रोटी भईदियो- मुखमै अल्झियो, गोर्खाल्याण्ड

 एक बुजुर्ग भन्नुहुन्थ्यो- बडी ढाँट्न पल्किएकाहरु बडी कसम खान्छन्| कुरो कतिका निम्ति मेल नखाने हुनै सक्छ तर दार्जीलिंगमा चल्ने रोमान्टिक राजनीतिको प्रसङ्गमा यो कुरा खाप खाएकै पाउँछौं| लेख्दा भाषीक सालिनता र सिष्टाचारलाई ध्यान दिनु भन्थे ज्ञानीहरु| ज्ञानीहरु जुन समाजमा औंलाछाप धुतारहरुको सुरुवालको इँजार भएर लाज ढाकिदिने नाङ्गो खेलमा व्यस्त हुन्छन् सिष्टाचार र सभ्यताले हदै नाघेको यस समाजमा गाली भन्दा महान् दर्शन, हुकुमभन्दा महान् सत्य अरु हुदैन रहेछ| अलग राज्य गोर्खाल्याण्ड प्राप्तिको आन्दोलन र जन- आकाक्षालाई सत्ताप्राप्तिसम्मको पूल बनाउने गोजमुमो नेतृत्वले आफ्नै वचनलाई तोडेको लगभग आधा दर्जनभन्दा बडी उदाहरणहरु भएपनि तिनै नेतृत्वप्रतिको अपार विश्वास र श्रद्धाले के सिद्ध गर्छ भने, दार्जीलिंग अब यान्त्रिक र रोमान्टिक राजनीतिको केन्द्र मात्र हो जहाँ जनता भनेको खेलिने फुटबल मात्र हुन्|
     तिन वर्ष भित्र गोर्खाल्याण्ड ल्याउछु भन्ने बिमल गरुंगले सबैभन्दा पहिला ‘अल पार्टी चाप्टर क्लोज’ भनेर जातिको राजनैतिक एकतामा विखन्डन ल्याउने पहिलो राजनैतिक गलती गरे| तिन वर्षमा अलग राज्य आएन, आउनु सम्भव पनि थिएन|बरु गोर्खाल्याण्डको सट्टा गोरामुमोको शासन रहेको कालो दार्जीलिंगमा अलग राज्यको मागलाई बचाईराख्ने राजनैतिक भूमिका निर्वाह गर्ने नेता मदन तामाङको निर्मम हत्या मात्र भयो। त्यसपछी डुवर्सको एक ईन्च भूभाग पनि  नछोड्ने भनेर डुवर्सका जनतालाई उद्वेलित मात्र नबनाएर धेरै गोर्खाल्याण्ड समर्थकहरुले ज्यान-मालको क्षति व्यहोर्न पऱ्यो| थाहै नपाई गोजमुमोले, डुवर्सको माग ‘गोर्खा बहुल डुवर्स’ भनेर एकप्रकारले डुवर्स माथिको आफ्नो अडानबाट पछि सऱ्यो। यो दोस्रो झुट पछि अलग राज्यको मागबाट एककदम पछि नहट्ने भनेर वाचा गर्ने राजनैतिक दलले चुनावमा प्राप्त गरेको अपार जन-समर्थनको तागतलाई पुष्टी गरेर त्यसलाई एउटा संवैधानिक ग्यारेन्टी बेगरको ‘दागोपापको अपडेटेड भर्सन’-लाई थाप्ने सिडी बनायो।
   अहिले आएर यो व्यवस्था ‘संवैधानिक ग्यारन्टी’ नभएकोले गोर्खाल्याण्डको आन्दोलनलाई बाधा नपुग्ने बताउँछन् गोजमुमोका अध्यक्ष। यो भन्दा नाङ्गो झुठ अरु के हुनसक्छ?- ‘संवैधानिक ग्यारेन्टी’ भएको स्वायत्त शासन अहिले पाउने सम्भावित व्यवस्थाभन्दा वैधानिक रुपले ठुलो र प्रभावकारी व्यवस्था हो। तर यो कुरो जान्दा-जान्दै पनि गोजमुमोले त्यो पाएपनि थाप्न सक्दैन किनभने त्यो सम्वैधानिक ग्यारेन्टी  कि पाचौं कि त छैटौं अनुसूची अन्तर्गत हुनपर्छ। जुन कुरो मानेको खण्डमा त्यो सोझै आफैले थुकेको थुक चाट्ने काम मात्र हुन्छ भन्ने जानेर नै गोजमुमो यो फ्यातुलो प्राप्तिमा नै खुसी भएको नौटंकी गर्न वाध्य बनेको हो। र यो वाध्यता पछि निश्चित रुपमा सरकारले अन्य कानुनी कार्वाहीको प्रत्यक्ष-अप्रत्यक्ष धम्किको पार्सल गोजमुमोलाई पठाई रहेकै छ। अहिले आएर घरको बाघ, बनको बिरालो बनेको गोजमुमोका नेताहरुमा नै एका-अर्काको कुरा नमिलेर जुन थरिका विरोधाभासपूर्ण वक्तव्यहरु आईरहेछ यसबाट के स्पस्ट हुन्छ भने, अब