खरसाङको रहस्यमय चिम्नीप्रति अझै बेसी पर्यटकको आकर्षण

chimney in kurseong
रहस्यमय चिम्नीले पर्यटकहरूलाई अझै बेसी आकर्षित पारिरहेको छ। खरसाङदेखि केवल 8 किलोमिटरको दूरीमा अवस्थित चिम्नी आगोको धुँवा जाने चिम्नी नै हो, जुन प्रथम विश्‍व युद्धको समय ब्रिटिश सेनाले विश्राम गर्नको लागि यसको निर्माण गरेको बताइएको छ। तर यो चिम्नी विश्रामको लागि बनाइएको हो भन्ने विषयलाई धेरैले अस्वीकार गरेका छन् र यो अस्वीकृतिमा निकै गहनता पनि छ। किनभने, चिम्नी बस्न वा विश्राम गर्नको लागि कदापि बनाइँदैन।
यसै विषय लिएर यसै चिम्नी गाउँ निवासी कर्ण छेत्रीसित कुराकानी गर्दा उनले यसको इतिहास यसै गाउँका वृद्ध-वृद्धाहरूलाई पनि थाह नभएको बताए। उनले भने-यो चिम्नीको निर्माण ब्रिटिशकालमा भएको हो भन्ने प्रायः सबैले बताउने गरेका छन्, तर ब्रिटिशले यसको निर्माण किन गरे भन्ने रहस्य अहिलेसम्म खुलेको छैन।

लगभग 23 फीट अग्लो यो चिम्नीको इतिहास कसैलाई थाह नभए पनि यसले पर्यटकहरूलाई भने आकर्षित तुल्याइरहेको छ। जसको कारण यस वरिपरिका गाउँहरूमा होमस्टेहरूको संख्यामा पनि निकै बढोत्तरी भइरहेको छ। चिम्नी गाउँका कतिपय मानिसहरूले यो चिम्नी आगोको धुँवा बाहिर फ्याँक्नको लागि नै बनाएको हो भन्ने बताएका छन् भने कतिले ईंटा बनाउनको लागि यसको निर्माण गरिएको बताएका छन्। यदि धुँवा फ्याँक्नको लागि यसको निर्माण गरिएको हो भने यस स्थानमा गाउँ बसाइएको 80 वर्ष पनि भएको छैन। यसैले कसको लागि वा कुन गाउँ-घऱको लागि यसको निर्माण गरिएको हो भन्नेबारे प्रश्‍नको समाधान हुनैसकेको छैन। यदि ईंटा बनाउन वा ईंटा बनाउने माटो पकाउऩको लागि यसको निर्माण गरिएको हो भने यसलाई केही हदसम्म पत्याउन पनि सकिन्छ। तरै पनि यसमाथि कसैले किटान गरेर भन्नै सकेका छैनन्।
ईंटा र ढुङ्गाले निर्माण गरिएको यस चिम्नीलाई रातो रङ्गले रङ्गाइएको छ, जुन परिसरलाई पर्यटकहरूका लागि अझै आकर्षक बनाउने काम धमाधम चलिरहेको छ। यस स्थानमा कार्यरत कर्ण छेत्रीले भने-वन विभागले यस स्थानमा पार्क निर्माण गरिरहेको छ। ताकि यसले अझै बेसी पर्यटकहरूलाई आकर्षित तुल्याउन सकोस्। चारैतिर हरियाली जंगलले घेरिएको यस स्थानबाट बाघौडा आएपछि पर्यटक वा स्थानीय प्रकृतिप्रेमीहरूले वन जंगलको बाटोमा पैदल यात्राको पनि आनन्द लिन सक्छन्। सिञ्चेल वन्य क्षेत्रको यस स्थानमा धेरै वन्य प्राणीहरू पनि देख्न सकिन्छ।
http://pratibymba.com

रहस्यमय चिम्नीले पर्यटकहरूलाई अझै बेसी आकर्षित पारिरहेको छ। खरसाङदेखि केवल 8 किलोमिटरको दूरीमा अवस्थित चिम्नी आगोको धुँवा जाने चिम्नी नै हो, जुन प्रथम विश्‍व युद्धको समय ब्रिटिश सेनाले विश्राम गर्नको लागि यसको निर्माण गरेको बताइएको छ।

Read latest post filed under tourism

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.