नाली डाँडा व्यापारी संगठनको नयाँ समिति गठन

MUNGPOO(मंग्पू ) २३ जून, केशर मोक्तान : तीन वर्ष अघि गठन गरिएको नाली डाँडा व्यापारी संगठनको सभा पुर्व सभाध्यक्ष अर्पण प्रधानको अध्यक्षतामा सम्पन्न भयो | सभामा व्यापारी संगठनको पुरानो समितिलाई विगठन गरि नयाँ समिति गठन गरियो | नव गठित  संगठनका सभापति सतन तामांग मूल सचिव बुद्ध कुमार थापा अनि कोषाध्यक्ष बाबुलाल शर्मालाई चयन गरियो | उपसभापति कुन्दन गुरुङ र कन्चन राई अनि सह सचिव सुबास राई र ओम प्रकाश गुप्ता लगायत तीन जनालाई कार्यकारिणी सदश्यको निम्ति चयन गरे पछि कोषाध्यक्ष बाबुलाल शर्माले संगठनको पुरानो हर हिसाब सुनाए |
संगठनले आगमी ३० जूनको दिन नाली डाँडा फाटक देखि मंग्पू  बस स्ट्याण्ड अनि मंग्पू  सरकारी अस्पताल परिसर पनि साफ सफाई गर्ने निर्णय लिएको छ | मंग्पू  नाली डाँडा परिसरका कोही पनि व्यक्ति संगठनमा पस्न चाहे रु० २४० प्रवेश शुल्क तिरेर मात्र संगठनमा पस्न सक्ने संघका सचिवले बताएका छन् | अहिले यस संगठन भित्र ६० भन्दा अधिक व्यापारीहरु सामेल रहीआएका छन् | २३ मई २००८ मा स्थापित भएको यस संगठनले यस क्षेत्रमा साफ- सफाई संगै सामाजिक कार्यहरु पनि गर्दै आइरहेका छन् | आजको सभाले मंग्पूमा एउटा सार्वजनिक सौचालयको एकदमै जरुरी परेको कारण नाली डाँडामा पुरानै भत्किएको सौचालयको ठाउँ नयाँ सौचालय निर्माण गर्नको निम्ति संगठनको पक्षबाट खर्सांग महकुमा विधायक रोहित शर्मालाई एक ज्ञापन चडाउने निर्णय पनि लिएको छ |
Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.