Way to Jalapahar Cantt Darjeeling

बुद्ध जयन्तीमा आत्माघाती आक्रमण हुनसक्ने सम्भावनामा दार्जीलिंग पहाडमा नोटिस जारी

आगामी 18 मई वुद्ध पूर्णिमाको दिन पश्चिम बङ्गाल (विशेष उत्तर बङ्गालको दार्जीलिङ पहाड) को वौद्ध गुम्बाहरूमा आत्माघाती आक्रमणकारीहरूले हमला गर्नसक्ने सम्भावनालाई लिएर सर्तकता जारी गरिएको छ। 123 माउन्टेन ब्रिगेड हेडक्वाटर, जलपहाडद्वारा एउटा विशेष सूचना सार्वजनिक गर्दै ‘महिला आत्मघाती आक्रमणकारी’-ले बुद्ध पूर्णिमाको दिन आत्मघाती आक्रमण गर्नसक्ने सूचना सार्वजनिक गरेको हो।



आईबी हेडक्वाटर दिल्लीबाट प्राप्त सूचनाको आधारमा महिला आत्माघाती आक्रमणकारीले हमला गर्नसक्ने भन्दै सबैलाई सतर्कता गरिएको हो। उक्त जारी सूचना लेखिएको छ -“IT IS RELIABLE LEARNT THAT IB HQ DELHI HAVE ISSUED AN ALERT OF A POSSIBLE FEMALE SUICIDE BOMBER TARGETTING MONASTERIES ON THE OCCUASION OF BUDHA PURNIMA ON MAY 18 (18) IN WEST BENGAL (.) (.) ALL UNITS ARE REQUESTED TO MAINT HIGHEST LEVEL OF ALERTNESS AND PREPAREDNESS” [sic].



विशेष गरेर पश्चिम बङ्गालको उत्तर बङ्गाल क्षेत्रमा वौद्ध धर्मवलम्बीहरू बसोवास गर्छन् भने उत्तर बङ्गालको विभिन्न वौद्ध गुम्बाहरूमा नै प्रत्येक वर्ष वुद्ध पूर्णीमा भव्यताको साथ पालन गरिने गरिएको छ। यस्तो अवस्थामा यसपल्ट आगामी 18 मईका दिन वुद्ध पूर्णीमाको दिन आत्मघाती आक्रमणकारीले हमला गर्नसक्ने खुफिया रिपोर्ट रहेको छ। जसको कारण सम्पूर्ण सुरक्षा कर्मीहरूलाई उक्त सूचना मार्फत सतर्कता गरिएको छ भने प्रत्येक मानिसहरूको गतिविधिमा निगारानी राखिने कार्य सुरु भएको छ।  

http://www.gafsaff.com

आगामी 18 मई वुद्ध पूर्णिमाको दिन पश्चिम बङ्गाल (विशेष उत्तर बङ्गालको दार्जीलिङ पहाड) को वौद्ध गुम्बाहरूमा आत्माघाती आक्रमणकारीहरूले हमला गर्नसक्ने सम्भावनालाई लिएर सर्तकता जारी गरिएको छ।

Read latest post filed under regional news

Post a Comment

Post a Comment

We love to hear from you! What's on your mind?

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

Contact Form

Name

Email *

Message *

Powered by Blogger.