गोजमुमोमा कुनै राजनैतिक प्रतिवद्धता रहेन। यसै पनि आन्दोलन गर्ने, आन्दोलन थाम्ने अनुभव नभएको, नोकरशाही र कथित बुद्धिजीवीले मात्र भरिएको राजनैतिक दलमा न त आम जनतामा झैँ, महान स्पिरिट हुन्छ, न त आन्दोलक प्रवृति। अवसरवाद र चाप्लुसी नै यो श्रेणीको वास्तविक चरित्र हो। यहि कुरोको अझ सुन्दर उदाहरण दिन अहिले गोजमुमोको एउटा खेमा भन्दैछन्- ‘ भोक-भोकै आन्दोलन गर्दैथियौ, केही बिसाउने, रोटि खाँदै आन्दोलन गर्ने स्थिति अब यो व्यवस्थाले दिनेछ।‘ जता गयो त्यतै मासु-भात, र भोज भत्तेर चल्ने आन्दोलनको चरित्र लिएको आन्दोलनका सिपहसलारहरु कुन मुखले भोकै थियौं भन्दैछन् , उनीहरु नै जानुन तर मूल कुरा के हो भने हालै सम्पन्न वार्तामा जन-प्रतिनिधिहरुले ‘ गोर्खा जातिको’ कायर र हुतिहारा चरित्र छ भन्ने कुरो देशवासीसामु प्रस्ट पार्न कुनै कसर बाँकी राखेनन्।
     अलग राज्य गठन हुनलाई कुनै व्यवस्थाको सिडी चाहिन्छ, भन्ने कुरो त्यतिनै भ्रामक हो जति एउटा ‘एउटा कुकुरले कुकुर हुनलाई आची चाट्नै पर्छ’ भन्ने कुरो भ्रान्तिकर छ। दागोपाप जस्तो व्यवस्था मात्र नभएर छैटौं-अनुसूची जस्तो सम्वैधानिक ग्यारन्टी रहेको व्यवस्थालाई धरी आँखा चिम्लिएर अस्विकार गर्ने गोर्खाहरुले ममताद्वारा प्रस्तावित व्यवस्था स्विकार गर्नु एक हिसाबले, ट्रकको दाम तिरेर, सेकेन्ड-ह्याण्ड स्कुटर ल्याएजस्तै हो। आज आएर जातिको राजनैतिक पहिचानको मुद्दालाई भात पकाउने भाँडा बनाएर नेतृत्वहरु जति खुसि देखिंदैछन् यसबाट एउटै कुरा प्रमाणित हुन्छ कि व्यापारमा कहिल्यै अघि नलागे पनि हाम्रो जातिसित अरु भन्दा औसतले धेरै राजनैतिक व्यापारीहरु रहेछन। केन्द्र अनि राज्यको सम्झौताको प्याकेजलाई तेलंगानाको आन्दोलनकारीहरुले शुरुमै अस्विकार गरेर जुन राजनैतिक परिपक्वता र जुझारुपन देखाए त्यसको ठिक विपरित गोर्खे बाघहरु आँगन नाघेर कलकत्ताको भिडमा पस्दा-पस्दै स्यालको अनुहार बोकेर फर्किए। वर्षौं देखि संघर्षरत तेलांगानाको आन्दोलनकारी नेतृत्वहरु आफ्नो वचन र जनताप्रतिको इमानदारिताबाट एक- कदम पछि हटेनन् सम्झौतापरस्त आन्दोलन गर्नु थियो भने जनतालाई असिम कष्ट दिने-गोली खुवाउने मोर्चामा डटाउने आवस्यकता नै के थियो??- प्रश्नको ताँती लागेर यस पछिका दिनमा नेतृत्वहरुको छात्ती गाज्ने नै छ।
     गोजमुमो नेतृत्वहरु कहिले आन्दोलन जातिको राजनैतिक अधिकारको निम्ति भन्दै गर्जिए, उनीहरुनै अहिले आएर भन्दैछन्, ‘जनता आर्थिक रुपले सम्पन्न भए अलग राज्य नै चाहिंदैन’- यो कुरो आंशिक रुपले साँचो पनि हो जनता सबै आर्थिक रुपले सबल भए त्यो जातिको निम्ति स्वाधीन विकाशको अवसर प्रसस्त खुल्छ। तर अघिबाटै भारतभरिका गोर्खा जाति यो मुद्दाको पछि लाग्नुको एउटै कारण भारतवर्षमा गोर्खा जातिको राजनैतिक पहिचान कायम गर्नु। र यसभन्दा ठुलो सत्य के हो भने राज्य वा स्वायत्त शासन जनताको आर्थिक बिकाशको आधार हुनसक्छ भन्ने कुरो सम्भावना मात्र हो। यसले प्रत्येक स्थरको जनताको आर्थिक बिकाश गर्दैन बरु एउटै जाति भित्र आर्थिक विषमता र वर्ग खाडल निर्माण गर्छ। गोर्खा जातिको अलग राज्यको आन्दोलन मुलत जातिको राजनैतिक पहिचान कायम गर्ने एकमात्र उपाय हो, यसै भनेर वा स्विकार गरिएर नै यो आन्दोलन अघि बढेको हुनाले आर्थिक अभिप्रप्तिले अलग राज्य प्राप्तिको मूल आवस्यकता पुरा गर्न सक्दैन। यसपछि अर्को गडबडीपूर्ण कुरा के आयो भने गोजमुमो नेता तथा एम.