकोले नै आफु सम्पूर्ण सिकोनाबासीको भलाईको निम्ति अनशनमा बस्न घरबाट निस्केको जनाउदै हर्करामले भारत स्वतन्त्र गराउनमा पनि सर्वप्रथम महात्मा गान्धी एक्लै अघि सरेका थिए यसैले आज म पनि ग्रुप डी पदोन्नति चालु गराउन र अस्थायी मजदुरहरुलाई स्थायी बनाउन अघि आएको हुँ भनी बताए | यसरी अनशन बस्न आफुले डीएम, एसपी, सिन्कोना निर्देशालय लगायत पुलिस चौकीहरुबाट पनि अनुमति माग्दै स्वास्थ्य विभागसम्मलाई जानकारी गराएको जनाए | यसै विषयलाई केन्द्र गरेर युनाइटेड फोरम सभापति एलएम शर्मा पनि उपस्थित रहेका थिए भने तिनले हर्करामले एकदमै सठीक र वैध कदम चलेको जनाएका थिए |

तर अनशन बस्न अघि हर्कराम र एलएम शर्मा अनि अन्य व्यक्तिहरु निर्देशकसित प्राय: दुई घण्टा जाति वार्तामा बसेर निस्केपछि माहोल बेग्लै बन्यो | नाटकीय बन्दै गयो स्थिति | यता निर्देशक डा० सामुयल राईसित बुझ्न चाहँदा वार्तामा केवल सिटोङ सिन्कोना बगानमा एक जना व्यक्तिको आफन्तले विरोध गर्दा बद्ला काम नपाएको, सठीक नियम अनुसार खटाइएको काममा नजाँदा दुई वर्षसम्म वेतन नपाइएको, कतिले कामै नगरी वेतन थापिरहेको गुनासो, मोडेल हाउस नपाएको गुनासो, आफ्नो बद्ला कामको गुनासो जस्ता विषयहरुमाथि चर्चा भएको थाहा लागेको छ | तैपनि निर्देशक राईले गणतान्त्रिक देशमा नियम अनुसार अनशन बस्न पाउने र तिनको निजी निर्णय माथि कुनै प्रतिक्रिया नगर्ने बताए | यता वार्तापछि निस्केका फोरम सभापति एलएम शर्माले हर्करामले कतिपय कदम निर्देशकको परिधिदेखि बाहिरको चालिरहेकोले यसरी होइन सबै युनियनहरुसित एकपल्ट सम्पर्क गरेर मात्र अनशन बस्ने सुझाव दिएको बताए भने हर्करामले पहिले आफुसितै समस्या लिएर आएका पिडित सिटोङ सिन्कोना कमानका व्यक्तिहरु देखाउंदै पत्रकारहरुलाई सम्बोधन गरेको व्यक्तिहरुलाई अन्तमा आफुले लिएर आएको अस्विकार गरे | यसरी नै तिनले अनसनको निम्ति डीएम, एसपी आदिबाट अनुमति लिएको बयान दिएको दुई घण्टा नबित्दै आज फोरम सभापति एलएम शर्मा नभएको भए आफु पुलिसबाट एरेस्ट भइसक्ने बताए भने दीर्घ दिनदेखि बन्द रहेको पदोन्नति लिएर कोही त आन्दोलनमा उत्रियो भनी खदा लिएर स्वागत जनाउन तम्सेका स्थानीय सिन्कोना मजदुरहरु बाटोमै जिल्ल परे | अन्तमा हर्करामले आफुले अनसन तोडेको होइन केही समयलाई स्थगित गरेको जनाए ||

विगत केही दिनअघि देखि सिन्कोना बगानमा ग्रुपडी पदोन्नति झट्ट हुनपर्छ नत्र आमरण अनशन बस्छु भन्दै विभिन्न पत्र पत्रिका लगायत अल इन्डिया रेडियो खरसाङ समाचार समेतमा आफ्नो वक्तब्य दिएर चर्चामा आएका सिटोङ सिन्कोना बगानबासी हर्करामले सिन्कोना हेड क्वाटर मङपुको पनि केही विभागहरुको मस्टरमा

Read latest post filed under cinchona, mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.