कालेबुङमा नाबालिकको रहस्यमय मृत्यु

Chandralok Janjagrit pariwar protest against minor child dead
चन्द्रलोक निवासी डी.एन प्रधानको घरमा बस्दै आइरहेकी 7 देखि 10 वर्ष उमेर पुगेकी नाबलिक सोनी उरावँ रहस्यमय तरिकाले बेपत्ता बनेपछि चन्द्रलोक जनजागृती परिवारले कालेबुङ थाना अनि कालेबुङ जिल्लापाललाई ज्ञापन पत्र बुझाएको छ।

अर्कोतर्फ उक्त रहस्यमय तरिकाले लापत्त बनेकी नाबालिक सोनी उरावँको भने कालेबुङ जिल्ला अस्पतालमा गत 28 जनवरीका दिन नै मृत्यु भइसकेको अनि मृत्यु भएपछि शवलाई प्रधान परिवारले बेपत्त बनाएको आरोप रहेको छ। जसबारे कालेबुङ बाल सुरक्षा अभियानको चाइल्ड लाइनले कालेबुङ थानामा 29 जनवरीका दिन नै प्राथमिकी दर्ता गर्दा समेत घट्नाको रहस्यको गाँठो भने खोलिन सकेको छैन।
चन्द्रलोक निवासी डी.एन प्रधानको घरमा काम गर्नलाई नाबालिक सोनी उरावँलाई ल्याएर राखेको खबर चाइल्डलाइनलाई गत 26 जनवरीको दिन अपरिचित व्यक्तिले फोन गरेर बताएको थियो। उक्त खबर पाएपछि चाइल्ड लाइनका कार्यकर्ताहरू 27 जनवरीको दिन डी.एन प्रधानको घरमा पुगेपछि उनीहरूले घरमा कसैलाई भेट्न सकेनन्। त्यसपछि पुन: उनीहरूले भोलिपल्ट अर्थात् 28 जनवरीका दिन उक्त घरमा जाँदा घरका सदस्य श्रद्धाञ्जली प्रधानले नाबालिक सोनी उरावँलाई सिक्किम आफन्तको बिहेमा आफ्नै बहिनीले लिएर गएको जानकारी गराएकी थिइन्। यसका साथै उनीहरूलाई श्रद्धाञ्जली प्रधानले अघिल्लो दिन नाबालिक सोनी उरावँको साथमा उनका आवश्यक कागतपत्र सहित आफुहरू घरमा हुने आश्वासन दिएपछि पुन: चाइल्ड लाइनका सदस्यहरू 29 जनवरीका दिन डी.एन प्रधानको घरमा पुग्दा उनीहरूले नाबालिक नानीलाई घरका मानिसहरूले उसको घर चाल्सा लिएर गइसकेको खबर पाएका थिए। त्यसपछि सोहि दिन चाइल्ड लाइनका सदस्यहरू श्रद्धाञ्जली प्रधानकी बहिनी गिताञ्जली प्रधानको बोङबस्ती स्थित घरमा जानकारी लिन जाँदा उनी कोलकोता प्रस्थान भइसकेकी थिइन् भने त्यहीँबाट उनीहरूले नाबालिक नानी कालेबुङ जिल्ला अस्पतालमा भर्ना भएको खबर प्राप्त भएको थियो। त्यसपछि पुन: चाइल्ड लाइनका सदस्यहरू कालेबुङ जिल्ला अस्पतालमा पुगेर जानकारी लिँदा नाबालिक सोनी उरावँलाई सोनी प्रधानको नाउँमा कालेबुङ जिल्ला अस्पतालमा 28 जनवरीका दिन 1:35 बजे सिकिस्त अवस्थामा भर्ना गरिएको अनि चार घण्टापछि अर्थात् 5:35 बजे उनको मृत्यु भएको रिपोर्ट प्राप्त भएदेखि नै नाबालिक सोनी उरावँको मृत्युलाई लिएर रहस्यको गाँठो खुल्न सकेको छ।
नाबालिक सोनी उरावँ उर्फ सोनी प्रधानको कालेबुङ जिल्ला अस्पतालमा मृत्यु भएको पुष्टि भए पनि यता शवलाई लिएर जाने श्रद्धाञ्जली प्रधान एवम् डी.एन प्रधानको परिवार पक्ष पनि घरमा तालाबन्दी गरेर लापत्त बनेका छन्। एकातिर नाबालिकको मृत्यु हुनु अनि अर्कोतर्फ नाबालिकलाई ल्याएर राख्ने घरका सदस्यहरू एकाएक लपत्त बनेपछि उक्त घट्नाको पछि निश्चय नै कुनै रहस्य हुनसक्ने सम्भावना बडेर गएको छ।
जसबारे घट्नाको सत्यता पत्तो लगाउन चाइल्ड लाइनको बाल सुरक्षा अधिकारी शिला गिरीले मृतक नाबालिक सोनी उरावँको पत्तो लगाएर न्याय दिलाउनुपर्ने माग गरेकी छन्। ‘हामीले नानीको मृत्यु भएको हो भने उनको मृतदेहलाई कहाँ अन्तिम संस्कार गरियो अथवा के गर्यो भन्ने खोजी गर्नुपर्ने माग गरेका छौँ। उनको मृत्युपछि शवको पत्तो नलाग्नु अनि घरका सदस्यहरू समेत घरबाट तालाबन्दी गरेर अचानक हराउनुले रहस्य गहिरिएको छ। यसकारण प्रशासनले पत्तो लगाएर न्याय दिलाओस् भन्ने हाम्रो माग छ’ चाइल्ड लाइनकी अधिकारी शिला अधिकारीले भनिन्।
अर्कोतर्फ सोही घट्नालाई लिएर आज चन्द्रलोक जनजागृती परिवारले कालेबुङ थाना अनि कालेबुङ जिल्लापाललाई ज्ञापन पत्र बुझाएर डी.एन प्रधानको घरमा काम गर्न ल्याएर राखेको नाबालिक सोनी उरावँ केहि दिनदेखी लापत्त रहेको अनि त्यसै दिनदेखि घरका सदस्यहरू पनि लापत्त भएको कारण घट्नाको रहस्य गहिरिएर गएको भन्दै प्रशानले खोजी गर्नुपर्ने माग गरेको छ। यस सम्बन्धमा चन्द्रलोक जनजागृती परिवारले रञ्जना तामाङ अनि कुमारी परियारले जानकारी दिएकी छन्। उनीहरूले नानीको मृत्यु भएको हो भने पनि आजसम्म परिवारका मानिसहरूले अन्तिम संस्कार गर्नका निम्ति घरमा ल्याएर नआए पछि रहस्य गहिरो बनेको भन्दै न्याय पाउनुपर्ने माग गरेका छन्।

http://www.gafsaff.com

चन्द्रलोक निवासी डी.एन प्रधानको घरमा बस्दै आइरहेकी 7 देखि 10 वर्ष उमेर पुगेकी नाबलिक सोनी उरावँ रहस्यमय तरिकाले बेपत्ता बनेपछि चन्द्रलोक जनजागृती परिवारले कालेबुङ थाना अनि कालेबुङ जिल्लापाललाई ज्ञापन पत्र बुझाएको छ।

Read latest post filed under regional news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.