अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा
चियाश्रमिकहरूलाई पर्जापट्टा मिनिमम् वेजेस एक्ट मार्फत् दैनिक हाजिरा तथा
105 दिनको आन्दोलन अवधिको हाजिरा पनि आर्थिक सहयोगस्वरूप उपलब्ध गराउने
प्रतिवद्धता जाहेर गरेका छन्। अन्तर्राष्ट्रिय मई दिवसकै दिन आज उनी पूल-
बिजनबारीका विभिन्न क्षेत्रहरूमा चुनाउ प्रचारको निम्ति भ्रमण गरिरहेका
छन्। पूल-बिजनबारी गोक समष्टिअन्तर्गत नयाँ बस्ती, नयाँ नोर, तुम्बायोक,
किजोमलगायत अन्य ग्रामीण क्षेत्रहरूमा उनले आज चुनाउ पचार कार्य गरे भने
सोही अवधि एक प्रेस विज्ञप्ति जारी गरेर उनले यसो भनेका हुन्।
दार्जीलिङ पहाड़का चियाश्रमिकहरूको
समस्याहरूलाई पार लगाउने हैन तर त्यही मुद्दाहरू लिएर राजनीति गर्ने
नेताहरूमात्रै धेर जन्मिए। यही दुर्भाग्यको कारण अहिलेसम्म चियाकमानका
हाम्रा श्रमिकहरू समस्याग्रस्त रहेका छन्। तर यसपालि हामी पूर्ण
प्रतिवद्धताको साथमा अघि आएका छौं।चियाश्रमिकहरूको पर्जापट्टा, मिनिमम्
वेजेस एक्ट अनि 105 दिनको बन्दावधिको दैनिक हाजिरा हामी प्रदान गरेर
देखाउनेछौं।हामी काम गर्नलाई अघि आएका हौं गरेरै देखाउनेछौं, तामाङले आफ्नो
विज्ञप्तिमा यसो भनेका छन्।
चियाकमान, सिन्कोना बगानलगायत दार्जीलिङ
पहाड़का विभिन्न समस्याहरूको समाधान गर्नको निम्ति नै आफू विधायकको
उप-चुनाउमा उत्रिएको पनि तामाङले बताएका छन्। मलाई कुर्सीको लोभ भएको भए
जीटीएकै चौकीमा बस्थे, तर मलाई चौकी हैन तर पहाड़को समस्या समाधान गर्नुछ।
जीटीएको अध्यक्ष भएर बसेको 17 महीनामा धेरै विकासकार्यहरू पनि गरयौ। तर
त्यही अवधि दार्जीलिङ पहाड़का धेरै गम्भीर समस्याहरू पनि त्यही बसेर थाह
पाए। पर्जापट्टा, युवाहरूलाई रोजगार, सिन्कोना- चियाकमानका समस्याहरू,
दार्जीलिङ पहाड़ नै समस्यै-समस्याको भारीले थिच्चिएको हामीले बुझ्यौं। यी
सबै समस्याहरूको समाधानको केन्द्र स्थल पनि कलकत्ता नै रहेको पनि हामीले
बुझ्यौं। कलकत्तामै गएर दार्जीलिङ पहाड़को समस्या समाधान गर्नु सजिलो र
छिटो हुने भएकोले म विधायकको चुनाउमा उत्रिएको हुँ। चुनाउ जितेपछि
दार्जीलिङ पहाड़को समस्याको समाधान गर्ने बाटो अनि ओहोदा प्रदान गर्ने
मुख्यमन्त्री ममता व्यानर्जीले मलाई वचन समेत दिएका छन्।यसैले आगामी 23
मईपछि चियाश्रमिक, सिन्कोना श्रमिकलगायत समग्र पहाड़वासीको भविष्य उज्यालो
दिशातिर जानेछ, तामाङले भनेका छन्।
विधानसभाको उप-चुनाउ विधायक बनाउने हैन तर
गोर्खाहरूको भविष्य बनाउने चुनाउ रहेको पनि तामाङले बताएका
छन्।पहाड़वासीको भविष्य यसपालि उनीहरूको भोटले निर्धारित
गर्नेछ।पहाड़वासीको भविष्य उज्यालो बनाउनुको निम्ति मैले जीटीएको चौकीसमेत
परित्याग गरेर मैदानमा उत्रिएको छु। पहाड़को जनताको निम्ति मैले आफ्नो
राजनैतिक भविष्य समेत दाउमा लगाएको छु। जनताले यो कुरा बुझ्नुपर्छ।म
पहाड़को सुनौलो इतिहास लेख्न चाहन्छु, जनताले साथ दिए 2 वर्षभित्रमा म
पहाड़ अनि पहाड़वासीको भविष्य बनाउनेछु। जनतालाई यो मेरो आश्वासन हैन तर
प्रतिवद्धता हो, तामाङले विज्ञप्तिमा लेखेका छन्।
मई दिवसको शुभकामना व्यक्त गर्दै तामाङले
यसो पनि भनेका छन्- अन्तर्राष्ट्रिय मई दिवसको शुभावसरमा दार्जीलिङ पहाड़का
चियाबगान, सिन्कोना बगानलगायत अन्य सरकारी, गैर-सरकारी संस्थानहरूमा सेवा
अनि योगदान प्रदान गरिरहेका सम्पूर्ण श्रमिक एवं कर्मचारीहरूलाई हार्दिक
शुभकामना व्यक्त गर्दछु। पौरखी हात अनि इमान्दार पसीनाहरूले नै दार्जीलिङ
पहाड़को विकास अनि व्यवस्थापन सम्भव छ।तपाईहरूसित जोड़िएर पहाड़को उज्ज्वल
भविष्य बनाउन हामी लागिपरेका छौं। हामी तपाईहरूको पौरख अनि पसीनाको उचित
मूल्याङ्कन गर्ने/ गराउने दिशामा सङ्कल्पित छौं। समग्र पौरखी श्रमिक अनि
कर्मचारीहरूलाई आजको यो अवसरमा पहाड़ विकास अनि व्यवस्थापनको दिशामा
सकंल्पित बन्ने आह्वान पनि गर्दछु।
http://pratibymba.com
Post a Comment