Vehicle slipped at labdah division Shiva Mandir

मङपु सिटोङ जोड्ने सडक बन्दैछ खतरानक

मङपुदेखि जोगीघाट, सिटोङ, खरसाङ अनि अन्य स्थानहरुसित जोड्ने सडक लाब्दा शिव मन्दिर मुन्तिर खतरनाक बन्दै गइरहेको छ | यस सडकको गाडे घाउ जस्तै बन्दै गइरहेको स्थानमा आज बिहान सिटोङदेखि सिलिगुडी गइरहेको सवारी गाडी जीर्ण अवस्थामा रहेको उकालोमा चड्न नसक्द ब्याक भएर सडकको डिलमा पुगि अडिएपछि चालक र वहानमा सवार यात्रीहरु भाग्यले बाँचेको छ | वहानको एउटा चक्काले सडक छोडेर झुण्डिए पनि अन्य तीनवटा चक्काले मात्र थामेको अवस्थामा यात्रीहरु उत्रेर भाग्यले बाँचेका छन् भने वहान डील मुनि झार्न सक्ने अवस्थामा रहेकोले डोरीले बाँधी अड्काई राखिएको थियो | यसै स्थानबाट विगत वर्ष एउटा लोकल भ्यान डील मुनि झरेपनि कसैको ज्यान भने गएन | स्मरण रहोस, उक्त बाटो निर्माण साथै मर्मतिको निम्ति जीटीए उपाध्यक्षले जोगीघाटमा विश्वविधालय बनिने हुनाले सडकलाई जीटीएको पीडब्ल्युडी विभागमा गाभेर झट्टै चौडादार अनि मर्मति गरिने बताएका थिए | तर आज यत्तिका बितिसक्दा पनि त्यस सडक विषय लिएर कुनै पहल गरिएको छैन जसको कारण धेरै वर्षदेखि नै स्थानीय अनि बाहिरका यात्रीहरुले जोखिम उठाएर हिड्न परिरहेको छ | आजको घटनापछि गाडीले सडक ढाकेर झुन्डिएको कारण अन्य कुनै वहानहरु यस सडक भएर गुड्न सकेन | केही महिना अघि लाब्दा विभागभित्र पर्ने सडक मर्मति भए पनि यसै स्थान मास्तिरसम्म मात्र गरिएकोले यहाँदेखि जोगीघाटसम्म नै सडकको अवस्था बेहाल बन्दै गइरहेको छ | स्थानीय अनि टाडा नजिकबाट आउने पर्यटकहरुलाई यो सडक बाहेक अन्य कुनै विकल्प नहुनको कारण कष्ट झेल्न मात्र होइन तर ज्यानै जोखिममा हालेर यात्रा गर्न परिरहेको स्थिति अघि आएको छ | यसैले कुनै दुर्घटना हुनअघि नै सम्बन्धित विभाग साथै जीटीएले झट्टै समस्यालाई समधान गरिदियोस भन्ने स्थानीय चालक साथै ग्रामबासीले माग गरेको छ ||

मङपुदेखि जोगीघाट, सिटोङ, खरसाङ अनि अन्य स्थानहरुसित जोड्ने सडक लाब्दा शिव मन्दिर मुन्तिर खतरनाक बन्दै गइरहेको छ | यस सडकको गाडे घाउ जस्तै बन्दै गइरहेको स्थानमा आज बिहान सिटोङदेखि सिलिगुडी गइरहेको सवारी गाडी

Read latest post filed under mungpoo news

Post a Comment

Post a Comment

We love to hear from you! What's on your mind?

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

Contact Form

Name

Email *

Message *

Powered by Blogger.