मंग्पू रेसेप बजार रोड जीर्ण अवस्थामा
MUNGPOO(मंग्पू )२२ जून,केशर मोक्तान : मंग्पूको एकमात्र व्यापार प्रतिष्ठान केन्द्र एवम मंग्पू बजारको रुपमा चिनिने रेसेप बजारमा दैनिक हजारौं मानिसहरु यातायात गर्छन् ,त्यस रोडको अवस्था दिन प्रतिदिन जीर्ण हुदै जादैछ | दागोपाप द्वारा धेरै वर्ष अघि निर्मित रोडको प्राय: जसो ठाउँमा अलकत्र उप्किएर ठूला खाल्डोहरु भएको कारण वर्खायाममा पानी जमेर जमेर झन् धेरै असुविधा भैरहेको छ | खाल्डोमा जमेको पानीको कारण यान वहान गुड्न साथै जनसाधारण हिड्न धेरै नै असुविधा भैरहेकोले स्थानीय मानिसहरुले जहिले पनि यो सडक कहिले मर्मत गरिने हो भन्ने जन गुनासो सुन्न पाइन्छ | विशेष गरि स्कुले नानीहरु साथै विरामीहरुलाई हिड्न एकदमै असुविधा भैरहने हुनाले सडकको मर्मति नितान्त आवश्यक देखिन्छ | त्यति मात्र नभएर नाली डाँडा फाटक देखि रेसेप बजार हुदै बीचकमान दोकान डाँडा सम्म पुग्ने रोडको अवस्था पनि एकदमै सोचनीय छ | सम्बन्धित विभागले झट्टै मर्मत गरिदिए असल हुने थियो भन्ने जनताको भनाइ छ | यदि त्यस रोडलाई चाडै मर्मत नगरे कुनै पनि समय अप्रिय दुर्घटना हुने सम्भावना धेरै देखिन्छ | ती जीर्ण अवस्थामा पुगेका रोडहरुलाई सम्बन्धित विभाग मात्र नभएर नेता गणले पनि ध्यान दिएर समाधान गरिदिए असल हुने जनसाधारणको भनाइ छ | यहाँको रोड संग-संगै ड्रेन पनि मर्मत गर्न नितान्त आवश्यक देखिन्छ | अहिले पहाडको चारै तिर दागोपाप प्रशासक घुमेर विकाश योजनाहरु तयार पारिरहेको समय यो समस्यालाई पनि अन्तर्भुक्त गरे असल हुने थियो भन्ने जनताको मांग छ |
Post a Comment
We love to hear from you! What's on your mind?