अवैध मान्दै भत्काइएको घरको जायजा लिन जीटीए चेयरमेन भोलि निरीक्षणमा आउने

Cinchona assistant manager destroy illegal house
सिन्कोना बगान मङपुको सिम्ले धुरामा विगत तीन पुस्तादेखि बस्दै आइरहेको रुपन छेत्रीको घर सिन्कोना सहव्यवस्थापक बर्नाली विश्वासको निर्देशमा भत्काइएको समचारले मङपुमा ठूलो उथुलपुथुल मचिएको छ | पिडित छेत्रीको भनाई अनुसार आफूहरु विगत ७० को दशकदेखि यस ठाउँमा टीनको घरमा बस्दै आइरहेको भएपनि केही महिना अघि इन्द्रिरा गान्धी आवास योजना अन्तर्गत एउटा घर पाएकोले ९०% बनिसकेको घर सिन्कोना विभागले भत्काएको छ | विभागलाई विन्ती चडाउडा पनि एक हप्ता पहिले सहव्यवस्थापक बर्नाली बिश्वासले जेसीवी लिएर घर भत्काउने धम्की दिएको साथै बलजफ्ती म घर भत्काउछु भन्ने कागजमा सही गर्न लगाएको आरोप छ भने सहव्यवस्थापकद्वारा पिडित परिवारलाई अभद्र व्यवहार गर्दै पुलिस बलको साथमा विहिबारदेखि घर भत्काउन आएको जानकारी दिएको छ | यस घटनाले मङपु क्षेत्रभरिनै हाल उथुलपुथुल मचिएको छ | यसै सन्दर्भमा सहव्यवस्थापकले रुपेन छेत्रीले सिन्कोनाको जमीनमा अवैध रुपमा घर निर्माण गरेको कारण एकाधिक पल्ट नोटिस दिएको तर अमान्य गर्दा आफु मजबुर भइ भत्काउन परेको बताए | तिनको भनाई अनुसार सिन्कोनाको जमीनमा कसैले पनि अवैध रुपमा घर निर्माण गर्न पाउंदैन र आफुले जानकारी पाए अनुसार सबै निर्माण कार्य रोक्ने बताए | त्यसो त सिन्कोनामा आज पर्यान्त सयौं घरहरु अवैध रुपमा बाहिरबाट आएका मानिसहरुले निर्माण गरिरहेका छन् भने आफुले जानकारी पाएको र आफु आएदेखि यताको जम्मै निर्माण कार्य रोक्ने सहव्यवस्थापकको अडान छ | आज भत्काइएको घर सम्बन्धि कुनै आधिकारिक निर्देश बिना केवल फोन कलको भरमा सहव्यवस्थापकले भत्काउन लगाएको जानकारी प्राप्त भएको छ | सन्दर्भमा सिन्कोनाको जमीनमा कुनै अवैध निर्माण कार्य भए यसको निम्ति पहिले जिल्लापालबाट आदेश पत्र प्राप्त गर्न पर्ने साथै निर्देशक हुँदै अन्तमा निर्णय लिने भएपनि हालमा निर्देशक साथै व्यवस्थापक मङपुमा नरहेको अवस्थामा पनि सहव्यवस्थापकले केवल फोनकै भरमा भत्काउने काम भएको छ | सहव्यवस्थापकको भनाई अनुसार सिन्कोनाको जमीन केवल सिन्कोना मजदुरवर्गको हो र यसमा कुनै बाहिरका मानिसहरुले अवैध निर्माण गर्न पाउने छैन | पिडित रुपेन छेत्रीको पिता मङपुको सडक निर्माण भएको समय ७० को दशकमा त्यस ठाउँमा बस्दै आएको भएपनि त्यस जमीन सिन्कोनाको हो र यो निर्माण कार्य अवैध रहेको तिनको भनाई छ | यता पीडब्ल्युडीको सडकमा १२ फुट जातिको फांका जमीन सडक विभागले सुरक्षित राख्ने भएको बुझिएपनि यही परिधिभित्र रुपेन छेत्रीको घर निर्माण भएको देखिएको छ |

यसै विषयलाई आधार बनाएर घटना स्थलको निरक्षण गर्दै पुर्व विधायक तथा गोरामुमो नेता एनबी छेत्रीले यसलाई एकतर्फी न्याय हो भनी बताए | न्याय सबैलाई बारबार हुनपर्छ र रुपेन तामांगमाथि भएको घटना निन्दाको विषय बनेकोले आफुले खण्ड विकाश अधिकारी समक्षपनि यस विषयमा बात गरेको अनि अझ पनि पिडित परिवारले न्याय नपाए जनतालाई सडकमा उतारेर आन्दोला नगर्ने छेत्रीले चेतवानी पनि दिएका छन् |
यता मोर्चा युनियन पक्षमा गगन राईले यस घटनामाथि आपत्ति जनाउदै घोर विरोध गरेको अनि यस बारे सिन्कोना विभागसित बसेर छलफल गर्ने बताए |
यस घटनाको जानकारी जीटीए चेयरमेन अनित थापा समक्ष पनि पुगेको हुँदा तिनले एक आधिकारिक विज्ञप्ति जाती गर्दै घटनाको सठीक जाँच गरेर यदि पिडितले न्याय पाउने भए आफु यसमा हरसम्भव न्याय दिलाएर छाड्ने बताउँदै भोलि अर्थात २९ जूनको दिन आफू स्वय घटनास्थलको निरीक्षण गर्न आउने जानकारी गराएका छन् ||

सिन्कोना बगान मङपुको सिम्ले धुरामा विगत तीन पुस्तादेखि बस्दै आइरहेको रुपन छेत्रीको घर सिन्कोना सहव्यवस्थापक बर्नाली विश्वासको निर्देशमा भत्काइएको समचारले मङपुमा ठूलो उथुलपुथुल मचिएको छ |

Read latest post filed under cinchona, mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.