Pahariya Bhawan at Himachal Vihar Matigara Uttorayon Siliguri

अनित थापाद्वारा सिलगढीको उत्तरायनमा पहाड़िया भवनको उद्घाटन

सिलगढीको उत्तरायनमा आज पहाड़िया भवनको उद्घाटन गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनका अध्यक्ष अनित थापाले गरे। उनीसित जीटीएका मुख्य सचिव सुरेन्द्र गुप्त (आइएएस), खरसाङका विधायक डा. रोहित शर्मा आदि उपस्थित रहेका थिए | उत्तरबगं उन्नयन विभागद्वारा निर्माण गरिएको उक्त भवनको हेरचाह अनि व्यवस्थापन गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनद्वारा गरिनेछ। उत्तर बगं उन्नयन विभागले उक्त भवन जीटीएलाई सुम्पिएको छ |
विशेषरूपले दार्जीलिङ पहाड़लगायत विभिन्न ठाउँहरूबाट  उपचार, अध्ययन, अन्तर्वार्ता अनि अन्य कतिपय कार्यहरूको निम्ति सिलगढ़ी आउने मानिसहरूको बस्ने सुविधाको निम्ति निर्माण गरिएको हो जसमा विशेष विपन्न मानिसहरूको सुविधालाई मध्यनजरमा राखिनेछ।

पहाडका विपन्न मानिसहरू जो सिलगढ़ीमा महँगो होटेलहरूमा बस्न आर्थिकरूपमा सक्षम छैनन् उनीहरूले उक्त भवनमा बस्ने सुविधा प्राप्त गर्नेछन्। कोही अधिकारी वा शीर्ष प्रतिनिधिहरूको सिफारिसमा सक्षम मानिसहरूले होइन तर जसलाई अति आवश्यक रहेको छ ती मानिसहरूलाई यहाँ बस्ने मौका प्रदान गरियोस् भन्ने म चाहन्छु। हाम्रा आर्थिक विपन्न मानिसहरूको सुविधाको निम्ति निर्माण गरिएको उक्त भवनमा आवश्यक मानिसहरूले नै सुविधा उपभोग गर्न पाउनुपर्छ भन्ने मेरो धारणा रहेको छ। जीटीए अध्यक्षले यस्तो आशय  विज्ञप्तिमा प्रकट गरेका छन् |  यसबाहेक यस भवन पहाड़वासीको निम्ति माननीय मुख्यमन्त्री ममता व्यानर्जीको एउटा प्रेमिल उपहार रहेको हुनाले यस भवनको व्यवस्थापन राम्रो प्रकारले गरियोस् भन्ने पनि म आग्रह गर्दछु। यो पहाडवासीको निम्ति एउटा सम्पति हो यसको उपभोग गर्ने हरेक पहाडवासी अनि विभागीय कर्मचारीहरूले पनि यसको सरंक्षण अनि सम्वर्द्धन गरिदिने म अपील गर्दछु।

सिलगढीको उत्तरायनमा आज पहाड़िया भवनको उद्घाटन गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनका अध्यक्ष अनित थापाले गरे। उनीसित जीटीएका मुख्य सचिव सुरेन्द्र गुप्त (आइएएस), खरसाङका विधायक डा. रोहित शर्मा आदि उपस्थित रहेका थिए |

Read latest post filed under Bengal, North Bengal, political news

Post a Comment

Post a Comment

We love to hear from you! What's on your mind?

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

Contact Form

Name

Email *

Message *

Powered by Blogger.