Labdah Shiva Mandir Road Repair

अनित थापाको आदेशमा लाब्दा शिव मन्दिर सडक मर्मतिको शिलान्यास

मङपु जोगीघाट अनि सिटोङको यात्रा जोखिम बन्दै गइरहेको समय अघिल्लो सप्ताह मात्र एउटा सवारी वहान लाब्दा विभाग शिव मन्दिर नजिक ब्याक भएर भाग्यले वहानमा सवार यात्रीहरु बाँचेका थिए भने यसको समाचार प्रकाशमा आउन साथ गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन बीओए उपाध्यक्ष अनित थापाले क्षेत्रबासीको असुविधालाई निर्मूल गर्न चाँडो बाटोको काम शुरु गर्ने आदेश दिएका छन् | यसै आदेश बमोजिम आज मङपु लाब्दा समष्टि सांगठानिक सचिव राम पोख्रेलको बाहुलीबाट नरिवल फुटाएर उक्त कामको शिलान्यास गरेको छ | तक्दाह इन्जिनियरिङ सेल अन्तर्गत शुरु हुने यस कार्य अब द्रुत गतिमा हुने जानकारी प्राप्त भएको छ | यही सडक हुँदै दैनिक हजारौं विधार्थी, दुधवाला, सरकारी अनि गैरसरकारी काम गर्ने व्यक्तिवर्ग लगायत जोगीघाट साथै सिटोङ भेकका पर्यटन स्थलहरु घुम्न आउने सयौं पर्यटकहरु पनि ओहर दोहोर गर्ने भएकोले यस बाटोको मर्मति अविलम्ब गरिनु पर्ने आवश्यकता देखिएको समय जीटीए बीओए उपाध्यक्षको समयोचित पहलमा क्षेत्रबासी खुशी हुँदै कृतज्ञता प्रकट गरेका छन् | आजको शिलान्यास कार्यक्रममा गोर्खा जनमुक्ति मोर्चा लाब्दा शाखा सभापति ग्याल्छेन लामा, सचिव दिपेन योन्जन, युवा मोर्चा शाखा सचिव विदेन प्रधान, समष्टि युवा मोर्चा सांगठानिक सचिव दिब्य प्रकाश बोम्जन, तक्दाह इन्जिनियरिङ सेल एक्जुकेटिव इन्जिनियर मदन राई लगायत अन्य क्षेत्रबासी साथै मोर्चा पदाधिकारीवर्गको उपस्थिति रहेको थियो ||

मङपु जोगीघाट अनि सिटोङको यात्रा जोखिम बन्दै गइरहेको समय अघिल्लो सप्ताह मात्र एउटा सवारी वहान लाब्दा विभाग शिव मन्दिर नजिक ब्याक भएर भाग्यले वहानमा सवार यात्रीहरु बाँचेका थिए भने यसको

Read latest post filed under mungpoo news

Post a Comment

Post a Comment

We love to hear from you! What's on your mind?

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

Contact Form

Name

Email *

Message *

Powered by Blogger.