मङपुको विभिन्न स्थानमा पैह्रोको प्रकोप, मोर्चाले गर्यो निरिक्षण

landslide hits House and road in Mungpoo
अविरल झरीले मङपु क्षेत्रको पनि विभिन्न स्थानहरुमा क्षति पुराएको छ | ससाना पैह्रोदेखि लिएर सडकहरुका हाल बेहाल जतातै देखिएको छ | हिज राति परेको पानीले रेशेप विभाग अन्तर्गत सन्तोष विश्व, लिलामाया छेत्री, राजु दर्जी, भवेश छेत्री, मणिकुमार छेत्री अनि लाब्दा विभागको ममता तामांगको घरलाई पैह्रो चलेर क्षति पुराएको छ | ती मध्ये सन्तोष विश्वको घर पूर्ण रुपले क्षति ग्रस्त छ जो बस्न लायकको पनि रहेको छैन भने आजदेखि स्थानीय समाज घरमा बस्ने प्रबन्ध मिलाइएको छ | यसरी नै लाब्दा विभागकी ममता तामांगको घर पनि उस्तै हाल छ | यती मात्र नभएर मङपु विभाग चौरस्ता नजिकको शिव मन्दिर पनि पैह्रोको चपेटमा परेको छ | आज यसै घटनालाई निरिक्षण गर्दै गोर्खा जनमुक्ति मोर्चा मङपु लाब्दा समष्टि सचिव गगन राई, युवा मोर्चाका विज्ञेन मिश्र, नरेश शेर्पा, रिनेश शेर्पा आदि पुगेका थिए | टोलीले बर्तमान स्थितिमा केही ठुलै सहयोग गर्न नसके पनि तिर्पालहरु दिएर सहयोग पुराएको छ | गोजमुमो मङपु लाब्दा मङपु समष्टिले बर्तमान प्राकृतिक अपदालाई हेरेर एउटा डिजास्टर मेनेजमेन्ट कमिटि पनि गठन गर्यो जसले यसको केन्द्रीय समितिसित साँठगाँठ राखेर काम गर्ने जानकारी प्राप्त छ | आजको घटनालाई लिएर मोर्चा समष्टि सचिव गगन राईले निरिक्षण गरिएको सम्पूर्ण विवरण बताउँदै चाडै जीटीए, तक्दाह खण्ड कार्यलय, सिन्कोना व्यवस्थापन आदिलाई सम्पर्क गरि पिडित परिवारहरुलाई चाडो राहत उपलब्ध गराइदिने अपिल गरेको बताएको छ | हालसम्म पनि यो झरीले रोकिने कुनै संकेत नदिएको हुँदा मोर्चा लाब्दा मङपु समष्टिले सम्पूर्ण मङपुबासीलाई सतर्क अनि सावधान भएर बसिदिने पनि अपिल गरेको छ | यता लाब्दा विभाग शिव मन्दिर नजिकको पहिरोले बाटो थुनिएपछि आज अपरान्ह जेसीबी लगाएर सिटोङ, मङपु अनि खरसाङको यातायात सुचारु गराउन पहल भएको छ ||

अविरल झरीले मङपु क्षेत्रको पनि विभिन्न स्थानहरुमा क्षति पुराएको छ | ससाना पैह्रोदेखि लिएर सडकहरुका हाल बेहाल जतातै देखिएको छ | हिज राति परेको पानीले रेशेप विभाग अन्तर्गत सन्तोष विश्व, लिलामाया

Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.