एल.ए. डा. हर्क बहादुर छेत्रीले संचार मध्यममा के बताए भने ‘हामी (अर्थात: गोर्खा) जातिसित अहिले अलग राज्य चलाउने एसेट छैन।‘- यो कुरा पनि ठिकै होला तर यसलाई कुन अर्थमा प्रयोग गरियो त्यो गडबडपूर्ण छ। कलकत्तामा सम्पन्न वार्ताबाट अब एउटा सम्झौता गर्नै पर्ने छाँट देखिएपछि, प्रतक्ष्य-अप्रतक्ष्य अब गोर्खाल्याण्ड अहिले नै हुँदैन यसको निम्ति हामी पहिले योग्य हुनपर्छ भन्ने थरिको संदेश थियो त्यो। उहाँहरु सरह विद्वानलाई थाहा हुनै पर्ने हो कि भारत स्वाधीन हुँदा जति राज्य गठन भए उनीहरु सबै जाति सबल, सक्षम र राज्य चलाउने योग्यता हासिल गरेका एसेटहरु भएका थिएनन्। पछि निर्माण भएका सिक्किम जस्ता राज्यमा पनि शुरुमा त्यो अभाव थियो नै। र यी सबैभन्दा माथि राज्य गठन गर्नलाई देश वा सम्विधानले अलग राज्य चालाउने क्षमता-लाई ‘क्राइटेरिया’ मानेको पनि छैन। यस्तोमा अलग राज्यको आन्दोलन बिसाउने कुरालाई जनतामा ‘भ्यालिड’ गराउने जति  तर्क पेस गरे पनि त्यसको कुनै अर्थ हुँदैन। अब स्वायत्त शासनको कुर्सि र दार्जिलिङको बिकासको जिम्मेवारी हेर्ने र केही पछि आन्दोलनलाई निरन्तरता दिने भन्ने कुरा गर्छ भने त्यो भन्दा हास्य-स्पद कुरा अरु केही नहोला।
     हाल केन्द्र अनि राज्यले दार्जिलिङमा के-कस्तो राजनैतिक प्रतिक्रिया होला त्यो हेर्ने समय मात्र खर्चीरहेछ। यस कुराप्रति जनतामा असन्तोस वा विरोधिता देखा नपरे चाडै थोप्ने र अलि स्थिति बिग्रिने देखे थकाउने अरु उपाय ग्रहण गरेर भएपनि कुनै न कुनै व्यवस्था लागु गरेर नै छोड्नेछन्। त्यसपछी केही कालदेखी ममताको हातमा हलो र हाम्रा नेताहरुको काँधमा जुवा हुनेछ। ममताको राजनैतिक फसल मात्र फलाईदिने हाम्रा नेताहरु कति पानीमा छन् भन्ने कुरा त सम्झौता पछि पत्रकारहरु सामु मच्ची-मच्ची ममताले ‘अब गोर्खाल्याण्डको मुद्धा सधैंको लागि हल भयो’ भन्दा र हाम्राहरु पनि डुप्लिकेट खुसीको मुस्कान अनुहारबाट जबरजस्ती निचोरेर देखाउने हालतमा पुगेको दृश्य टेलीभिजनमा प्रसारित हुँदा नै थाहा लागेकै हो नि। एक समय हामी अलग राज्यको निम्ति विधानसभा हल्लाउँछौं, कुराको सुन्वाई नभए राजिनामा दिन्छौं भन्ने नेताहरु अब कमसेकम राजिनामा दिनु नपर्ने स्थितिले खुसि भैरहेका होलान्.... तर कहिले सम्म?  
     यत्तिको झुठ, यत्तिको गलत निर्णय, यत्तिको भ्रन्तिकर राजनैतिक आन्दोलनले आम जनतामा अहिले नै केही प्रभाव नपर्ला तर जातिको मुद्दा र रोटीको खेलबाट, यहाँ उताको राजनीतिले कुन बाटो समात्ने हो अहिले नै निश्चिततासित केही भन्न नसकिए पनि आजका आन्दोलक र आन्दोलनकारी नेतृत्वको उल्टो बगाईको गन्ति शुरु भने अवस्य नै भएको छ। यस आन्दोलनको पूर्ण मुल्यांकन अबको सचेत पिंडीबाट हुनेनै छ। ....उनीहरु रोटी खाँदै गरुन्, इतिहासले हिड्ने आँट भएकाहरुको पाइला रोक्न सक्दैन, हिड्नेहरु हिडिरहनेछन्।   

