गोर्खा
जनमुक्ति मोर्चा (विमल गुरुङ गुट) का महासचिव रोशन गिरीले गोरामुमो पार्टीसँग हात
मिलाएको जानकारी दिएका छन्। दुवै दलका नेताहरूले आज दिउँसो पत्रकार सम्मेलन आयोजना
गरेर आधिकारिक बयान दिने पनि गिरीले स्पष्ट पारेका छन्। यद्यपी उनले पत्रकार
सम्मेलन कहाँ हुने भन्ने कुराको भने अहिले नै खुलस्त पारेका छैनन्।
‘गोर्खा
जाति अनि दार्जीलिङ, तराई अनि डुवर्सका अन्य जातिको वृहत्तर स्वार्थलाई ध्यानमा
राखेर गोजमुमो अनि गोरामुमो एक भएको छ’ – भूमिगत नेता रोशन गिरीले भनेका छन्।
भूमिगत
नेता रोशन गिरीले गोरामुमो अनि गोजमुमो (विमल गुट) गोर्खा जातिको स्वार्थको निम्ति
एक हुने घोषणा गरेपनि उनीहरूले कसलाई लोकसभा प्रार्थी बनाउने हुन् अथवा दुवै दलले
कसैलाई समर्थन गर्ने हुन् भन्ने कुराको भने पुष्टि गरेका छैनन्।
अर्कोतर्फ
दुईचोटी भाजपा प्रार्थीलाई बोकेर आउने भूमिगत नेता विमल गुरुङले यसपल्ट पनि
भाजपालाई नै समर्थन गर्ने सूत्रको भनाई रहेको छ। यसका साथै गोर्खा राष्ट्रिय
मुक्ति मोर्चाका शिर्ष नेताहरू पनि अहिले भारतीय जनता पार्टीकै नेताहरूको सम्पर्क
रहेका छन्। सोही कारण नै आखिरमा गोरामुमो अनि गोजमुमो विमल गुटले एक भएर 2019 को
लोकसभा चुनावमा भाजकै प्रार्थीलाई सहयोग गर्ने सम्भावना रहेको सूत्रको भनाई रहेको
छ। यद्यपी यसबारे सम्पूर्ण स्पष्ट भने आज हुने पत्रकार सम्मेलनले नै तय गर्नेछ।
http://www.gafsaff.com

Post a Comment
We love to hear from you! What's on your mind?