देश सुब्बा,२८ अप्रेल : नेपाली महासंघ हङकङको निमन्त्रणामा हङकङ आउनु भएका डा. इन्द्रबहादुर राई हङकङमा पाइला टेकेदेखि नै अति व्यस्त हुनु भयो । उनको भिडियो खिच्ने, आवाज रेकर्ड गर्ने, फोटो खिच्ने, साहित्य, कला र दर्शनको कुरा सुन्ने ताँती नै थियो । अति व्यस्तताले कतिपय कार्यक्रम रद्द गर्नु परेको थियो । एकैदिनमा ४ वटासम्म कार्यक्रममा राई उपस्थित भएका थिए । उनको कार्यक्रम तालिका निम्नानुसार थियो—
अप्रिल २० तारिख बिहान ६ बजेर ५५ मिनटमा हङकङ अवतरण । दिउँसो ब्रिटिशको शासनकालमा गोर्खाली बस्ने सेककोङ क्याम्प, तामी क्याम्प र बुर्नियो लाइनको गोर्खालीहरूको समाधी अवलोकन गर्नु भयो । यस समाधीमा आठ सयभन्दा बढी गोर्खालीको समाधी अहिले पनि सुरक्षित छ । साँझ पख कन्चनजङघा समाज हङकङको स्वागत कार्यक्रममा सरिक हुनु भयो । यो दार्जिलिङबाट हङकङ आएर बस्ने नेपालीको संस्था हो ।
अप्रिल २१ तारिख हङकङको धनाढ्य व्यक्तिहरू बसोबास गर्ने उचाइमा रहेको हङकङ पीकमा भ्रमणमा जानु भयो । यो पिकको जमिन संसारकै सबैभन्दा महँगोमा पर्छ । साँझपख खोटाङबाट यहाँ आएर बसोबास गर्ने खोटाङेहरूको रात्रिभोजमा सरिक हुनुभयो ।
अप्रिल २२ तारिख नेपाली महासंघको आयोजनामा हुने मुख्य कार्यक्रममा प्रमुख अतिथि हुनु भयो । यस कार्यक्रममा अतिथि राईलाई दोसल्ला र ताम्रपत्रबाट अभिनन्दन गरिएको थियो ।
अप्रिल २३ तारिख दिउँसो नवोबुद्ध आमा समूहको बुद्धको पूजापाठको अवलोकन गर्नुभयो । साँझको ७ बजे नेपाली साहित्य प्रतिष्ठानको भेटघाट कार्यक्रममा जानुभयो । त्यहाँ साहित्यका विविध विधाको छलफल भएको थियो । साँझ १० बजे नेपाली महासंघ हङकङले आयोजना गरेको स्वागत तथा धन्यवाद कार्यक्रममा उपस्थित हुनुभयो ।
अप्रिल २४ तारिख बिहान १० बजे नेपाली साहित्य प्रतिष्ठान हङकङले आयोजना गरेको इजराइलमा भएकी कवियत्री दीप्स शाहकी कविता संग्रह ‘आगो’ विमोचन तथा विमर्श कार्यक्रममा सहभागी हुनुभयो । दिउँसो १ बजे चुनमुन बटर फ्लाईमा पर्वत मञ्च हङकङको बि.बि.क्यू तथा भलिबल प्रतियोगिताको निरिक्षण गर्नुभयो । दिउँसो ३ बजे मङकी हिल धरान ८ मा बसोबास गर्ने धराने हङकङे गरेको बि.बि.क्यूमा सरिक हुनुभयो । साँझ ६ बजे किरात राई यायोक्खा हङकङले आयोजना गरेको सामूहिक चुलाको निरिक्षण गर्नु भयो । त्यस अवसरमा राईहरूको सँस्कार अनुसार फेटा लगाइदिएर सम्मान गरे ।
अप्रिल २५ गते हङकङको छेउमा रहेको चीनको अर्को स्वाशासित टापू मकाउको भ्रमण गर्नु भयो ।
अप्रिल २६ गते हङकङ नेपाली पाठ्यक्रम परिषदले आयोजना गरेको स्वागत कार्यक्रममा उपस्थित हुनु भयो । त्यस अवसरमा विद्यालयका नानीहरूले पुष्पगुच्चाले स्वागत गरेका थिए । त्यहाँ हङकङबाट प्रकाशित पत्रपत्रिका प्रदर्शनीको लागि राखिएको थियो ।
अप्रिल २७ दिउँसो नेपलीज युथ क्लब हङकङले आयोजना गरेको सम्मान र बिदाइ कार्यक्रमा सहभागी हुनु भयो । साँझ १८ः०५ बजको इन्डियन इयरलेनसबाट स्वदेश फिर्नुभयो । सबै कार्यक्रमहरूमा उहाँकी धर्मपत्नी मायादेवी राई सधैँ हुनुहुन्थ्यो ।