                                                                                (जसले पनि छापे हुन्छ - सर्वाधिकार: साझा सबैको)
                                                                                                                   टीका ‘भाइ’
                                                                                                                     कालेबुङ
                                                                           
Read latest post filed under political reviews

Post a Comment

  1. औ बिबेक भाइ,
    म तिमीलाई जति चिन्छु त्यति तिमी मलाई चिन्दैनौ। त्यो बगरकोटको गल्ली-गल्लीमा म धेरै अघिदेखि परिचित छु। दार्जीलिङको कमान-बस्ती र डुवर्सको अभेक-निर्जन गाउँहरु मैले जति घुमेको छु त्यती भाइ घुमेको पनि छैनौ। त्यसैले भाइको उमेरलाई ध्यानमा राखेर म गाली चाँही गर्दिन। तर एउटा कुरा भन्छु 'यो फिल्ड' भन्छन् नि गोजमुमोको तथाकथित नेताहरुले त्यो 'फिल्ड' भनेको के हो?? डुवर्समा नि बगरकोट, चामुर्ची, सामसिंग छेउ-छाउ बाहेक कुन-कुन ठाउँ गोर्खा बहुल वा मेजोरिटी भएको ठाउँ छ। लु -लु बताउ। जनसंख्याको आंकडा पनि पेस गर। म आफै पनि तक्भर चिया-कमानको छोरो हुँ। त्यसैले गोजमुमो बारे मलाई नबताए हुन्छ। राजनैतिक 'फिल्ड' भनेको धेरै मोर्चाहरु रहेको क्षेत्र हो, यसमा लेखन र सांस्कृतिक अभियान पनि पर्दछ। हामीले यो क्षेत्रबाट डुवर्स मात्रको पनि ६५ ठाउँमा अभियान चलाउँदा भाइ त कलेजमै हुनुहुन्थ्यो होला। ....थप कुरो बुझी राख्नुहोस्, डुवर्सलाई गाभ्ने प्रसंगमा गोजमुमोले लिएको टेकले डुवर्सको पुच्छर मात्र हासिल हुनेवाला छ। भोलिको दिनमा यसो हुनको एउटा कारण भाइहरु जस्तो सचेत पिंडीको भूमिका पनि एउटा कारण मानिनेछ। यो नेटमा लेखिएका कुरा मात्र लेखिएका नसम्झिए हुन्छ, यो त रेकर्ड हो। ....भाइलाई यी कुरामा आपत्ति भए यसको बुँदागत खण्डन गर्नुहोस्, विरोधी भनेर मात्र भएन नि। ... अझै ने नापेको छस् भन्नु हुन्छ भने....... त्यसको निम्ति बिषेश थरिको जवाब अहिले पनि राखेको छु। समय आएपछी हस्तान्तरण गरुँला....।

