मदन हत्याकाण्ड मामिलामा युवा मोर्चा प्रवक्ता दिपेन माले सीबीआईद्वारा पक्राउ


Kalimpong(कालेबुङ )25मई,मनोज वोगटी: अखिल भारतीय गोर्खालीगका नेता मदन तामङको हत्याको आरोपमा सीबीआईले दार्जीलिङ पुलिसको सहयोगमा गोर्खा जनमुक्ति मोर्चाका एक कार्यकर्तालाई पक्राउ गरेको छ। मदन तामङको हत्यापछि आरोप सोझै गोर्खा जनमुक्ति मोर्चालाई लागेको थियो भने मोर्चा कै केन्द्रिय समिति सदस्य निकोल तामङले सीआईडी कै कस्डटीबाट सुइँकुच्चा ठोकिसकेका छन् | सीआईडीले हत्याराहरूलाई पक्राउ गर्न नसकेपछि अनि पक्रा परेका निकोल तामङलाई पनि हातैबाट गुमाएपछि लीगले साआईडीको विश्वास गर्न छोड़ेको थियो। यसैकारण मदन हत्याकाण्डको जॉंच कार्य सीबीआईले गर्नुपर्ने माग लीगले गरेको थियो।
सीबीआईले पनि अहिलेसम्म यसमुद्दालाई लिएर केही गर्न सकेको थिएन।विस्तारैसाबीआईले आफ्नो करामत देखाउन शुरू गरिरहेको छ।
आज मदन तामङको हत्याकाण्डको दोषीकोरूपमा गोर्खा जनमुक्ति मोर्चाको भातृ सङ्गठन गोर्खा जनमुक्ति युवा मोर्चाका प्रवक्ता दिपेन मालेलाई पोख्रेबुङस्थित तिनको घरबाट नै पक्राउ गरिएको छ। दार्जीलिङका एएसपी कुनाल अग्रवालले मालेको पक्राउको जानकारी दिएका छन् । मालेलाई सदर थानामा राखिएको छ। हाइकोर्टको निर्देश अनुसार मदन तामङ हत्याकाण्डको जॉंचको जिम्मा सीबीआईलाई जनवरी २०११को दिन दिइएको थियो। यसैकारण सिलगढ़ी अनि दार्जीलिङमा क्याम्प राखेर सीबीआईले जॉंच पक्रिया अघि बढ़ाइरहेको छ। सीबीआईले जॉंचको रिपोर्ट मुख्य न्यायधिस जे एन पटेल अनि न्याधिस् के रोयको निर्देशनमा हाइकोर्टलाई २३ जुनभित्र बुझाउनुपर्ने छ।यता यसै मामिलाका दोषी निकोल तामङ लापत्ता बनेका छन् भने तिनको स्वास्नी पेमा तामङले निकोलको फिर्ताको गुहार हाइकोर्टमा नै लगाएकी छन् ।
मदन तामङको हत्या २१ मई २०१०को दिन दार्जीलिङको क्लबसाइटमा विहान ९.३०मा भएको थियो। त्यसपछि २३ मईको दिन मुद्दाको छानबीनको जिम्मा सीआईडीले लिएको थियो। सीआईडीले ३० अगस्तको दिन छानबीनको ५१९ पन्ने चार्जसिट जारी गरिसकेको छ जसमा मोर्चाका ३० जना कार्यकर्ता अनि ६१ जना गवाहीको नाम उल्लेख छ। जसमा ८ जनालाई अहिलेसम्म पक्राउ गरिसकेको छ।
Read latest post filed under political news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.