यसपालीको मतदान कसैलाई पनि होइन पहाडलाई जिताउने गरि हलिदिनुहोस, यसपालीको चुनावमा कुनै दलले होइन गोर्खा जातिले जित्नपर्छ, यसपालीको मतदान कुनै नेताको अनुहार हेरेर होइन, कुन नेताले कति दियो र कति सहयोग गर्यो त्यो हेरेर होइन गोर्खा जातिको भोलिको दिनलाई हेरेर दिनुहोस् भन्दै गोर्खा राष्ट्रीय मुक्ति मोर्चा युवा एकाई केन्द्रीय समिति सदस्य संजोक गुरुङले आज मङपु लाब्दा विभाग गोरेटोमा आयोजित मङपु लाठपन्चर युवा एकाईको सांगठानिक सभालाई सम्बोधन गरे | तिनले पहाडका अन्य दलहरुलाई पनि हिजसम्म जे जस्तो राजनीति गर्यो, पैसा कमायो सबै भुलेर अबको राजनीति जाति बचाउने राजनीति गरिदिनोस पैसा कमाउने होइन, अबको राजनीति झुकेको शीरलाई खडा गर्ने राजनीति गरिदिनोस जातिलाई बेच्ने होइन, आउँदो गोर्खा युवा पिडी, नानीहरुको भविष्य सोंचेर राजनीति गरिदिनोस घरको छोरा मात्रै होइन, हामी पनि तपाइँहरुकै सन्तानभित्र पर्छौं भन्दै अपिल गरेका छन् |
तिनले गोजमुमो नेता बिनय तामांगले गोर्खाल्याण्डको बाधा १९५० को भारत नेपाल सन्धि मानेको कुरोमा आपत्ति जनाउँदै त्यस सन्धिको रेसिप्रोक्लको कुरा गरेर जनतालाई भुल्याउनु पाउँदैन, त्यसको हामी घोर विरोध गर्छौं, कि गोर्खाल्याण्ड संगै टाँस, गोर्खाल्याण्ड भन यदि भन्न सक्दैनौ भने रेसिप्रोकलको कुरा गरेर हामीलाई भुल्याउने काम नगर हामी भुलिनेवाला छैनौ भनेका छन् | तिनले केही दिन अघि गोजयुमोले १०७ दिने आन्दोलनमा राज्यलाई चिठी लेखेर गोरामुमोले आन्दोलन बिथोलेको कुरोमा प्रतिक्रिया जनाउँदै गोरामुमोले कहिले पनि गोर्खाल्याण्डको आन्दोलनलाई विरोध गर्ने काम गरेन, सुबास घिसिंगले कहिल्यै गोर्खाल्याण्डको विरोध गरेन, १०७ दिने आन्दोलनमा पनि गोरामुमो आन्दोलनको मैदानमा उत्रिएकै हो तर रणनीतिविहिन, गतिहीन आन्दोलन गरेर हाम्रो गोर्खा दाजु भाईलाई शहिद पारे तर किन शहिद भए, कसले गर्यो, किन आन्दोलन गरियो त्यसको जिम्मा गोजमुमोले लिएन, अन्तमा गोरामुमोले आन्दोलनको जिम्मा लिएर राज्यलाई चिठी लेखेको हो नत्र अहिलेसम्म उपलब्धिविहिन आन्दोलनमा हाम्रो गोर्खाहरुको लाशको समुद्र बनिसकेको हुने भन्दै यदि ती शहिदहरु कसले गर्यो, किन भयो जिम्मा लेउ आज पनि गोरामुमोले त्यो चिठी फिर्ता लिन तयार रहेको बताए |
यसरी नै गोरामुमो युवा एकाई केन्द्रीय समितिका आनन्द राईले पनि आफ्नो सम्बोधनमा गोजमुमो दुई अनि टीएमसीका समर्थकहरु गोरामुमोमा आइबस्न पर्दैन, घर थाप, टोइलेट थाप अरु केके दिन्छ सबै थाप तर यो पालीको चुनावमा यदि गोर्खाको स्वाभिमान छ भने, यदि गोर्खाको निहुरिएको शीर उठाउछौँ भने, गोर्खाको अस्तित्व बचाउछौँ भने मतदान गर्दा गोर्खा सम्झेर मतदान गर्नु भनेका छन् | तिनले गोजमुमोको चुनावी मुदामा चिया अनि सिन्कोना बगानको पर्जा पट्टाको कुरामा होसियारी गराउंदै यो कुटनीति हो र यसमा पाँच डेसिमल जमीनको कुरा हुँदैछ, जनतालाई खुशी पार्न होइन तर रोहिंगाहरु भित्राउनलाई पर्जा पट्टा बाड्ने कुरो भएको हो भन्दै सबैलाई होसियार बस्ने आह्वान गरे | बिनय तामांगले धारा ७ को कुरा गर्दैछ, त्यो धाराको आन्दोलन हुँदा त बिनय तामांग नेपालमा थियो, उसको नेपालको नागरिकता छ, उसले धारा ७ को कुरा गर्न पनि सुहाउदैन भन्दै त्यो धारा ७ कलेबुंगमा जलाउँदा २७ जुलाई १९८६ मै १२०० शहिद भएको थियो | अब कुनै पनि दलले जाति र माटोसित खेलवाड गर्न हुँदैन भनी राईले थप जनाए |
ज्ञानदीप राई अनि रितेश मोक्तानले संचालन गरेको अनि कैलाश पाख्रीनको अध्यक्षतामा सम्पन्न सभामा गोरामुमो युवा एकाई केन्द्रीय समितिका आनन्द राई, संजोक गुरुङ, अमित प्रधान, खरसाङ ब्रान्च कमिटि युवा एकाईका राकेश राई, आदि उपस्थित रहेका थिए भने प्रवेश राईले उपस्थितिलाई स्वागत जनाएका थिए भने मङपुबाट पनि गोरामुमोका नेतृत्वहरु क्रमैले चमनसिंह प्रधान, केबी गुरुङ, अल्बर्ट घिसिंग, आशिषदीप राई, राम प्रधान आदिको उपस्थिति थियो | यसरी नै सिटोङ अनि लाठ भेकबाट पनि युवा प्रतिनिधिहरु उपस्थित रहेका थिए |
यसै सभामा मङपु जोनल युवा एकाई गठन गरियो जसमा अध्यक्ष प्रदीप राई, उपाध्यक्ष अमित छेत्री, मूल सचिव प्रसन्न तामांग, सहसचिव साहिल राई, बुद्ध रसाइली, कोषाध्यक्ष अभिषेक राई, लेखापरिक्षक दिपेन तामांग, खगेन छेत्रीलाई चयन गरिएको छ | यसरी नै मङपु लाठपन्चर समष्टि युवा एकाई पनि गठन गरियो जसमा अध्यक्ष ज्ञानदीप राई, उपाध्यक्ष गणित गुरुङ, सचिव दीपकर राई, सहसचिव दिपेन तामांग, भुपाल राई, कोषाध्यक्ष योगेश तामांग, लेखापरिक्षक वाङगेल तामांग, अखिल राई, प्रवक्ता जिग्मी सिंग्दनलाई चयन गरिएको छ ||

Post a Comment
We love to hear from you! What's on your mind?