Mungpoo Youth Club New Jersey

२९ सितम्बरदेखि शुरु हुनेछ मङपु गोल्ड कप २०१९

फूटबल खेलको क्षेत्रमा मङपुमा सर्वपरिचित क्लब मङपु युथ क्लबले यस वर्षको गोल्ड कप आगमी २९ सितम्बरदेखि भब्य कार्यक्रम संगै सम्पन्न गर्ने भएको छ | केही दिन अघि मात्र क्लबले उक्त गोल्ड कपको फिक्स्चर तयारी गर्दै सार्वजनिक गरेका थिए भने यसपल्टको खेलमा सिक्किम हिमालयन एफसी, अमुक्त परिवार सिलिगुडी, गोर्खा ब्रदर्श असम, आर्मी रेड, युनाइटेड ब्रदर्स कालेबुङ, केएफसी सिलिगुडी, रोयल एफसी सिलिगुडी, दार्जीलिंग हिमालयन एफसी, शेयर एफसी कालेबुङ, आक्रमण एफसी सिक्किम, टीए दार्जीलिंग, झापा ११ नेपाल, १० एसएपी जलपाइगुडी आदि टीमहरुले अंशग्रहण गरेका छन् | १ नोभेम्बर अर्थात मङपुको दुई दिवसीय दिपावली स्पोर्ट्सको लगत्तैपछि सम्पन्न हुने यस टुर्नामेन्टको फाइनल खेलमा विजयी दललाई नगद राशी २ लाख रुपियाँ अनि उपविजेता दललाई १ लाख रुपियाँसंगै ट्रफी प्रदान गर्ने आयोजकको योजना रहेको छ | अर्कोतिर फूटबल खेललाई बिशेष: प्रमुखता दिने मङपु युथ क्लबले आजनै आफ्नो क्लबको नयाँ जर्सी पनि सार्वजनिक गरेको छ | यहाँको दार्जीलिङ प्रेस गिल्ड मङपु शाखाको कार्यलयमा एउटा प्रेस भेलाको आयोजन गर्दै क्लबका सभापति भारत छेत्री, सचिव विभोर तामांग, संयोजक दिव्या प्रकाश बोम्जन, पूर्व सभापति योगेश राई अनि क्लबका अन्य सदस्यहरुको उपस्थितिमा जर्सी सार्वजनिक गरेका थिए | यसै कार्यक्रम बिच क्लबले मङपुकै एक युवा व्यक्तित्व राजा गुरुङ जसले आफ्नो शिक्षामा एमपीएड उतीर्ण गरि बर्तमान सरस्वती उच्चतर माध्यमिक विधालयमा खेल शिक्षकको रुपमा कार्य गरिरहेका छन् भने तिनलाई मङपु युथ क्लबको प्रशिक्षकको रुपमा आधिकारिक नियुक्त गरेको छ | क्लबले क्षेत्रका कलिला खेलाडीहरुलाई प्रोत्सान दिन कम्मर कसिसकेको फलस्वरूप आजकै दिन क्लबको एउटा टीम कालेबुङ मेला ग्राउण्डमा सम्पन्न भइरहेको जीटीए अन्डर एट्टीन गोल्ड कपमा पहिलो म्याच शेयर एफसी कालेबुङसित टक्कर लिन पुगेका थिए भने मङपु युथ क्लबले उक्त म्याच जितेको जानकारी प्राप्त भएको छ |

फूटबल खेलको क्षेत्रमा मङपुमा सर्वपरिचित क्लब मङपु युथ क्लबले यस वर्षको गोल्ड कप आगमी २९ सितम्बरदेखि भब्य कार्यक्रम संगै सम्पन्न गर्ने भएको छ | केही दिन अघि मात्र क्लबले उक्त गोल्ड कपको

Read latest post filed under mungpoo news, sports

Post a Comment

Post a Comment

We love to hear from you! What's on your mind?

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

Contact Form

Name

Email *

Message *

Powered by Blogger.