    ReplyDelete
  2. फेयरवेल टु सावान राई-लेखमा बिबेक भाइको कम्मेन्टको जवाब र थप जवाब

    प्रिय बिबेक भाइ
    कुनै राजनैतिक पार्टीको बिसेष पद लिएर मात्र, राजनैतिक अपिनियन लेख्ने साइदुवाहरु नि एक व्यक्तिको हुकुममा चल्ने बुर्जुवा राजनैतिक दलमा हुन्छन्। म वाम लेखक हुँ, र मलाई लेख्न कुनै राजनैतिक दलको झुम्रो समात्नु पर्दैन। दार्जेलीङमा तपाइँहरु विपक्षी आवाज दबाउने अगणतान्त्रिक क्रियाकलापलाई ठिक मान्नु हुन्छ, तर म त्यसो गर्न सक्दिन। तपाइँकै गाउँमा वाम आदर्शका मुर्ति बर्द्री नारायण प्रधान-को जीवन र आदर्श बुझ्न नसक्ने र केवल उनको मुर्ति र नाममा मात्र गर्व गर्न सक्ने तपाइँहरु सरह सिक्षित युवाहरु जबसम्म एउटा चुत्थो नेताहरुको क्याटिसमा चडेको डुंगा भैरहनु हुन्छ तबसम्म गोर्खाल्याण्डको सपनालाई घात भइ-रहने छ। मैले यति भन्दा निश्चय पनि तपाइँभित्रको अभिमान र पार्टी भक्तिले मेरो दोश कोट्याई-कोट्याई खोज्ने कोसिश गर्ला र त्यो तपाइँको महान उद्देश्य पछी लागि रहनु होला सत्य बोल्ने र लेख्नेहरु कोखामा दाह्रा बोकेर अरुको फोहोर गर्ने ठाउँ कोट्याउँदै हिड्दैन। तपाईको शिक्षा र अनुभव अनाहकको, पुङ न पुच्छरको कम्मेन्ट गर्नको साटो आफै लेख लेखेर तपाइँलाई लागेको सही कुरा जनतामा पुऱ्याउने अभियानमा जुट्नुहोस्।
    प्रत्येक दिन तपाइँलाई जवाब लेखिरहने समय छैन र म तपाइँको व्यक्तिगत कुरा लेखेर यो कलम गन्दो बनाउन बडी चाहान्न। अलिकति पनि इख बोक्नु हुन्छ भने र अलिकति पनि रहेको स्वाभिमान छ भने कलम उठाउनुहोस। भिडमा छल लागेर चिडियाखानामा बाघलाई त जसले पनि जिस्काउछन भाई, सही साहस त बाघसित जुझ्ने आँट देखाउनु हो।
    हामीले कलम चलाउनु भनेको त्यति खेलाईची कुरा होइन, दार्जिलिङको बहसी र हत्यारा जमातमाँझ पनि उनीहरुको बहसीपनको बिरोध गर्नु एक्लै उभेर त्यो भाइहरुले आफ्नो ठुलो पार्टी र नेताहरुलाई मस्का लगाएजस्तो होइन। हामी जीवन,प्राण र परिवार सप्पै माया मारेर लेख्छौ है भाइ त्यसैले साह्रै जिस्किनु र जिस्काउनु पनि हुँदैन। भाइ भनेरै मैले प्रत्येक शब्द तौली-तौली लेख्नु पर्दैछ। अन्यथा यसभन्दा निम्न स्थरको भाषा म राम्रै जान्दछु।
    उपरान्त कम्मेन्ट बिषय माथि होस् है व्यक्ति माथि होइन। त्यसो गर्नु आउँदैन भने नलेख्दा हुन्छ। वा जान्दिन भन्ने कुरा सोच्नुहोला। आखिर दार्जिलिङमा शिक्षित मुर्खहरुको पनि कमि त छैन नि।
    अन्तमा कुनै कम्मेन्ट लेख्दा, 'सरी है' भुलेर पनि नभन्नु होला। कमसेकम आफ्नो सोंच र लेखेको कुरा प्रति त आफ्नो भरोसा हुन पऱ्यो नि।
    आभारसहित
    टीका भाइ



