भाग्यले बॉंचे सुबास, जॉंकिए राजेन

Kalimpong(कालेबुङ) 25मई,मनोज वोगटी: राष्ट्रिय  राजमार्गमा एक चालकले चालकलाई नै छुरी हानेर हत्या गर्ने कोशिष गरेको अनि  घाइते चालक भाग्यले बॉंचेको समाचार प्राप्त भएको छ। भाग्यले बॉंचेका चालकले  रम्फू थानालाई दिएको बयान अनुसार घटना यसप्रकार रहेको छ। गान्तोकका  यात्रीहरूलाई पुर्‍याउन इण्डिका(डब्ल्यु.बी.74  एस्‌, 0871)गाड़ी लिएर  सिलगढ़ीका फुलेश्वरी निवासी चालक सुवास रोय गान्तोक आएका थिए। यात्रीहरू  उतारेर तिनी आफ्नो गन्तव्यतिर फर्किरहेका थिए। जब बरदान भन्ने पैह्रेनी  ठाउँमा तिनी पुगे, तिनले वाहनलाई धिमा गरे। बस्‌ त्यही बेला पछिल्तिरबाट  आइरहेको बोलेरो(एस.के 04 ए,0155)ले तिनको बाहनलाई जोरले धक्का दियो। जसको  कारण तिनको बाहनको पछिल्लोभागमा आंशिक क्षति भयो। दुवैले वाहन रोके अनि   भनाभन शुरू भयो। मामिला गर्मिने देखेर सुवास वाहनमा चढेर हिँड़े। पछिल्तिर  बोलेरो पनि हिँड़िरहेको थियो। बोलेरोका चालक रम्फू निवासी लच्छु तामङ अनि  तिनको सहयोगी लाक्पा तामाङलाई भनाभनले मात्र पुगेन। अनि उनीहरूले सुवासलाई  नै ठेगानमा लगाइदिने योजना बुने। लच्छुले रम्फूका साथी  राजेन राईलाई  योजनामा सामेल बनाउँदै तयार रहने निर्देश फोनबाट नै दिए। रम्फू गेटमा  प्रवेशपास  गर्दैगर्दा राजेन वाहनमा चढिसकेका थिए। त्यसपछि हुइकिएको  बोलेरोले सुवासको इण्डिकालाई  अन्धेरी झोड़ामा भेट्यो। लच्छुले बोलेरो  इण्डिकाको अघि लगेर रोक्यो। सहयोगी लाक्पा बाहनबाट झरेर सुवासलाई भन्यो,  तिम्रो गाड़ीको क्षतिपूर्ति दिनेरे। सुबास जसे आफ्नो बाहनबाट निस्किएर  बोलेरोतर्फ बढ़े कसैले तिनलाई रडले प्रहार गर्‍यो। केही सोंच्न अघि नै फेरि  कसैले तिनको भुँडीमा  छुरीले प्रहार गर्‍यो। निष्प्राण बनेपछि सुवासलाई  लच्छु, लाक्पा अनि राजेनले घिस्याउँदै सड़कमुनी फ्यॉंकी दियो। मरोस्‌ नै  भनेर उनीहरूले माथिबाट ढुङ्गामुड़ा पनि गर्‍यो। त्यसपछि इण्डिकालाई उनीहरूले  टिस्टामा धेकेलेर डुबाइदियो। काम तमाम गरेर उनीहरू त्यहॉंबाट भागे।  भगवानको दयाले सुवासको प्राण गएको थिएन। तिनी घस्रँदै रम्फु थाना पुगे अनि  घटनाबारे वृतान्त बताए।  सुवासलाई सिलगड़ीको कुनै अस्पतालमा भर्ना गरिएको छ।  यो घटना 23 मईको दिन भएको थियो। घटनाको ठीक दुइदिनपछि रम्फू थाना अनि  कालेबुङ थानाको अथक प्रयासपछि रम्फुका  राजेन राईलाई भने राजमार्गमा आफ्नो  बाहन सफा गर्दै गरेको अवस्थामा पक्राउ गरिएको छ। थाना सूत्रले बताए अनुसार  अन्य दुइ दोषीहरूको खोजी कार्य पुलिसले तीब्र राखेको छ।
Read latest post filed under regional news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.