यी मुख्य कार्यक्रम बाहेक ठाउँ ठाउँमा विभिन्न कार्यक्रम बन्दै जान्थ्यो । होटलको कोठामा पनि साहित्यकारहरू साहित्यिक छलफल, कविता वाचन गर्ने गर्दथे । यसरी कविता वाचन र कवितामा छलफल गर्नेमा प्रकाश छाङ्छा, बिमल राई, टंक सम्बाहाम्फे थिए ।
कला, साहित्य, दर्शनबारे जानकारी लिन संगीतकार दिनेश सुब्बा, कवि टंक सम्बाहाम्फे, कवि बिमल राई, भयवादका प्रवर्तक तथा उपन्यासकार देश सुब्बा, साहित्य प्रेमी प्रेम राई दिनहुँजसो कोठामा भेला हुन्थे । डा. इन्द्रबहादुर राईको अन्तरवार्ता, भिडियो रेकर्ड, फोटो खिच्न नेप्सटाइम डट कमका विनय शाह, कविता कुसुम डट कमका टंक सम्बाहाम्फे, आलोपालो डट कमका देउराज राई कोठामा लिएका थिए भने बगैचा डट कमका नरेश सुनुवार र श्याम सुनुवार, सगरमाथा किन्डर गार्डेनका एकराज राई, उपन्यासकार देश सुब्बा, कवि बिमल राईले भ्रमणको बेला रेकर्ड गर्ने गर्दथे ।
फोटो खिच्नेहरूमा फोटो पत्रकार मातृदिप राई, जगतअम्बु, विनश शाह, टंक सम्बाहाम्फे, देउराज राई, अमोद राई, प्रेम राई हुन्थे ।
कलाबारे जानकारी लिनेमा आर्टिस्ट आशा राई हुन्थी ।
डा. इन्द्रबहादुर राईको पुर्खौली घर खोटाङ हो । उनी चाम्लिङ राई हुन् । उनका पुर्खा खोटाङबाट बसाई सर्दै चैनपुर र चैनपुरबाट दार्जिलिङ पसेका हुन् । डा. राईलाई चाम्लिङको बसोबास बारे जानकारी बिमल राईले लेखेर दिएका थिए । चाम्लिङ बारे जानकारी पाएपछि डा. राईले भन्नुभयो, “संसारको धेरै दर्शन, विज्ञान, कला, साहित्य, पढ्यौँ, त्यसबारे थोर बहुत थाहा छ । तर चाम्लिङ राईको मूलथलो खोटाङबारे थाहा थिएन, यहाँ आएर जाने खुशी लाग्यो ।” यस भनाइले सिक्ने कुरालाई उमेरले छेक्दैन भन्ने प्रमाणित गथ्र्यो । उनी अहिले ८५ वर्षका भएका छन् । तथापि निरन्तर सिकिरहेका छन् । तीस, चालिस पुगेर अब के सिक्नु भन्नेको लागि यो ठूलो झापड भयो ।
डा. राईको बारेमा हङकङका नेपालीहरूको आफ्नै प्रतिक्रिया छ । नेपाली महासंघ हङकङका अध्यक्ष प्रदिप थापा भन्छन्, “उहाँ अति नै विद्वान् हुनुहुँदोरहेछ । उहाँको उपस्थितिले नेपालीको शिर उच्च पारेको छ ।” त्यस्तै ठाकुरी समाज हङकङ अध्यक्ष विनय शाह भन्छन्, “ डा. इन्द्रबहादुर राईलाई हङकङ ल्याएर महासंघले ठूलो काम गरेको छ ।”
नेपाली साहित्य प्रतिष्ठानका अध्यक्ष टंक सम्बाहाम्फे भन्छन, “ उहाँको उपस्थितिले डायास्पोरा साहित्यमा हङकङको उचाइ बढाएको छ ।”
संगीतकार दिनेश सुब्बा भन्छन्, “उहाँबाट मैले धेरै सिक्नु पाएँ । ३ महिना उहाँको सँगत पाइयो भने दर्शन, विचार, कलामा पोख्त होइने रहेछ । तर समयको अभावले धेरै छुटेको महसुस भइरहेको छ ।”
सन २००५ सालको सिक्किमको गेजिङमा लीला लेखनको पच्चिस वर्षे कार्यक्रममा कार्यपत्र पेश गर्दै प्रा.डा. गोविन्दराज भट्टराईले डा. राई विश्वको महान १०—२० जनामा पर्छन् भनेका डा. राईले लीला भ्रममा व्याख्या गरेको कृष्णजस्तो डा. राईलाई पनि हङकङका नेपालीहरूले विभिन्न रूप, रंग, विचार र ज्ञानको ‘पुरुष’ देखे ।

Post a Comment
We love to hear from you! What's on your mind?