    अमित घिमिरे अनि ध्रुव घिमिरे थपिएछन स्वागत....

    अमित भाइ पनि उतैका परेछन साथीको बचाउमा आएका होलान्....भाइ हो टिका भाइ बाग्राकोट कार्यक्रम लिएर आउँथ्यो,र टिका भाइ कुनै महान हस्ती पनि होइन तर स्वाभिमानी मान्छे हो, नोकरी र कन्ट्रयाकको दाउ हेरिबसेको चम्चा पनि होइन, र अमित भाई कुनै आफु पुगेको ठाउँको गल्ली, घर, सरकारी बिल्डिङ आदि गन्ने काम कि पागल (अबसेस्ड)-ले गर्छ कि सेन्सस अधिकारीले म त्यो काम लिएर आएको थिइन है। भाइहरु नै गन्दै गर्नुहोस्। त्यो नानीहरु जस्तो तर्क गर्नेहरुलाई नै समग्रमा गट्ठे भनिन्छ। र गट्ठेलाई गट्ठे नभनेर कसलाई भन्ने?? गोजमुमोले डुवर्सको गोर्खा-बहुल क्षेत्र भनेर चिच्याई भनेको कुरालाई डुवर्स भन्यो भनेर सुन्ने , बोल्न खोज्दा नै मदन तामाङ मारिएको देख्दा-देख्दै गोजमुमोले बोल्ने अधिकार दियो भनेर मान्ने त - गट्ठे- लाटो र अन्धो यो सबै नै हो नि। विवेक भाइ गोजमुमोको क्याम्पमा भाषण गर्ने लायकका रहेछन्। उनको भनाईलाई पुष्टि गर्ने आधार चाँही के त? बुँदागत चर्चा माग पत्र जस्तो यो गऱ्यो, यस्तो गऱ्यो हुँदैन भाइ हो। लेख्न कुरा राख्न गाह्रो परेछ भने, बाग्राकोटको लेखक दाइ निर्मल शर्मा,रुपेस, अजय आदिबाट ज्ञान लिँदा खेरो जाँदैन है भाइ। अनि अन्तमा बाग्राकोटमा कतिवटा गल्लि छ सोध्ने भाइलाई - भाइ 'गल्ली-गल्लीसित परिचित छु' यसको अर्थ के आउँछ? नेपाली पड्नु भएको छ?? दोस्रो कुरा तपाइँ जानुभएको ठाउँको गल्ली र तपाइँ पस्नु भएको घरको सिंडी गन्नुहुन्छ?? र तेस्रो कुरा तपाइँले चिने जानेको सपैको हिसाब संख्याबाट लगाउनुहुन्छ?? जस्तो कि जन्मिएको देखि अहिलेसम्म कतिवटा साथि? कतिवटा केस? कतिवटा रौँ? कतिवटा दुस्मन? कतिवटा भ्रमण गरेको ठाउँ? कतिवटा कतिवटा शब्द? हुन्छ त्यस्तो? त्यस्तो हुन्छ भने म लमसममा बताउँछु....म हालसम्म दुवार्सको ७८ वटा गाउँ घुमिसकेको छु(बाग्राकोट) ति सबैको गल्ली गल्ली घुमेको छु।यी सबैको जम्मा १४६७ वटा गल्ली छन्, फुर्सद भएको बेला गन्नुहोला र अति दुखसाथ भन्नु पर्दा बाहुनटोल देखि उता बग्राकोटमा जति लाईन छन् ति गासियेका हुनाले एक्जेक्ट फिगर ननिस्कियेकोले यो इन्टरनेट ब्लगमा अमित घिमिरे भाइले साँचो फिगर बताउलान भन्ने अपेक्षा गर्छु।

    ReplyDelete

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.