Nalidara PWD bunglow to Bijkaman Dokandara Road

अनित थापाद्वारा पीडब्ल्यु बङलोदेखि दोकानडाँडासम्म सडक पुननिर्माणको शिलान्यास

धेरै वर्षपछि नालीडाँडा पीडब्ल्युडी बङलोदेखि रेसेप बजार हुँदै दोकान डाँडा बिचकमानसम्मको जीर्ण अवस्थामा पुगिसकेको सडक पुननिर्माण हुने भएको छ | शनिबार गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन बीओए उपाध्यक्ष अनित थापाको बाहुलीबाट यस पुननिर्माण कार्यको निम्ति शिलान्यास गरिएको छ | जुन सडकलाई रेसेप बजार, कटवाल गोलाईसम्म मेस्टिक गरिने अनि त्यहाँदेखि दोकानडाँडासम्म साधारण रुपले गरिने भएको छ | यसको साथै केही दिनअघि नवनिर्मित कटवाल गोलाईदेखि व्यवस्थापक कार्यलयसम्मको बाटो सडकको पनि उद्घाटन गर्दै सम्बन्धित विभागलाई सुम्पिने कार्य भयो | यही लहरमा बिचकमान कपिस डाँडादेखिको ओह्रालो गाउँ जाने सडक पनि मर्मति गर्न शिलान्यास गरियो | हालमा मङपुको जताततै सडकहरु जीर्ण अवस्थामा पुगिसकेकोले अनि धेरै वर्षहरुदेखि मर्मति कार्यहरु हुन नसकिरहेको हुँदा सम्बन्धित विभागले ती सडकहरुलाई जिर्नोधर गर्न अति आवश्यक रहेको देखिन्छ | जीर्ण रहेको अन्य सडकहरुमा लाब्दा शिव मन्दिरदेखि जोगीघाटसम्म, नालीडाँडादेखि मङपु जन मैदानसम्म पनि अत्यावश्यक रुपमा मर्मति गर्न पर्ने भएको छ भने मङपुका विभिन्न गाउँहरुमा पिडित जनताले नयाँ सडक निर्माण गरिदिने मागहरुको सुची पनि धेरै नै छ जसलाई सम्बन्धित विभाग, ठेकेदार अनि यस क्षेत्रमा जागरुक व्यक्तिहरुले यी समस्याहरुलाई सठीक स्थानमा उठान गर्न आवश्यक देखिन्छ |

यी कार्य योजनाहरुको शिलान्यास गर्न आएका उपाध्यक्ष अनित थापाको साथमा गोजमुमो केन्द्रीय समिति सदस्य रतन थापा, किशोर थापा सभापति मह्कुमा समिति, शरण देवान प्रचार प्रसार सचिव, केन्द्रीय समिति सदस्य मिरेन लामा, गोजमुमो मङपु लाब्दा समष्टि सभापति एडवर्ड लेप्चा, सचिव गगन राई, किशन बुडाथोकी अनि समष्टिका अन्य नेतृत्वहरुको पनि उपस्थिति रहेको थियो ||

धेरै वर्षपछि नालीडाँडा पीडब्ल्युडी बङलोदेखि रेसेप बजार हुँदै दोकान डाँडा बिचकमानसम्मको जीर्ण अवस्थामा पुगिसकेको सडक पुननिर्माण हुने भएको छ | शनिबार गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन बीओए उपाध्यक्ष अनित थापाको बाहुलीबाट यस पुननिर्माण कार्यको निम्ति शिलान्यास गरिएको छ |

Read latest post filed under mungpoo news

Post a Comment

Post a Comment

We love to hear from you! What's on your mind?

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

Contact Form

Name

Email *

Message *

Powered by Blogger.